डडेलधुरा । डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्याको आरोपमा स्थानीय एक जनालाई आइतबार सार्वजनिक गरिएको छ । शनिबार डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी १४ वर्षीय आरती भट्टराईको हत्या आरोपमा पक्राउ परेका स्थानीय स्टेसनरी व्यापारी टेकबहादुर भण्डारीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरा पत्रकार सम्मेलनमार्फत हिजो (आइतबार) सार्वजनिक गरिएको हो । अमरगढी नगरपालिका–७ की बालिका भट्टराईको हत्या गरिएको थियो । डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरिसकेका छन् । ‘घटना निज टेकबहादुर भण्डारीको स्टेशनरी पसल नै हो
नेपालगञ्ज । बर्दियाको नेपाल–भारत सीमा क्षेत्रमा खेतमा काम गरिरहेका एक नेपालीमाथि भारतीय वन रक्षकले गोली चलाएका छन् । बर्दियामा भारतीय वन रक्षकले गोली हान्दा नेपाली घाइते भएका छन् । गुलरिया नगरपालिका– ८, आशापुरका बालाराम लोधमाथि भारतीय वन रक्षकले गोली चलाएका हुन् ।भारतीय सीमा नजिकको आफ्नो खेतमा जंगली जनावर धपाउन गएका लोधलाई भारतीय वन रक्षकले पारीबाट गोली हानेका हुन् । हिजो राति करिब सात बजे उनीमाथि गोली चलाइएको हो । लोधलाई १६ वटा छर्रा लागेको छ ।नेपालगञ्ज मेडिकल कलेजमा उनको उपचार भइरहेको छ । नेपाली प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । आशापुरबाट केही वर्षअघि भारतीय वन र
काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् । निर्माण सम्पन्न भएको लामोसमयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलइन्सले व्यावसायिक उडान सञ्चालन गर्न लागेका हुन् ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कुवेतको जजिरा, दुवईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई र थाइल्याण्ड मुख्यालय रहेको थाइ एयर एशियाले गौतमबुद्ध विमानस्थलमा उडान गर्न लागेका हुन् । यी तीन वटै एयरलाइन्सले नियामक नेपाल
आश्विन – आज देशभर नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी महानवमी पर्व मनाइँदैछ। अष्टमी र नवमी तिथि एकै दिन परेको कारण महाअष्टमी र महानवमी दुवै पर्व आज नै मनाइँदैछ। महानवमीको दिन दुर्गा भवानीको पूजा गर्दै घटस्थापनाका दिन राखिएको जमरा विभिन्न शक्तिपीठमा चढाइने परम्परा छ।महानवमीको अवसरमा दसैंघर, कोत, र अन्य देवी मन्दिरहरूमा विशेष पूजा, बलि, र दुर्गा सप्तशती (चण्डी) पाठ गरिन्छ। अधिकांश स्थानमा बोका, हाँस, कुखुरा, र राँगाको बलि दिइन्छ भने शाकाहारीहरूले कुभिण्डो, मूला, घिरौंला, र जटा नरिवल चढाउँछन्। कतिपय शक्तिपीठमा पञ्चबलिको समेत व्यवस्था छ।महानवमीको ऐतिहासिक र धार्मिक महत्व पनि छ। मार्कण्डेय पुराण
पथरी शनिश्चरे - मोरङको पथरीशनिश्चरे—२, स्थित हरियाली सामुदायिक वन लिमिटेडको तेस्रो साधारण सभा बुधबार समापन भएको छ । कम्पनीको अध्यक्ष दिलबहादुर तामाङले खुल्ला सभामा प्रगति प्रतिवेदन पेश गरेका थिए । हरियाली सामुदायिक वनका उपभोक्ताहरुलाई मुख्य आधार बनाएर सञ्चालित कम्पनीले गत जेठ महिनादेखि पौडी पोखरी (स्वीमिङ पुल)ं सञ्चालनमा ल्याएको छ । पौडीबाट चार महिनामा मासिक सरदर १ लाख २५ हजारभन्दा बढीको दरले रकम संकलन भएको प्रतिवेदनमा उल्लेख छ । जेठ २५ गते उद्घाटन भएको पौडी पोखरीबाट ५ लाख ६ हजार १ सय ५० रकम संकलन भएको छ । त्यसैगरी हलभाडा वापत बर्षमा ३ लाख १९ हजार, व्याज आम्दानी ५८ हजार ३ सय ४२ लगायत
गण्डकी प्रदेशमा हालसम्म डेङ्गु सङ्क्रमणका कारण सात जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन पुरुष र चार महिलाको ज्यान गएको हो। तनहुँका ४८ वर्षीया पुरुषको गत साउन १० गते पहिलो पटक मृत्यु भएको थियो। त्यसपछि साउन २२ मा कास्कीका ४० वर्षीय पुरुष, साउन ३१ मा ५२ वर्षीया महिला, भदौ १९ मा म्याग्दीका ६१ वर्षीय पुरुषको ज्यान गएको छ। कास्कीमा भदौ २१, असोज २ र १४ गते गरी क्रमशः ८१, ७० र ७५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।सन् २०२४ को जनवरीदेखि हालसम्म गण्डकी प्रदेशमा १२ हजार ७२६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्ष
सुनसरी – सुनसरी जिल्लाको हरिनगर गाउँपालिका-७ स्थित हजरुल खातुनको घरबाट प्रहरीले नक्कली नेपाली नोटसहित लागूऔषध बरामद गरेको छ। प्रहरीले खातुनको घरमा छापा मारेर ५० हजार रुपैयाँ बराबरका नक्कली नोट र नाइट्रोजन ट्याब्लेट नामक लागूऔषध फेला पारेको हो।प्रहरीले बरामद गरेका नोट एक हजार दरका ५० वटा रहेको जनाइएको छ। यससँगै प्रहरीले खातुनलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइसकेको छ। लागूऔषध तथा नक्कली नोट कारोबारमा संलग्न रहेको आशंकामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।प्रहरीले यस किसिमका गतिविधिहरूले समाजमा नकारात्मक प्रभाव पार्ने बताउँदै अपराधीलाई कानुनी दायरामा ल्याउन कु
पथरी शनिश्चरे- माेरङ्गकाे पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख एवं अनुगमन समितिका संयोजक देविमाया काफ्लेको संयोजकत्वमा पथरी बजारमा रहेका किराना पसल र माछा पसलहरूको अनुगमन गरिएको छ । हिजो नगरपालिकाको वडा नं. १ मा स्थापित किराना पसल, माछा पसल तथा होटलहरूको अनुगमन गरिएको हो । ३५ वटा किराना पसल तथा माछा पसलहरूको अनुगमनमा म्याद नाघेका खाद्यान्न लगायतका किराना आइटम, पेय पदार्थहरु डिस्पोज गरिएको थियो । यसैगरी माछा पसलहरुमा मरेका माछाहरू फ्रिजमा राखिएका खान अयोग्य माछाहरुलाई नियन्त्रण गरी डिस्पोज गरिएको हो । अनुगमनका क्रममा पसल दर्ता भए नभएको र नविकरण नभएकाहरुलाई तुरुन्त नविकरण गर्न निर्देशन दिइएक
काठमाडौं । सात टोलीले आँखा लगाएका राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर गुल्सनकुमार झालाई गोला प्रथाबाट कर्णाली याक्सले पाएको छ । काठमाडौंमा जारी अक्सनमा गुल्सन किन्न लुम्बिनीले भने पाएन । उसले यसअघि नै तीन श्रेणी ‘ए’ का खेलाडी किनिसकेको थियो । सात टोलीले उच्चतम १५ लाख खर्च गर्दा कर्णाली याक्स भाग्यमानी बन्यो । नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौंमा आयोजना गरेको अक्सनबाट सहभागी आठ टिमले समान १० जना खेलाडी खरिद गर्दैछन् । अक्सनको सर्ट लिष्टमा कूल १४२ खेलाडी छन् । १५ मंसिरदेखि ६ पुससम्म काठमाडौंमा हुने लिगमा एक टोलीमा १६ खेलाडी रहँदा एक मार्की, चार विदेशी र एक ट्यालेन्ट हन्टबाट
ललितपुर । गृहमन्त्री रमेश लेखकले खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा उनले हेलिकप्टर प्रयोग गरेर भए पनि राहत वितरण गर्न निर्देशन दिएका हुन् ।‘विपदको समयमा सबै गुनासा र विमतिलाई थाती राखेर सबै मिलेर एककार भएर काम गर्नुपर्छ, ललितपुरमा ४५ जनाको मृत्यु भएको तथ्याङ्क छ र सरकारले दिने रु दुई लाख राहत ३९ जनाले पाउनु भएको छ’, उनले भने, ‘बाँकी छ जनाले पनि तत्कालै पाउनु हुन्छ, पूर्ण रुपले घर क्षति भएका पाउन योग्य लाभग्राहीको नाम स्थानीय तहबाट तत्कालै पठाउनुस्, प्राधिकरणले नाम प्राप्त गरेको