इटहरी । आज सेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ३.६२ अंकले बढेर २६२८.६७ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३४७ कम्पनीको ९५ लाख  ३७ हजार ८४२ कित्ता सेयर ४० हजार ८३७ पटक किनबेच हुँदा ३ अर्ब ८७ करोड ७६ लाख ४५ हजार ७२८ रुपैयाँको सेयर  कारोबार भएको छ ।  

आज ५ समूहमा हरियाली छाएको छ भने ८ समूह राताम्य भएका छन् । सर्वाधिक बढ्नेमा होटल तथा पर्यटन समूह १.२९ प्रतिशत बढेको छ । बैंकिङ समूह ०.५४ प्रतिशत, फाइनान्स समूह ०.३५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.६७ प्रतिशत र व्यापार समूह ०.२३ प्रतिशत बढेको छ ।  

सर्वाधिक घट्ने समूहमा भने अन्य समूह रहेको छ । यो समूह ०.५३ प्रतिशतले घटेको छ । विकास बैंक  समूह ०.०४ प्रतिशत, हाइड्रो समूह ०.०५ प्रतिशत, लगानी समूह ०.३८ प्रतिशत, जीवन बीमा समूह ०.२२ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.१५ प्रतिशत, म्युचुअल फण्ड समूह ०.०२ प्रतिशत, निर्जीवन बीमा समूह ०.३० प्रतिशत घटेको छ । 

आज बोटलर्स नेपाल (बालाजु) को सेयरभाउ सर्वाधिक अर्थात् ६ प्रतिशत बढेको छ । बोटलर्स नेपाल (तराई)को ५.६३ प्रतिशत, गार्डियन माइक्रो लाइफको ४.८१ प्रतिशत, मन्दाकिनी हाइड्रोको ४.४६ प्रतिशत, बेष्ट फाइनान्सको ३.४४ प्रतिशत, श्वेत–गंगा हाइड्रोको ३.४० प्रतिशत, मेन्छियाम हाइड्रोको ३.३३ प्रतिशत, सोल्टी होटलको ३.२५ प्रतिशत, नेपाल एसबिआई बैंक डिबेञ्चरको ३ प्रतिशत र आरबीबी म्युचुअल फण्ड–२ को २.९९ प्रतिशत बढेको छ ।  

बजार बढे पनि एभरेष्ट कलर लिमिटेडको सेयरभाउ सर्वाधिक ५.४५ प्रतिशत घटेको छ । प्रभु महालक्ष्मी लाइफको ५.४३ प्रतिशत, मुक्तिनाथ कृषि कम्पनीको ४.३२ प्रतिशत, नेपाल वेयरहाउजिङ कम्पनीको ३.६३ प्रतिशत, बेनि हाइड्रोपावरको ३.५५ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको २.९३ प्रतिशत, सामुदायिक लघुवित्तको २.८१ प्रतिशत, सानिमा लार्ज क्याप फण्डको २.६३ प्रतिशत, नेपाल रि पब्लिक मिडियाको २.५८ प्रतिशत र सेन्चुरी डिबेञ्चरको २.५२ प्रतिशत घटेको छ ।  

हकप्रद सेयर बिक्रीका लागि बुक क्लोजको घोषणा भएको एनआईसी एशिया बैंकको सर्वाधिक १६ करोड ७८ लाख ५६ हजार २५६ रुपैयाँको सेयर किनबेच भएको छ । 

उच्च कारोबार गर्ने अन्य कम्पनीमा पिपुल्स हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, सोल्टी होटल र साहस ऊर्जा लिमिटेड रहेका छन् । 

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब २४ अर्ब ८९ करोड ५७ लाख ७१ हजार ६१९ रुपैयाँ कायम भएको छ ।