मोरङ, झापा, र उदयपुर— तीन जिल्लाबाट प्रहरीले लागुऔषध र प्रतिबन्धित औषधिसहित ७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिहरूको साथबाट ब्राउन सुगर (खैरो हेरोइन), गाँजा र प्रतिबन्धित औषधि ट्रमाडोल तथा स्पासपेन जस्ता औषधिहरू बरामद गरिएको छ।मोरङमा दुई जना पक्राउमोरङको उर्लाबारी नगरपालिका–६ बाट शुक्रबार ३० वर्षीय प्रकाश विक र ५१ वर्षीय काजीमान सार्कीलाई प्रतिबन्धित औषधि ट्रमाडोल र स्पासपेनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट २,०१० क्याप्सुल ट्रमाडोल र स्पासपेन बरामद भएको छ।उदयपुरमा चार जनालाई नियन्त्रणमाउदयपुरको त्रियुगा नगरपालिका–१२ का २० वर्षीय रुपन लिम्बू, २८ वर्षीय असिम राई, ३६
इटहरी । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । शुक्रबार एकै दिन प्रतितोला २ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो । भदौ २९ गते प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको भाउ ३० गते प्रतितोला १३ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै असोज १ गते बिहीबार प्रतितोला ६०० रुपैयाँले बढेर एक लाख ६२ हजार ४०० रुपैयाँ पुगेको सुन आज आज पुनः २ हजार रुपैयाँले बढेको हो । आज २ हजार रुपैयाँले बढेसँगै सुन तोला कै एक लाख ६४ हजार ४०० रुपैयाँ पुगेको छ। जुन हालसम्म कै उच्च हो । नेपाल सुन चाँदी व्
काठमाडौं । नेपाल र अमेरिकाबीचको टी–२० क्रिकेट श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको छ । टेक्सासस्थित ग्रान्ड प्रेरिमा शुक्रबार बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १४७ रन मात्र बनाउन सक्यो । उसका लागि शायन जहाँगीरले अविजित ६० र एन्ड्रिज गौसले ३० रन बनाए । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३ तथा गुल्शन झा, रिजन ढकाल र करण केसीले १–१ विकेट लिए । यसअघि, पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १६४ रन बनाएको थियो । नेपालका लागि
काठमाडौं । प्रतिपक्षी दलहरूले सरकारलाई आउँदो कात्तिक ५ गते सरकारलाई ज्ञापन पत्र बुझाउने भएको छ । आज (शुक्रबार) संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरूको बैठकले यस्तो निर्णय गरेको सहभागी एक नेताले जानकारी दिए । उनका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम र बाढी–पहिरोलगायतका विषयमा विभिन्न सुझाव संकलन गरेर सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय भएको हो । बाढी–पहिरो पीडितलाई राहत तथा उद्धारमा भएको ढिलाइबारे प्रश्न गर्दै ज्ञापन पत्र बुझाउने तयारी विपक्षी दलहरूको छ ।‘आगामी कात्तिक ५ गते प्रतिपक्षी दलका नेताहरूले प्रधानमन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाउने निर्णय भएको छ,’ ती नेताले सुनाए
विराटनगर – कोशी प्रदेशमा मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत ४४ जनाको उद्धार गरिएको छ। मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा भएको उद्धार यात्रामा ३५ पुरुष र ९ महिलाको उद्धार गरिएको हो।उद्धारका क्रममा बिहीबार उदयपुरका विभिन्न स्थानबाट १६ जनाको उद्धार गरिएपछि आठ पुरुष र आठ महिलालाई मानव सेवा आश्रमको विराटनगर शाखामा लगिएको छ।यस उद्धार यात्राको उद्देश्य चाडपर्वका अवसरमा सडकपेटीमा बस्नुपर्ने अवस्था नआउने भन्ने नाराका साथ गरिएको हो।असोज २८ गतेदेखि सुरु भएको उद्धार यात्रामा पहिलो दिन झापाबाट १२ जना, दोस्रो दिन मोरङबाट ४ जना र तेस्रो दिन सुनसरीबाट १२ जनाको उद्धा
राजविराज । राजविराजस्थित कारागारको जग्गा अतिक्रमणको चपेटामा परेको छ । कुल दुई बिघा १३ धुर क्षेत्रफल रहेको कारागारको एक बिघा जग्गा अतिक्रमण भएको हो ।कारागार आसपासका स्थानीयले जग्गामा घरटहरा बनाएका कारण जग्गा अतिक्रमणमा परेको जेलर प्रवीणकुमार अधिकारीले बताए। अतिक्रमित जग्गामा पक्की र फुसका गरी ८० वटा घर निर्माण भइसकेका छन् ।अतिक्रमित जग्गा खाली गराउन कारागार प्रशासनले विभिन्न समयमा राजविराज नगरपालिका, कारागार विभाग र स्थानीय प्रशासनले विगत १० वर्षदेखि ‘अतिक्रमित जग्गा खाली गर्ने’ सम्बन्धी ३५ र १५ दिने सूचना पटकपटक जारी गरे पनि कार्यान्वयन हुन नसकेको उनले बताए । विसं २००८ मा निर्माण भएको राजविराज
विराटनगर – मनसुन सकिएसँगै देशभरको तापक्रममा क्रमिक गिरावट देखिन थालेको छ। काठमाडौं उपत्यकामा बिहान र बेलुका चिसो महसुस हुन थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस मापन भएको छ भने अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियसको बीच रहने अनुमान गरिएको छ।विभागले दिएको जानकारी अनुसार, बिहीबार काठमाडौंको न्यूनतम तापक्रम १५.५ डिग्री सेल्सियस थियो। यस्तै, अन्य जिल्लाहरूमा पनि तापक्रम घट्दो क्रममा रहेको छ। विराटनगरमा न्यूनतम तापक्रम २२.५ डिग्री, धरानमा २० डिग्री, जनकपुरमा २२.४ डिग्री, नेपालगन्जमा २२.६ डिग्री र धनगढीमा २१.५ डिग्री सेल्सियस मापन भए
इटहरी । कोसी प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।कोसी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले गत असोज ६ गते नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्नका लागि छ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले एमाले र कांग्रेसको सहकार्यमा आगामी २०८४ सालसम्म निरन्तर औचित्यपूर्ण, प्रभावकारी र इमानदारीपूर्वक जनचाहानालाई सम्बोधन गर्न प्रदेश सरकार सञ्चालनका लागि दृढ सङ्कल्प एवं प्रतिबद्धता व्यक्त गर्दै दुवै दलका तर्फबाट न्यूनतम साझा कार्यक्रम तयार गरिएको जनाएको छ ।कार्यदलले १५ बुँदे नीतिभित्र रहेर पाँचवटा प्राथमिकताको क्षेत्र निर्धारण गरेर कोसी प्रद
एजेन्सी । हमासका प्रमुख याह्या सिनवार गाजामा भएको इजरायली आक्रमणमा मारिएको पुष्टि भएको छ । उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा इजरायलले गरेको फिंगरप्रिन्ट्स् र डीएनए परीक्षणबाट सिनवार मारिएको पुष्टि भएको हो । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले बिहीबार विज्ञप्ति जारी गर्दै सिनवारलाई गाजाको दक्षिणी भागमा करिब एक वर्ष लामो खोजपछि बुधबार इजरायली सेनाको आक्रमणमा मारिएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।आईडीएफले इजरायलीमाथिको आक्रमणको मुख्य योजनाकार र धेरै इजरायलीहरूको हत्या र अपहरणको लागि जिम्मेवार रहेको जनाएको छ । सिनवारलाई गतवर्ष अक्टोबर ७ मा इजरायली भूमिभित्र भएको हमासको आक्रमणको प्रमुख योजनाक
काठमाडाैं । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडमा चोरी भएको छ।उद्योगमा गत असोज २२ गते राति करिब १० लाख रुपैयाँ बराबरको क्रसरमा प्रयोग हुने तार चोरी भएको उद्योगका महाप्रवन्धक वसन्त कुमार पाण्डेले बताए।चोरीको विषयमा प्रहरीलाई जानकारी गराइएको पाण्डेले बताए।यद्यपी एक साता अघिनै चोरी भएपनि उद्योग प्रशासनले एक सातापछि बुधबार (हिजो) मात्र प्रहरीमा निवेदन दर्ता गराएको छ।अनौपचारिकरुपमा प्रहरीलाई चोरीको घटना भएलगत्तै जानकारी गराइए पनि दसैँ विदाका कारण बुधबार (हिजो) मात्रै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा घटनाबारे जानकारी गराएर लिखित निवेदन दिइएको उद्योगका महाप्रवन्धक पाण्डेले जानकारी दिए।