All Posts By इटहरी खबर संवाददाता

    Showing १४१-१५० of ३,०९७ items.
  • प्रेस चौतारी नेपाल कोशी प्रदेशको अध्यक्षमा सुमन पुरी, ४९ सदस्यीय कार्यसमिति निर्वाचित

    मोरङ - विराटनगरमा बुधबार सम्पन्न प्रेस चौतारी नेपाल कोशी प्रदेशको दोश्रो प्रदेश अधिवेशनले सुमन पुरीलाई निर्विरोध अध्यक्षमा चयन गरेको छ। उनीसँगै ४९ सदस्यीय कार्यसमितिको चयन पनि निर्विरोध सम्पन्न भएको छ। कार्यसमितिमा उपाध्यक्ष युवराज विवश, महिला उपाध्यक्ष ज्योति चौहान, महासचिव बाबुराम भण्डारी र कोषाध्यक्ष विशाल नेम्वाङ निर्वाचित भएका छन्। सचिवमा रविन कट्टेल, दिनेश सुब्बा, भोला श्रेष्ठ, मञ्जु डाँगी, गणेश विष्ट र लक्ष्मी उप्रेती चयन भएका छन्।

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • ५२८ पटक पढिएको
  • शंखरापुरमा स्कुल बस दुर्घटना : ३ को मृत्यु, ४० घाइते

    काठमाडौ– काठमाडौंको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा आज साँझ स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।चाबहिलस्थित एसएस एकेडेमीले रिजर्भ गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भएर अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। बसमा विद्यार्थी, शिक्षक र अभिभावक सवार थिए।प्रहरीका अनुसार नगरकोटमा बनभोज खाएर साँखुतर्फ फर्किंदै गरेको बस साँझ ४:५० बजे दुर्घटनामा परेको हो। दुर्घटनाका कारण बस सडकबाट खस्दा गम्भीर क्षति भएको छ।घटनापछि स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य जारी छ। घाइतेलाई काठमाडौंका विभिन्न अस्पत

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • ३५० पटक पढिएको
  • नेपाल हिन्दुराष्ट्र बन्न सक्छ वा सक्दैन : देउवा

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल हिन्दु राष्ट्र बन्न सक्ने वा नसक्नेबारे निश्चित नभएको बताएका छन्। पूर्वमन्त्री एवं विश्व हिन्दु महासंघका पूर्वअध्यक्ष डा. रामचन्द्र अधिकारीको आत्मवृत्तान्त पुस्तक विमोचन गर्दै देउवाले अधिकारीलाई हिन्दु राष्ट्र बनाउने अभियानमा साथ दिन आग्रह गरे। उनले अधिकारीको अनुभव देशका लागि उपयोगी हुने बताए।

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • ३३८ पटक पढिएको
  • मेईटु पेन्ट्स नेपालद्वारा दुई जना पेन्टरलाई स्कुटर र वासिङ मेसिन प्रदान

    पथरी शनिश्चरे - मेइटु पेन्ट्सको डिलर्स खुशी श्री ट्रेडर्स पथरी शनिश्चरे १ मोरङले पुरस्कार प्रदान गरेकोे हो । पथरी शनिश्चरे १ फुलबारी चोकका पेन्टर्स हिमाल लिम्बुलाई स्कुटर र पथरी शनिश्चरे -२ सिर्जना चोकका बिरेन मगरलाई वासिङ मेसिन प्राप्त गरेका छन् । बिगत ४ वर्षदेखि  पेन्टरको काम गरिरहेका लिम्बु र मगरलाई मेंइटु पेन्ट्सका सय बढी डिलरहरूमध्ये  गोलाप्रथाद्वारा  छनौट भएका पेन्ट्सहरू दुई जनालाई  स्कुटर र वासिङ मेसिन प्रदान गरिएको खुशी श्री ट्रेडर्सका संचालक ऋषि चाैलागाई बताएका छन् ।Meitu paints  नेपालको मोरङ पथरी शनिश्चरेको लागि आधिकारिक विक्रेता खुशी श्री ट्रेडर्सक

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • ४७६ पटक पढिएको
  • पतञ्जलि योग शिक्षक प्रशिक्षणको दिक्षान्त समारोह भव्य रूपमा सम्पन्न

     मोरङ –"गरौँ योग, रहौँ निरोग" भन्ने नाराका साथ पतञ्जलि योग महानगर समिति बिराटनगर र महेन्द्रेश्वर शिवालय योग साधना केन्द्र, बिराटनगर वडा नं. १ को संयुक्त आयोजनामा २२औं सह-योग शिक्षक प्रशिक्षण तालिमको दिक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ।समारोहमा पतञ्जलि योग पीठ नेपालकी आजीवन सदस्य तथा महानगर समिति बिराटनगरकी अध्यक्ष शिल्पा प्याकुरेलको सभापतित्व रहेको थियो। प्रमुख अतिथि बिराटनगर महानगरपालिका वडा नं. १ का वडा अध्यक्ष काजी बहादुर बस्नेत रहनुभएको थियो भने कार्यक्रमको सहजीकरण महामन्त्री प्रलाद प्रसाद दङाल ले गर्नुभएको थियो।३४ जना नयाँ योग शिक्षक तयार२२ दिनसम्म चलेको प्रशिक्षण कार्यक्रमबाट

    • प्रकाशित मितिः माघ २८, २०८१
    • ३०६ पटक पढिएको
  • हसन्दहमा सार्वजनिक सुनुवाई कार्यक्रम

    पथरी शनिश्चरे - पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा सार्वजानिक सुुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आज वडा नं. ५ र ६ को पायक पर्ने स्थान हसन्दह बजारमा आयोजना गरिएको सार्वजानिक सुनुवाई कार्यक्रममा विशेषतः नगरको विकास निर्माण, स्वास्थ्य, शिक्षा र कृषिसँग सम्वन्धित सवालहरु उठेका थिए । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरवासीको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । इङ्घङ मिडिया प्रा.लि.को सहकार्यमा भएको सो कार्यक्रममा उठेका सवालहरु जवाफ नगर प्रमुख मोहनप्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत शशि राई र स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले दिनुभएको थियो । प्रमु

    • प्रकाशित मितिः माघ २८, २०८१
    • ४७१ पटक पढिएको
  • छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता -२०८१ सम्पन्न

    पथरी शनिश्चरे -  पथरी शनिश्चरे नगरपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता–२०८१  सम्पन्न भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ वडा नं. १ को सुनाखरी माध्यमिक विद्यालयमा तीन दिवसीय प्रतियोगिता आयोजना भएको हो। पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले एक समारोहका बीच नगरभित्रका विभिन्न विद्यालयहरुबाट विभिन्न विधाहरूमा विजयी छात्र छात्राहरूलाई पुरस्कृत गर्नुभएको थियो। पथरिशनिश्चरे वडा नं ८ को बुद्ध मावि पुनः नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड च्याम्पियन बनेको छ।गत वर्ष नगरस्तरीय राष्ट्रप

    • प्रकाशित मितिः माघ २८, २०८१
    • ५८३ पटक पढिएको
  • सामाजिक सञ्जाल विधेयकविरुद्ध अनेरास्ववियूको राँके जुलुस

    काठमाडौं- संसद्मा पेस गरिएको सामाजिक सञ्जाल विधेयक फिर्ताको माग गर्दै अनेरास्ववियूले काठमाडौंमा राँके जुलुस निकालेको छ।सरकार नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको भन्दै संगठनले त्रिचन्द्र कलेजबाट सुरु भएको जुलुस दरबारमार्ग हुँदै कोण सभामा परिणत गरेको थियो। 

    • प्रकाशित मितिः माघ २६, २०८१
    • ३४४ पटक पढिएको
  • राजु ढकाल कोशी प्रदेशबाट नेपाल बार काउन्सिलको पार्षदमा विजयी

    विराटनगर – कोशी प्रदेशबाट नेपाल कानुन व्यवसायी परिषद् (नेपाल बार काउन्सिल)को पार्षदमा अधिवक्ता राजु ढकाल निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा उनले प्रतिस्पर्धी अधिवक्ता बालकृष्ण आचार्यलाई २७ मतान्तरले पराजित गरेका हुन्।निर्वाचनका लागि विराटनगर, इलाम, झापा, धनकुटा र उदयपुर गरी ५ केन्द्रमा मतदान भएको थियो। अन्तिम मत परिणाम अनुसार ढकालले ४५० मत प्राप्त गर्दा आचार्यले ४२३ मत मात्रै ल्याए। ढकाल नेपाली कांग्रेस निकट डीएलए र नेकपा (एकीकृत समाजवादी) निकट एसपीएलएको गठबन्धनबाट उम्मेदवार बनेका थिए भने आचार्य नेकपा (एमाले), माओवादी केन्द्र, विप्लव समूह, मोहन वैद्य समूह र जसपा निकट गठबन्धनका उम्मे

    • प्रकाशित मितिः माघ २६, २०८१
    • २७६ पटक पढिएको
  • जसपाको केन्द्रीय समिति बैठकको एजेण्डा तय

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन १९–२१ गते काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गरेको छ। बैठकमा 'जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान' को समीक्षा गरिनेछ। साथै, पालिका समितिका केन्द्रीय अभियन्ताहरूले आफ्नो कार्यक्षेत्रको प्रगति प्रतिवेदन प्रस्तुत गर्नेछन्। बैठकमा वर्तमान राजनीतिक परिस्थिति र पार्टीको साङ्गठनिक कार्ययोजनाबारे पनि छलफल हुने प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

    • प्रकाशित मितिः माघ २६, २०८१
    • ७३३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल