विराटनगर । सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेपछि हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको  रूपमा पुन कार्यभार सम्हाल्दै छन् । 

सभामुख बाबुराम गौतम सहितको हस्ताक्षरलाई गणना गरेर प्रदेश प्रमुख परशुराम खापुंगले नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री नियुत्ती गरेपछि कार्की निवर्तमान भएका थिए । 

तर सर्वोच्च अदालतको बिहीबारको फैसलाले थापाको नियुक्त असंवैधानिक भन्दै नियुत्ती बदर गरेपछि अर्को सरकार गठन नभए सम्मका लागि कार्की काम चलाऊ सरकारको मुख्यमन्त्री भएका हुन ।