All Posts By इटहरी खबर संवाददाता

    Showing १२१-१३० of ३,०९७ items.
  • विराट गोल्डकप: आज त्रिभुवन आर्मी क्लब र मोरङ एफए भिड्दै

    विराटनगर -  विराटनगरमा जारी ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगितामा आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र आयोजक मोरङ एफएबीच प्रतिस्पर्धा हुँदैछ। सहिद रंगशालामा साँझ ६:३० बजे खेल सुरु हुनेछ।मोरङ एफएले सोमबार सम्पन्न उद्घाटन खेलमा भारतको साउथन समिति कोलकातालाई ३–२ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरिसकेको छ। घरेलु मैदानमा आज विभागीय टोली आर्मीको सामना गर्नुपर्ने भएकाले मोरङका समर्थकहरू उत्साहित देखिएका छन्।दुवै टोलीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। मंगलबार राति सम्पन्न खेलमा भारतको शुभेदा दिल्ली फुटबल क्लबलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले स्तब्ध पा

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • ५१४ पटक पढिएको
  • बेहुली जुत्ता-चप्पल बनाउने तालिम विराटनगरमा सुरु, महिलाहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य

    विराटनगर– महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित हलेसी महिला सशक्तिकरण सेवा केन्द्र, विराटनगर-८ द्वारा आयोजित बेहुली जुत्ता-चप्पल बनाउने २० दिने तालिम विराटनगरमा सुरु भएको छ। उक्त तालिम २०८१ फागुन २० गतेदेखि चैत ९ गतेसम्म सञ्चालन हुनेछ।विशेष अतिथिहरूको उपस्थितितालिमको उद्घाटन समारोहमा विराटनगर महानगर प्रमुख नागेश कोइराला प्रमुख अतिथि रहेका थिए। विशिष्ट अतिथिका रूपमा न्यायधिवक्ता रूपेश कोईराला, समाजसेवी महिला नेतृहरू अमरटोल टोल विकास संस्थाकी अध्यक्ष बिन्दा कुमारी नेपाल, हाम्रो प्रयासकी अध्यक्ष सावित्रा ढकाल, उर्मिला रुपाखेती, कल्पना राउत लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो।कार्यक्रमको अध

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • ४२७ पटक पढिएको
  • विराट गोल्डकपमा कोलकाता लाई पराजित गर्दै मोरङ को संघर्षपूर्ण संघर्षपूर्ण जित

    मोरङ - विराटनगरस्थित शहीद मैदानमा जारी रात्रिकालीन विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मोरङ ले संघर्षपूर्ण जित निकालेको छ। भारतको साउर्थन समिति फुटबल क्लब, कोलकाता लाई ३-२ गोल अन्तरले पराजित गर्दै मोरङ अन्तिम आठमा प्रवेश गरेको हो।रोमाञ्चक खेलको सम्पूर्ण विवरणखेलको ११औं मिनेटमा मोरङका अभिषेक गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाए। तर, चार मिनेटमै कोलकाताका सुदिप्त हाल्डेनले बराबरी गोल फर्काए। ३८औं मिनेटमा कोलकाताका अनिमेसले हेडर गोल गर्दै टिमलाई २-१ को अग्रता दिलाए।मोरङ पहिलो हाफमा पछि परे पनि अतिरिक्त १२औं मिनेटमा दोर्जे तामाङले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २-२ को बराबरीमा

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • ६५१ पटक पढिएको
  • रमपम विराट गोल्डकप २०८१ : विराटनगरमा फाल्गुन १९ गतेदेखि सुरु हुँदै

    विराटनगर – विराटनगरको साथ फुटबलको विकास" भन्ने नाराका साथ रमपम विराट गोल्डकप फुटबल प्रतियोगिता २०८१ को नवौं संस्करण विराटनगरको शहीद रंगशालामा फागुन १९ गतेदेखि २८ गतेसम्म आयोजना गरिने भएको छ। आयोजक समितिले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गराएको छ।१० टिमको प्रतिस्पर्धाप्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गर्ने छन्, जसमा भारतका २ टिम तथा नेपालका विभागीय टिमहरू सहित ८ टिम सहभागी हुनेछन्। खेल तालिका सार्वजनिक भइसकेको छ।१ करोड ३५ लाख खर्चको अनुमानप्रतियोगिता सम्पन्न गर्न रु. १ करोड ३५ लाख खर्च हुने अनुमान गरिएको छ। यस प्रतियोगितालाई सफल बनाउन कोशी प्रदेश सरक

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • ६५४ पटक पढिएको
  • अन्नपूर्ण माविमा भव्य अभिभावक दिवस सम्पन्न

    पथरी शनिश्चरे– पथरी शनिश्चरे–१ स्थित श्री अन्नपूर्ण माध्यमिक विद्यालयले आफ्नो ३४औँ अभिभावक दिवस तथा वार्षिकोत्सव भव्य रूपमा मनाएको छ।विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा वडा अध्यक्ष भीम कुमार राई प्रमुख अतिथि र निर्देशक मदन बहादुर थापा अध्यक्ष रहेका थिए। प्रधानाध्यापक वीरेन्द्र गुरुङले शैक्षिक योजनाबारे जानकारी गराउँदा, विभिन्न तहका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरे।कार्यक्रममा दुई दशकभन्दा बढी शिक्षण सेवा गरेका पूर्व शिक्षक तुलसीराम तिम्सिनालाई सम्मान गरियो। विजयी विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरियो। शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकील

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • ६३४ पटक पढिएको
  • निसान म्याग्नाइटको नयाँ फेसलिफ्ट संस्करण नेपालमा सार्वजनिक मूल्य रू. ३४.७५ लाखदेखि सुरू

    बिराटनगर – नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रा.लि. को बिराटनगर शाखाले सोमबार निसान म्याग्नाइटको नयाँ फेसलिफ्ट संस्करण सार्वजनिक गरेको छ। यो नयाँ संस्करण अझ 'बोल्डर' डिजाइन, उत्कृष्ट सुरक्षा सुविधाहरू, तथा अत्याधुनिक प्रविधिसहित प्रस्तुत गरिएको छ।नयाँ म्याग्नाइटको प्रारम्भिक मूल्य रू. ३४.७५ लाख तोकिएको छ भने यसको उच्च भेरियन्टको मूल्य रू. ५२.९९ लाखसम्म पर्न जान्छ। यस संस्करणमा 'भिजिया', 'एक्सेन्टा', 'एन-कनेक्टा', र 'टेक्ना-प्लस' गरी चार भेरियन्ट उपलब्ध छन्। गाडीमा कुल १३ प्रकारका कन्फिगरेसनहरू रहेका छन्, जसमा 'टर्बो-पेट्रोल' र 'नेचुरली एस्पिरेटेड इञ्जिन' विकल्प उपलब

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • ७५६ पटक पढिएको
  • पञ्चायत माविका विद्यार्थीले लेटाङ नगरपालिकामा अन्तरक्रिया

    पथरी शनिश्चरे – मोरङको पञ्चायत मावि, पथरीशनिश्चरे-१ का कक्षा ११/१२ का कानुन समूहका विद्यार्थीहरूले लेटाङ नगरपालिकाको न्यायिक समितिसँग अन्तरक्रिया गरेका छन्।विद्यार्थीहरूले प्रमुख भुपेन्द्र कुमार लावती, उपप्रमुख एवं न्यायिक समितिकी संयोजक कृष्ण कुमारी निरौला पोख्रेललगायत जनप्रतिनिधिहरूसँग न्याय सम्पादन प्रक्रिया, विवाद निरूपण विधि, र कानुनी जटिलताका विषयमा जिज्ञासा राखेका थिए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदी, संयोजक जितबहादुर लामा, सदस्य पर्शुराम निरौला, योजना प्रमुख चेतनाथ गौतम, शिक्षक द्वय भूमिप्रसाद पाठक र केशव निरौला लगायतको उपस्थिति रहेको थियो।

    • प्रकाशित मितिः फागुन ९, २०८१
    • ५६७ पटक पढिएको
  • सञ्चारकर्मीका लागि सहकारी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    विराटनगर, – सहकारी क्षेत्रमा देखिएको हालको संकटबारे प्रभावकारी समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीहरूलाई आवश्यक ज्ञान प्रदान गर्ने उद्देश्यले बिहीबार एकदिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ विराटनगरमा आयोजित उक्त कार्यक्रममा सहकारीको सैद्धान्तिक तथा दार्शनिक अवधारणा, वित्तीय व्यवस्थापन, र यसको मूल उद्देश्यबारे जानकारी दिइएको थियो।कार्यक्रममा सहकारीका राष्ट्रिय प्रशिक्षक केशवप्रसाद पोखरेलले प्रशिक्षण प्रदान गर्दै सहकारी संस्था वचत तथा ऋण कारोबारमा मात्र सीमित नरहेको बताउँदै यसको मूल उद्देश्य सदस्यहरूलाई स्वावलम्बी बनाउनु रहेको स्पष्ट पारे। उनले सहकारीको पारदर्शिता, वित्

    • प्रकाशित मितिः फागुन ९, २०८१
    • ३७४ पटक पढिएको
  • कपडाको झोला बनाउने तालिम सम्पन्न, सहभागीलाई प्रमाणपत्र प्रदान

    विराटनगर -   वातावरण संरक्षण र स्वावलम्बन प्रवर्द्धन गर्ने उद्देश्यले हाम्रो प्रयास, विराटनगर-७ द्वारा आयोजित कपडाको झोला बनाउने तालिम आज सम्पन्न भएको छ। विराटनगर महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयको सहयोगमा फागुन ३ गतेदेखि ७ गतेसम्म साकम्बरी भवन, विराटनगर-७ मा तालिम सञ्चालन गरिएको थियो।तालिम उद्घाटन समारोहमा वडा नं. ७ का अध्यक्ष मधुबाबु तिवारी प्रमुख अतिथि रहनुभएको थियो। हाम्रो प्रयासकी अध्यक्ष सावित्री ढकाल सभापति रहनुभएको उक्त कार्यक्रममा विशेष अतिथिका रूपमा पूर्व प्रमुख न्यायाधिवक्ता अधिवक्ता रुपेश कोइराला, नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष कुमोद अधिकारी, नेपाल पत

    • प्रकाशित मितिः फागुन ८, २०८१
    • ४२० पटक पढिएको
  • श्री बिराटेश्वर शिवमन्दिर शताब्दी उत्सवको अवसरमा विराटनगरमा निःशुल्क आँखा शिविर सम्पन्न

    विराटनगर – श्री बिराटेश्वर शिवमन्दिर, शनिहाट, विराटनगरको शताब्दी उत्सवको अवसरमा आयोजित निःशुल्क आँखा शिविर सफलता पूर्वक सम्पन्न भएको छ। रामलाल गोल्छा आँखा अस्पताल तथा तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा आयोजित यस शिविरमा २६८ जना बिरामीको आँखा परीक्षण गरिएको थियो, जसमा ५३ जना मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने छ।शिविरमा आँखासम्बन्धी समस्या भएका बिरामीहरूलाई निःशुल्क औषधि, चश्मा तथा परामर्श सेवा प्रदान गरिएको थियो। आयोजकका अनुसार, मोतियाबिन्दु शल्यक्रियाका लागि छनोट गरिएका बिरामीहरूको अस्पतालसम्म निःशुल्क उपचारको व्यवस्था मिलाइनेछ।समाजसेवामा महत्वपूर्ण योगदानयस सामाजिक सेवामूलक का

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • ४८८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल