काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक दिउँसो १२ बजे बस्ने तय भएको हो । 

एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको बैठक बोलाएका हुन् । आज प्रतिनिधिसभा बैठक पनि बस्दै छ । त्यसअघि ओलीले संसदीय दलको बैठक बोलाएका हुन् । 

संसद भवन बानेश्वरमा बस्ने बैठकले तस्करीको सुन प्रकरणबारे धारणा बनाउँन बैठक बोलाइएको एक नेताले बताए । प्रतिनिधि सभाको बैठक आजै दिउँसो १ बजे बोलाइएको छ ।