All Posts By इटहरी खबर संवाददाता

    Showing १,१०१-१,११० of ३,०८६ items.
  • ‘हनी ट्रयाप’ प्रकरण : इटहरीका व्यवसायीलाई फसाउने प्रहरी निरीक्षक बिनु शाही फरार ,इटहरीकै सुष्मा विक, ताज मुल र भिमादेवी थापाबिरूद्ध अनुसन्धान शुरू

    इटहरी । ‘हनी ट्रयाप’ प्रकरणमा अनुसन्धानमा तानिएकी ललितपुर भैंसेपाटीमा कार्यरत प्रहरी निरीक्षक बिनु शाही फरार भएकी छन् । पक्राउ पर्ने अनुमानपछि उनी हाल सम्पर्कमा नरहेको ललितपुर प्रहरी स्रोतले जानकारी दिएको छ । उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।इटहरी निवासी घर जग्गा व्यवसायीलाई भैसीपाट्टी प्रहरी कार्यालय सम्म पुर्याएर हनी ट्रयापमा पारेर ३० लाख रुपैंयाँ असुलेको घटनाबारे अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो । व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाई दिने’ भन्दै हनि ट्रयापमा पारेर रकम असुलेको आरोपमा उनकै सहयोगीहरु सहायक हवल्दारसहित चा

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • २५० पटक पढिएको
  • कोशी प्रदेशमा बाढी पहिराे बितण्डा : अन्नबालीमा मात्रै३४ करोड बराबरको क्षति

    इटहरी । अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा ३४ करोडभन्दा बढीको धान बालीमा क्षति पुगेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार रु ३४ करोड ४५ लाख ८५ हजार मूल्य बराबरको अन्न बालीमा क्षति पुगेको हो ।वर्षाका कारण सबैभन्दा बढी धान बालीमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा यस वर्ष दुई लाख ७५ हजार दुई सय ६७ दशमलव ९८ हेक्टर जमिनमा धान रोपाइ भएकोे थियो, जसमध्ये पाँच हजार सात सय २२ दशमलव ७८ हेक्टर जमिनमा रु १७ करोड ६१ लाख ७५ हजार मूल्य बराबरको क्षति पुगेको खाद्य सुरक्षा तथा अनुगमन महाशाखा कोशी प्रदेशकी प्रमुख डा दीपा दियालीले बताए । प्रदेशमा स

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • १९० पटक पढिएको
  • चर्चित पप गायक लियाम पेनको बार्दलीबाट खसेर मृत्यु

    एजेन्सी । चर्चित पप गायक लियाम पेनको दुर्घटनामा परेर मृत्यु भएको छ । ‘वन डिरेक्सन’ ब्यान्डका पूर्व सदस्य समेत रहेका पेनको अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्सको होटेलको तेस्रो तलाबाट खसेर मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।३१ वर्षीय ब्रिटिस गायक पेन होटेलको तेस्रो तलाको बाल्कोनीबाट खसेको अर्जेन्टिनी प्रहरीले जनाएको छ । पेन सन् २०१० मा एक्स फ्याक्टर टीभी सोमा बनाइएको चर्चित ब्वायब्यान्डका सदस्य समेत थिए । यस समूहमा ह्यारी स्टाइल्स, लुइस टोमिल्सन, नियाल होरान र जयन मलिक जस्ता कलाकार समेत आबद्ध थिए । केही दिनअघि मात्र अर्जेन्टिनामा उनले ‘वन डिरेक्सन’ कै पूर्व सदस्य नियाल हो

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • २२४ पटक पढिएको
  • विभाजनको डिलमा एकीकृत समाजवादी : के हो विवाद ?

    काठमाडौं । नेकपा (एमाले)बाट २०७८ भाद्र २ गते चोटिएर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टी विभाजनको डिलमा पुगेको छ । १० औं राष्ट्रिय महाविधेशनपछि पार्टीभित्र बढेको आन्तरिक असन्तुष्टी र किचलोको कारण एकीकृत समाजवादी विभाजनको अवस्थामा पुगेको हो ।अध्यक्ष नेपाल सहित पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल मिलेर २०७८ भाद्र २ गते नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गठन गरेका थिए भने २०७८ भाद्र ९ गते निर्वाचन आयोगबाट प्रमाण पत्र प्राप्त गरेका थिए । यही पार्टी स्थापनाको छोटो समयमा नै आन्तरिक समस्यामा फसेको छ । यस्तो समस्या जुन समस्याले विभाजन तर्फ उ

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • २३९ पटक पढिएको
  • आजकाे माैसम : दिउसाे काेशी प्रदेशका पहाडी भुभागमा हल्का वर्षा , अन्य प्रदेशकाे अवस्था के छ ?

    इटहरी । हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मधेसका साथै लुम्बिनी प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । देशका बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ ।विभागका अनुसार आज (बिहीबार) दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुने छ । गण्डकी, कोशी, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।त्यसैगरी आज राति कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भागमा

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • १९७ पटक पढिएको
  • प्रदेश सरकारअन्तरगत प्रहरी समायोजन हुननसक्नु दु:खद : मुख्यमन्त्री कार्की

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधान बनेको ७ वर्षपुगिसक्दा समेत प्रदेश सरकारअन्तरगत प्रहरी समायोजन हुननसक्नु दु:खद भएको बताएका छन्। ६९ औं प्रहरी दिवसको अवसरमा विराटनगरस्थित कोशी प्रदेश प्रहरी तालिम केन्द्रमा बुधबार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संविधान अनुसार प्रदेश सरकार अन्तर्गत तत्काल प्रहरी समायोजन गर्नुपर्ने बताए।उनले प्रहरीको संख्या वृद्धि गर्नुभन्दा प्रविधिको प्रयोग गरी प्रहरीको क्षमता र दक्षता अभिवृद्धि गर्न सकिने धारणा राखे । प्रदेश मातहतमा प्रहरी समायोजन भएको दुई वर्षभित्रमा प्रहरीहरूलाई साधन स्रोत सम्पन्न बनाउने उनको भनाइ

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • ११५ पटक पढिएको
  • साफ महिला च्याम्पियनसिप आजदेखि : उदघाटन खेलमा भारत र पाकिस्तान भिड्दै

    इटहरी । सातौं संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ । एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् । प्रतियोगिताको उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुनेछ । भोलि शुक्रबार  नेपाल भुटानस

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • १९९ पटक पढिएको
  • मोरङको लेटाङमा ग्यास लिक भई आगलागी, ७ लाख रुपैयाँ बराबरको क्षति

    मोरङ, लेटाङ -मोरङको लेटाङ नगरपालिका–१ मा दमन्त निरौलाको घरमा ग्यास लिकका कारण आगलागी हुँदा करिब ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ।प्रहरीका अनुसार, आज दिउँसो खाना पकाउने क्रममा सिलिन्डरको बर्नरबाट ग्यास लिक भएपछि एक तले काठको टाँडे घरमा आगलागी भएको हो। आगलागीका कारण घर पूर्ण रूपमा जल्नुका साथै घरभित्र रहेका अन्नपात, लत्ताकपडा, र भाँडावर्तन पूर्णरूपमा नष्ट भएका छन्।घटनास्थलमा लेटाङको दमकल, बुधबार प्रहरी चौकीका प्रहरी, नगर प्रहरी, र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीको ठ्याक्कै कारण र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    • प्रकाशित मितिः असोज ३०, २०८१
    • २९४ पटक पढिएको
  • महोत्तरीमा स्रोत नखुलेको ८ लाख बढी रकमसहित एक व्यक्ति पक्राउ

    महोत्तरी, ३० बुधबार – महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिका-२ भोल्ही चौकमा प्रहरीले स्रोत नखुलेको ८ लाख ५ हजार ५ सय नेपाली रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बुधबार विहान चेकजाँचको क्रममा सम्सी गाउँपालिका-७ का २८ वर्षीय रामस्नेही साहलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार साह भारतबाट नेपालतर्फ वीआर३०एएफ ३८७६ नम्बरको मोटरसाइकलमा आइरहेका थिए। चेकजाँचको क्रममा साहसँग १ हजार दरका ८ सय १ थान र ५ सय दरका ९ वटा नोटहरू फेला परेको बताइएको छ।प्रहरीले स्रोत खुल्न नसकेको रकमसहित साहलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

    • प्रकाशित मितिः असोज ३०, २०८१
    • ३५४ पटक पढिएको
  • विराटनगरमा मुन होटल सञ्चालकमाथि खुकुरी प्रहार, दुई आरोपी पक्राउ

    विराटनगर – विराटनगरस्थित मुन होटलका सञ्चालक दिलिपकुमार भगतमाथि खुकुरी प्रहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। प्रहरीका अनुसार मंगलबार साँझ भएको घटनामा संलग्न रहेको आरोपमा विराटनगर-१० का ४५ वर्षीय सावन दास र विराटनगर-१२ का ४२ वर्षीय विनोदकुमार राय कामतलाई धरानबाट पक्राउ गरिएको हो।मोरङ प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर हेमराज ओलीका अनुसार भगतमाथि खुकुरी आक्रमणपछि अभियुक्तहरू भारततर्फ भाग्ने योजना बनाए पनि प्रारम्भिक अनुसन्धानले उनीहरू धरानतर्फ भागेको खुलासा गरेको छ। पक्राउ परेका दुवै जनालाई विराटनगर ल्याएर सोधपुछ भइरहेको छ भने घटनामा अन्य व्यक्तिको संलग्नता रहेको हुन सक्ने भन्दै अनुसन्

    • प्रकाशित मितिः असोज ३०, २०८१
    • ३२४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल