झापा । झापाको कनकाई नगरपालिका– ६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित  भएका छन् ।मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलका अनुसार ओली ४९३ मत प्राप्त गरी वडाध्यक्ष निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तुलाराम बस्नेतले ३५६ मत प्राप्त गरे । यस्तै नेपाली कांग्रेसका रामगोपाल ओलीले ३१७ मत पाउँदा नेकपा माओवादी केन्द्रका गणेशबहादुर थापाले २७७ मत ल्याएका छन्।