सुनसरी - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६ किलो ८४० ग्राम कोकिनसहित केन्याली नागरिकलाई पक्राउ गरिएको छ। आज  साढे ५ बजे सशस्त्र प्रहरी बल नेपाल र भन्सार कार्यालयको संयुक्त टोलीले उक्त लागुऔषध बरामद गरेको हो।

IMG-20241201-WA0010

सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ पर्नेमा केन्याली महिला चिलियन किरूबो ओगिटो रहेकी छन्। उनी कतार एयरवेजको उडानमार्फत नेपाल आएकी थिइन्। सुरक्षाकर्मीले उनको झोलामा रहेको डल जाँच गर्दा त्यस भित्र लुकाइएको अवस्थामा कोकिन फेला परेको थियो।

बरामद गरिएको कोकिनको परिमाण र यसको अन्तर्राष्ट्रिय बजार मूल्यलाई हेर्दा यो ठूलो तस्करीको हिस्सा रहेको अनुमान गरिएको छ। यस प्रकरणमा थप अनुसन्धान भइरहेको र यो लागुऔषध नेपाल हुँदै अन्यत्र पुर्‍याउने योजना हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

सुरक्षाकर्मीहरूले पछिल्लो समय लागुऔषध तस्करीमा सक्रिय गिरोहहरूबारे निगरानी बढाएका छन्। यो घटना अन्तर्राष्ट्रिय अपराध सञ्जालले नेपालकोह प्रयोग गर्न सक्ने जोखिमलाई उजागर गरेको छ।

थप विवरण आउन बाँकी।