All Posts By इटहरी खबर संवाददाता

    Showing १,२२१-१,२३० of ३,०८६ items.
  • अविरल वर्षापछिको बाढी, पहिरो र डुबानमा मृत्यु हुनेको संख्या २०९ पुग्यो

    भोजराज घिमिरे   - नेपालमा अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या २०९ पुगेको छ। गृह मन्त्रालयले सोमबार साँझ दिएको जानकारीअनुसार, हालसम्म २९ जना अझै बेपत्ता छन् भने १४२ जना घाइते अवस्थामा उद्धार भएका छन्।बाढी र पहिरोबाट देशभर ठूलो क्षति भएको छ। काभ्रे, ललितपुर, सिन्धुली लगायतका प्रभावित जिल्लाहरूमा उद्धारकार्यलाई तीव्र बनाइएको छ। हेलिकप्टरमार्फत ७१३ भन्दा बढी व्यक्तिहरूको उद्धार गरिएको छ, भने कुल ४,००० भन्दा बढी व्यक्तिहरूलाई सुरक्षित स्थानमा सारिएको छ। उद्धारकार्य निरन्तर भइरहेको र बेपत्ताहरूको खोजीकार्यलाई पनि तीव्रता दिइएको गृह मन्त्रालयले जनाएको छ।सरकार

    • प्रकाशित मितिः असोज १४, २०८१
    • ३८२ पटक पढिएको
  • विराटनगरमा गुणस्तरहीन पानी वितरण: गंगा जल पेय उद्योगको लापरवाहीले स्वास्थ्य संकट

    -भोजराज घिमिरे विराटनगर, असोज १४ – विराटनगरस्थित विशाल चौकमा रहेको गंगा जल पेय उद्योगबाट उत्पादन भएको शिलबन्दी गरिएको जारभित्र भोला गुट्खाको खोल भेटिएको छ। यो घटना सोमबार असोज १४ गते भएको हो। पानी वितरणमा चरम लापरवाही र उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरेको यो घटनाले उद्योगको गैरजिम्मेवार चरित्रलाई उजागर गरेको छ।विराटनगर-११ स्थित ओरेक नेपालका लागि असोज १३ गते मगाइएको १० जार पानीमध्ये एक जारभित्र गुट्खाको खोल भेटिएपछि उपभोक्तामा त्रास फैलिएको छ। ओरेक नेपालका प्रतिनिधि नविन रेग्मीले लामो समयदेखि यही उद्योगको पानी प्रयोग गर्दै आएको बताए। उनले भने, "जारको पानी सकिएपछि अर्को जार खोल्दा गुट्खाको खोल

    • प्रकाशित मितिः असोज १४, २०८१
    • १९५ पटक पढिएको
  • वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

    काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज १६ गतेसम्म नेपाल सरकारले तोके बमोजिम लिदै आएको अधिकतम मुल्य (अपर लिमिट) को भाडादरमा टिकट नबेच्ने निर्णय गरेको थियो ।अहिले सडक सञ्जाल अवरुद्ध रहेको समयमा दुई दिन देखि तीनसम्मको टिकट अग्रिम बुकिङ भइसकेको अवस्थामा संघले तीन दिन अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै झुक्कएको हो । अहिले उपलब्ध अनलाइन र विमान कम्पनिका वेभसाइटहरुमा पनि १६ गतेसम्मका टिकट उपलब्ध रहेको छैन ।वायुसेवा कम्पनि यति एयरलाइन्सको वेभसाइटमा असोज १६ गते काठमाडौँ देखि भैरहवाको भाडादर ८ हजार ५५५ देखाएको छ । जबकी यसअघि

    • प्रकाशित मितिः असोज १४, २०८१
    • ३१७ पटक पढिएको
  • विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित

    इलाम । गत शनिबार दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध हुँदा पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित बनेका छन् । बाढीले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति हुँदा विद्युत् सेवा अवरुद्ध भएको हो । ती जिल्लाका सदरमुकामसहित सबै गाउँ–नगर अन्धकार बनेका हुन् ।विद्युत् अवरुद्ध हुँदा यी जिल्लाबाट प्रसारण भइरहेका एफएम रेडियो, पत्रपत्रिका र अनलाइनलगायत सञ्चारमाध्यम बन्द भएका छन् । मोबाइल चार्ज गर्न समस्या हुँदा सेवाग्राही प्रभावित भएका छन् । विद्युत् अवरुद्ध सेवा हुँदा सानाठूला उद्योग समस्यामा परेका छन् ।बाढीले काबेली करिडोर एक सय ३२ किलोभोल्ट (केभी) प्रसारण लाइनमा क्षति पुगेपछि विद्युत् स

    • प्रकाशित मितिः असोज १४, २०८१
    • १५५ पटक पढिएको
  • दशैंको लागि सुकिला नोट वितरण सुरु

    इटहरी । दशैंका लागि नेपाल राष्ट्र बैंकले सुकिला नोटको वितरण सुरु गरेको छ । नेपाल राष्ट्र बैंकले आइतबारदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको छ ।यो वर्ष राष्ट्र बैंकले नयाँ नोट भने छापेको छैन । गत वर्ष नै छापेका सुकिला र सफा नोट वितरण गर्ने बैंकको तयारी छ । राष्ट्रबैंकको केन्द्रीय कार्यालय बालुवाटार, उपत्यका बाहिरका सबै शाखा कार्यालयका सहटी केन्द्रहरू तथा बैंक तथा वित्तीय संस्थाका मुख्य शाखाहरूबाट नोट सटही सुरु भएको राष्ट्र बैंकले जनाएको छ ।सर्वसाधारणलाई चाहिनेजति नोट सटही गर्न सक्ने व्यवस्था गरेको र अपुग भए फेरि उपलब्ध गराउने राष्ट्रबैंकले जनाएको छ । अघिल्लो पटक नै छापिएका नोट

    • प्रकाशित मितिः असोज १४, २०८१
    • २६० पटक पढिएको
  • कोशी सरकारले बाढी पहिरोमा मृत्यु भएकाको परिवारलाई १ लाख राहत दिने

    इटहरी । कोशी प्रदेश सरकारले अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानमा ज्यान गुमाउनेको परिवारलाई जनही १ लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ ।प्रदेश विपत् कार्यकारी समितिको आइतबार बसेको बैठकले प्रदेश विपद् ऐन अनुसार प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाएका परिवारलाई तत्काल १ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो ।प्रदेश विपत् कार्यकारी समितिका संयोजक एव आन्तरिक मामिला तथा कानून मन्त्री लिलावल्लभ अधिकारीको अध्यक्षतामा बसेको सम्मतिको बैठकले जिल्ला प्रशासन कार्यालयको सिफारिस बमोजिम राहत उपलब्ध गराउने निर्णय गरेको हो । प्रदेश सरकारले पूर्ण क्षति भएका घरहरूको लागि ५० हजार, आंशिक क्षति भएक

    • प्रकाशित मितिः असोज १४, २०८१
    • २८० पटक पढिएको
  • सुन र चाँदी दुवै सस्तिए, कतिमा हुँदै छ कारोबार?

    इटहरी । सोमबार सुन र चाँदी दुवैको मूल्य सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १ सय र चाँदी ५ रुपैयाँ सस्तो भएको हो। योसँगै आज सुन १ लाख ६० हजार ५ सय र चाँदी १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन सुन १ लाख ६० हजार ६ सय र चाँदी १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। 

    • प्रकाशित मितिः असोज १४, २०८१
    • २५४ पटक पढिएको
  • सुनिता र बुचलाई फिर्ता ल्याउन ‘ड्रागन’ अन्तरिक्षमा पुग्यो

    काठमाडौँ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई फिर्ता ल्याउने अन्तरिक्ष यान आईएसएस पुगेको छ ।अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले स्पेसएक्सको रकेटले ड्र्यागन अन्तरिक्ष यानलाई आईएसएसमा पु¥याउन मद्दत गरेको र त्यससँग सफलतापूर्वक जडान भएको पुष्टि गरेको छ । यस अन्तरिक्ष यानबाट दुई अन्तरिक्ष यात्री आईएसएस पुगेका छन्, जबकी दुईवटा सिट खाली छोडिएको छ जसबाट विलियम्स र विल्मोर पनि फर्कने छन् । अब यी अन्तरिक्ष यात्रीहरूले आगामी पाँच महिना अन्तरिक्ष अनुसन्धान कार्यमा बिताउने छन् ।यसै वर्षको जुनमा बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा आठ दिनसम्म

    • प्रकाशित मितिः असोज १४, २०८१
    • ३८२ पटक पढिएको
  • मनसुनी वायुसँगै भारतमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव कायमै

    काठमाडाैं । हाल देशभर मनसुनी वायुसँगै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ। जसको प्रभावले यतिबेला (सोमबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। काठमाडौँ उपत्यकोको आकाश भने बिहानैदेखि बादलले ढाकेको छ। तर, पानी भने परेको छैन। आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा  दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज राति पनि कोसी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदे

    • प्रकाशित मितिः असोज १४, २०८१
    • १२४ पटक पढिएको
  • माथिल्लो तामाकोसीमा बेपत्ता चारमध्ये दुई जनाको शव फेला, पहिचान हुन बाँकी

    दोलखा । दोलखाको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्स) मा लेदोसहित पहिरो खस्दा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ।पहिरोमा परी चारजना बेपत्ता भएकामा दुई जनाको शव आइतबार फेला परेको हो। तर शवको पहिचान भने हुन सकेको छैन। दुवै शव नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी चरिकोट ल्याइएको छ। ती शव चरिकोटस्थित पशुपति चौँलागाई स्मृति अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।लेदोसहितको पहिरोले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको कन्ट्रोल विल्डिङ पुरिँदा त्यसको सुरक्षार्थ खटिएका गरुड दल गणका सैनिक जवान नरेन्द्रबहादुर पाल, अर्का सैनिक शङ्कर चन्द तथा नवलपरासीको प

    • प्रकाशित मितिः असोज १४, २०८१
    • १६४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल