All Posts By इटहरी खबर संवाददाता

    Showing १५१-१६० of ३,०८५ items.
  • इटहरीमा दोस्रो एसीयन सुटिङबल च्याम्पियनसिप सुरु, नेपालसहित चार देशको प्रतिस्पर्धा

    इटहरी- सुनसरीको इटहरीमा दोस्रो एसीयन सुटिङबल च्याम्पियनसिप २०२५ भव्य रूपमा सुरु भएको छ। नेपाल, भारत, बांगलादेश, र पाकिस्तानका खेलाडीहरू पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन्। कोशी प्रदेशका मन्त्री रेवतीरमण भण्डारीले उद्घाटन गर्दै यस्ता प्रतियोगिताले खेलकुद प्रवर्द्धन र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्ने बताए। नेपालका ४५ खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेका छन्। प्रतियोगिताले नेपालमा सुटिङबलको विकास र खेल पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    • प्रकाशित मितिः माघ १९, २०८१
    • ४६३ पटक पढिएको
  • एभरेष्ट स्कुलको ३९औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

    पथरी शनिश्चरे – एभरेष्ट अंग्रेजी विद्यालयले ३९औं वार्षिकोत्सव अभिभावक सम्मान तथा सांस्कृतिक कार्यक्रमसहित मनाएको छ। उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीका अभिभावकलाई सम्मान गरियो। विद्यार्थीहरूले नाटक, नृत्य, गीत तथा वक्तृत्वकला प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन प्रदान गरे।

    • प्रकाशित मितिः माघ १९, २०८१
    • ७०४ पटक पढिएको
  • कमरेड हिजो र आज" को लोकार्पण, एमाले उपाध्यक्ष शाक्यसहित १२ जना सम्मानित

    विराटनगर– एमाले नेता तथा लेखक जीवन घिमिरे द्वारा लिखित पुस्तक "कमरेड हिजो र आज" को विराटनगरमा भव्य लोकार्पण गरिएको छ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे ले पुस्तक सार्वजनिक गर्दै यसले विगतको इतिहास सम्झाउने र भोलिका कार्यहरूको मार्गचित्र प्रस्तुत गर्ने बताए।प्रगतिशील लेखक संघ मोरङ को आयोजनामा भएको कार्यक्रममा पुस्तकमा उल्लिखित १२ जना प्रमुख पात्रहरूलाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूमध्ये नेकपा एमालेकी उपाध्यक्ष एवं पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य प्रमुख रहिन्।सभामुख घिमिरेले नेपालको लोकतान्त्रिक आन्दोलनमा झापा, मोरङ, र सुनसरीका नागरिकहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै

    • प्रकाशित मितिः माघ १९, २०८१
    • ५७२ पटक पढिएको
  • श्रीराधाकृष्ण युगल विग्रह प्राण-प्रतिष्ठा तथा श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ आगामी फागुनमा

    मोरङ - श्रीराधाकृष्ण युगल विग्रह प्राण-प्रतिष्ठा तथा श्रीमद्भागवत महापुराण राष्ट्रशान्ति सप्ताह ज्ञानमहायज्ञ २०८१, मोरङको बुढीगङ्गा गाउँपालिका–१, टंकी सिनवारीस्थित श्रीराधाकृष्ण मन्दिर परिसरमा आगामी फागुन २१ गतेदेखि चैत्र ३ गतेसम्म हुने भएको छ।कार्यक्रमको आयोजना श्रीराधाकृष्ण मन्दिर व्यवस्थापन समितिले मन्दिर स्थापनाको रजत जयन्तीको अवसरमा गरेको हो। कार्यक्रममा वैदिक विधिअनुसार श्रीराधाकृष्ण युगल-विग्रह प्राण-प्रतिष्ठा, श्रीमद्भागवत कथा, भजन कीर्तन, होली महोत्सव, सामूहिक व्रतबन्ध, तिलार्चन तथा विभिन्न धार्मिक अनुष्ठान गरिनेछ।मन्दिरका अध्यक्ष माधवप्रसाद कोइरालाका अनुसार कार्यक्रममार्फत समाजमा धार

    • प्रकाशित मितिः माघ १९, २०८१
    • ६१२ पटक पढिएको
  • विराट एक्स्पोमा माछाको एक्वेरियम मुख्य आकर्षण

    विराटनगर– उद्योग संगठन मोरङको आयोजनामा जारी विराट एक्स्पो २०२५ मा यसपटक माछाको एक्वेरियम प्रमुख आकर्षणको रूपमा थपिएको छ। भारतबाट आएका व्यवसायीहरूले सञ्चालनमा ल्याएको यो एक्वेरियममा विभिन्न जातका रंगीन तथा आकर्षक माछाहरूलाई अत्याधुनिक प्रविधिमा सजाएर प्रदर्शन गरिएको छ।एक्वेरियम अवलोकन गर्नका लागि प्रवेश शुल्क १०० रुपैयाँ तोकिएको छ। आयोजकका अनुसार, यो एक्वेरियम सर्वसाधारणका लागि नयाँ अनुभव प्रदान गर्ने उद्देश्यले ल्याइएको हो।बिहीबार साँझ उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष एवं एक्स्पो संयोजक भोलेश्वर दुलाल, उपाध्यक्ष राजकुमार गोल्छा, कार्यसमिति सद

    • प्रकाशित मितिः माघ १९, २०८१
    • ५२६ पटक पढिएको
  • हिसान खेल सप्ताह २०८१ मा रेडस्टार मावि छात्रा तर्फको भलिबल र फुटबल प्रतियोगितामा प्रथम र छात्रतर्फ द्वितीय

    पथरी शनिश्चरे -उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल, मोरङ (हिसान) द्वारा आयोजित हिसान खेल सप्ताह २०८१ मा जिल्ला स्तरीय नकआउट भलिबल र फुटबल दुवै प्रतियोगितामा रेडस्टार छात्रा टिम प्रथम र छात्र टिम 'फस्ट रनर अप' हुन सफल भएको छ।फुटबल ,भलिबल ,क्रिकेट, ब्याडमिन्टन लगायतका विभिन्न खेलहरूको आयोजना गर्दै उक्त हिसान खेल सप्ताह बुधबार साँझ विराटनगरस्थित सहिद रङ्गशाला खेलमैदानमा समापन भएको थियो। समापनका क्रममा हिजो बुधबार साँझ फक्स लाइट बालेर खेलाइएको छात्र तर्फको निकै सन्सनीपूर्ण प्रतिस्पर्धात्मक जिल्लास्तरीय फुटबल प्रतियोगितामा विराटनगरको कान्तिपुर कलेजले रेडस्टार माविलाई ० का विरुद्ध १

    • प्रकाशित मितिः माघ १८, २०८१
    • ३९२ पटक पढिएको
  • पश्चिम नवलपरासीमा लागुऔषध कारोबारी पक्राउ, प्रहरीले चलायो गोली

    पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ पचगाँवामा बिहीबार बेलुकी प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाएको छ। पक्राउ पर्नेमा सोही स्थानका ५२ वर्षीय राजेश लोनिया रहेका छन्। प्रहरीको गोली लागेर लोनिया घाइते भएका छन्।नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रेशम बोहराका अनुसार लोनियाको घरमा लागुऔषध कारोबार भइरहेको सूचना पाएपछि प्रहरी टोली पुगेको थियो। लागुऔषध नियन्त्रण ब्युरो भैरहवा शाखाका प्रहरी नायब निरीक्षक सागर भट्टराईको नेतृत्वमा ५ जनाको टोली घटनास्थलमा पुगेको थियो।प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिन खोज्दा उनीहरू प्रहरीमाथि जाइलागेको र पेस्तोल खोस्न खोजेप

    • प्रकाशित मितिः माघ १८, २०८१
    • ३४१ पटक पढिएको
  • एभरेस्ट साइन्स सेन्टर नेपाल द्वारा अन्तरिक्ष र रोबोटिक्स कार्यशाला आयोजना

     सुनसरी - एभरेस्ट साइन्स सेन्टर नेपाल (ESCN) ले १६ गतेदेखि १८ गते सम्म शान्तिवन, सुनसरीमा "विज्ञान, अन्तरिक्ष र रोबोटिक्स" सम्बन्धी कार्यशाला आयोजना गरेको छ। यस कार्यक्रममा कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्की प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्छ।कार्यशालामा विभिन्न शैक्षिक संस्था र विद्यार्थीहरूको सहभागिता रहेको छ, जसमा विश्व आदर्श एकेडेमी इटहरी, ग्रेडेड सेडेन्ड्री वोडिङ स्कूल बिराटनगर, सेलेन्डाइन बोडिङ स्कूल सुर्खेत, हातु‌सा लिरल स्टार स्कूल कपिलवस्तु, काशी नोवेल एकेडेमी रूपन्देही र सुकुना म. बि. सुन्दर हरैचा लगायतका प्रतिष्ठानका विद्यार्थीहरू सहभागी भएका छन्।कार्यक्

    • प्रकाशित मितिः माघ १७, २०८१
    • ४५१ पटक पढिएको
  • संविधान संशोधन कांग्रेस र एमालेको मात्रै एजेन्डा होइन : नेता शेखर कोइराला

    विराटनगर – नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संविधान संशोधन नेपाली कांग्रेस वा नेकपा (एमाले) को मात्रै एजेन्डा नभई राष्ट्रिय मुद्दा भएको बताएका छन्।नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसन र नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागले बिहीबार विराटनगरमा आयोजना गरेको "संविधान संशोधन: आवश्यकता र चुनौती" विषयक अन्तरक्रियामा बोल्दै उनले संविधान संशोधनको आवश्यकता, प्रक्रिया र चुनौतिबारे गम्भीर छलफल हुनुपर्ने बताए। संविधान संशोधन सबै नेपाली नागरिकको साझा विषय भएकाले यसलाई कुनै एक पार्टीको एजेन्डा बनाएर अघि बढ्न नसकिने उनको भनाइ थियो।संविधान संशोधनको बहस सबैको सहभागितामा हुनुपर्छसंविधान सं

    • प्रकाशित मितिः माघ १७, २०८१
    • ८३५ पटक पढिएको
  • ताप्लेजुङका ६ राजनीतिक दलद्वारा वार्ता र संवादमार्फत समाधान खोज्न आग्रह

    ताप्लेजुङ – ताप्लेजुङका प्रमुख छ राजनीतिक दलहरूले पाथीभरा मुक्कुमलुङ क्षेत्रमा उत्पन्न असहज परिस्थितिको समाधानका लागि वार्ता र संवादमार्फत सहमति खोज्न आह्वान गरेका छन्।नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी (लिम्बूवान) ले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्ष, राज्य पक्ष, र केवलकार निर्माण पक्षबीच संवाद गरी समस्या समाधान गर्न आग्रह गरेका हुन्।संयुक्त विज्ञप्तिमा ताप्लेजुङ जिल्लामा लगानीमैत्री वातावरण निर्माण गर्न सबै पक्षलाई अनुरोध गरिएको छ। साथै, माघ १२ गते पाथीभरा क्षेत्रमा

    • प्रकाशित मितिः माघ १७, २०८१
    • ४३२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल