काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको तयारी अघि बढाउने निर्णय गरेको छ। आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक प्रक्रिया पुनर्बहालीका लागि आन्दोलन गर्ने सङ्कल्पसमेत पार्टीले गरेको हो।

मंसिर २ र ३ गते काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले २१ बुँदे समसामयिक प्रस्ताव तथा विशेष सङ्कल्प पारित गर्दै निर्वाचन केन्द्रित गतिविधि तीव्र बनाउने निर्णय गरेको हो।

भेलाले वर्तमान सरकारका गतिविधिलाई राजनीतिक प्रतिशोध, मौलिक अधिकार हनन र स्वेच्छाचारी शासनको संज्ञा दिँदै भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक आयोग गठनको माग गरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले भोगेको राजनीतिक धक्का निर्वाचनको परिणाममा मात्र सीमित नभएको उल्लेख गर्दै लोकतन्त्र पुनर्बहालीका लागि जनतामाझ जानुपर्ने बताएका थिए।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने नारासहित आयोजित भेलामा देशभर र प्रवासबाट ३ हजार ४१४ प्रतिनिधि सहभागी थिए