All Posts By इटहरी खबर संवाददाता

    Showing १९१-२०० of ३,०८६ items.
  • वानामा पाथीभरा मन्दिर विकासका लागि वृक्षारोपण र संरचना निर्माण सुरु

    खाँदबारी - सखुवासभाको पाँचखपन नगरपालिका वाना भाङ्गटारस्थित पाथीभरा मन्दिरलाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले वृक्षारोपण र संरचना निर्माण अभियान सुरु गरिएको छ। मन्दिर परिसरमा हजुरबा–हजुरआमा र पितृको स्मृतिमा इच्छाअनुसार विरुवा रोप्न, पाटी, चौतारा, धर्मशाला, र पानीको धारा निर्माण गर्न स्थानीयलाई आह्वान गरिएको छ।यो अभियानले प्रकृति संरक्षणको महत्वलाई प्राथमिकतामा राख्दै भावी पुस्ताका लागि पर्यावरणीय र सांस्कृतिक सम्पदा जगेर्नाको प्रेरणादायी सन्देश प्रवाह गरेको छ।

    • प्रकाशित मितिः माघ ६, २०८१
    • ७०४ पटक पढिएको
  • धनकुटामा एमालेको 'जरा' अभियान, महासचिव पोखरेलसहित शीर्ष नेताको सम्बोधन

    धनकुटा – सत्तारुढ नेकपा एमालेले माघदेखि चैतसम्म सञ्चालन गर्ने ‘जरा’ केन्द्रित तीन महिने अभियानको अभिमुखीकरण कार्यक्रम आइतबार धनकुटामा हुँदैछ। सामुदायिक भवनमा बिहान ११ बजे सुरु हुने कार्यक्रममा महासचिव शंकर पोखरेल, कोशी प्रदेश इञ्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायत शीर्ष नेताले सम्बोधन गर्नेछन्।जनताको चासो र गुनासोको सम्बोधनका लागि केन्द्रित यो अभियानले संगठन सुदृढीकरणमा योगदान दिने एमालेको विश्वास छ।

    • प्रकाशित मितिः माघ ६, २०८१
    • ३३२ पटक पढिएको
  • लिभरपुलको शानदार जीत, आर्सनल बराबरीमा सीमित

    एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले ब्रेन्टफोर्डलाई २–० ले पराजित गर्दै शीर्ष स्थानमा ५० अङ्क बनाएको छ।दोस्रो स्थानको आर्सनलले एस्टनभिल्लासँग २–२ गोलको बराबरी खेल्दै ४४ अङ्कमा सीमित रह्यो। एस्टनभिल्ला समान २२ खेलमा ३६ अङ्कसहित सातौँ स्थानमा छ।अन्य खेलमा बर्नमाउथले न्युक्यासललाई ४–१ ले, क्रिस्टल प्यालेसले वेस्टह्याम युनाइटेडलाई २–० ले र फुलहमले लेस्टर सिटीलाई २–० ले हराए।

    • प्रकाशित मितिः माघ ६, २०८१
    • ३५० पटक पढिएको
  • पूर्वमुख्यमन्त्री उद्धव थापामाथि झापामा आक्रमण, शान्ति सुरक्षामा गम्भीर प्रश्न

    मोरङ -कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापामाथि झापाको कनकाईस्थित जामुनबारी चोकमा शनिबार साँझ आक्रमण भएको छ। नेपाली कांग्रेस कोशी प्रदेश समितिका सभापतिसमेत रहेका थापामाथि भएको यस घटनाले प्रदेशको शान्ति सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ।घटनाको विवरणथापाको गाडी जामुनबारी चोकमा पुगेपछि विद्युत प्राधिकरणका चालकसहित दुई व्यक्तिले उनलाई आक्रमण गरेका हुन्। कांग्रेसका अनुसार भीआईपी सवार गाडीलाई साइड नदिएको र भीआईपी भनेर चिनेपछि आक्रमण भएको हो।थापाको देब्रे आँखाको माथिल्लो भागमा चोट लागेको छ, र उनलाई उपचारका लागि बिर्ता सिटी हस्पिटल, विर्तामोड लगिए

    • प्रकाशित मितिः माघ ५, २०८१
    • ४८४ पटक पढिएको
  • प्याब्सन नगर कार्यसमिति पथरी शनिश्चरेद्वारा तीन दिवसीय प्याब्सन प्रेसिडेन्ट कप फुटबल तथा भलिबल टुर्नामेन्ट आयोजना :

    पथरी शनिश्चरे - नीजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल नगर कार्य समिति पथरी शनिश्चरे (प्याब्सन )  द्वारा आयोजित तीन दिवसीय प्याब्सन प्रेसिडेन्ट कप फुटबल तथा भलिबल टुर्नामेन्ट सम्पन्न भएको छ। आज शुक्रबार पथरिशनिश्चरे वडा नं १ को जाँतेमोडस्थित खेल मैदानमा  सो टुर्नामेन्ट सम्पन्न भएको हो। एक समारोहका बीच पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले सो प्रतियोगिता अन्तर्गत भलिबल तथा फुटबल विधामा उपाधि उचाल्ने प्रथम र फर्स्ट रनर अफ ( दोस्रो) स्थान हासिल गर्ने  विद्यालयहरूका छात्र- छात्राहरूलाई  ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो। गत बुध

    • प्रकाशित मितिः माघ ५, २०८१
    • ४२७ पटक पढिएको
  • रिपोर्ट फ्रम ल्हासा’ नेपालीमा आउँदै

    सुनसरी - राजधानीमा आयोजित समाजशास्त्री डोरबहादुर विष्टको ९८औँ जन्मदिवसमा अंग्रेजी पुस्तक ‘Report from Lhasa’ लाई नेपालीमा ‘ल्हासाको खबर’ नामले अनुवाद गर्ने घोषणा गरिएको छ।बुक हिल पब्लिकेशन र डोरबहादुर विष्ट फाउन्डेसनबीच भएको सम्झौताअनुसार पत्रकार विराट अनुपमले अनुवाद गर्नेछन्। पुस्तक चैतसम्ममा बजारमा आउने जानकारी प्रकाशक प्रतिनिधि भुपेन्द्र खड्काले दिए।डोरबहादुर विष्टका सुपुत्र केशरबहादुर विष्टले पुस्तकले नेपाली पाठकका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। कार्यक्रममा विष्टको जीवनमा आधारित डकुमेन्ट्री ‘म अलम हुन चाहन्छु’ पनि प्रदर्शन गरिएको थियो।

    • प्रकाशित मितिः माघ ५, २०८१
    • ६५८ पटक पढिएको
  • चितवन प्रहरीले बुझायो प्रतिवेदन : रविसहित ३१ जना र सात कम्पनीलाई मुद्दा चलाउन राय

    चितवन । चितवनको साहारा सहकारी ठगी प्रकरणमा प्रहरीले अनुसन्धान सकेर आज (शुक्रबार) प्रतिवेदन बुझाएको छ। प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा चितवनमा अनुसन्धान प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ३१ जना व्यक्ति र सात कम्पनीमाथि मुद्दा चलाउन राय दिइएको छ ।यसअघि गत असोज ८ गते पनि प्रहरीले सहारा सहकारीका पीडितले दिएको जाहेरीको आधारमा अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले जिबी राईलगायत १७ जनाविरूद्ध सहकारी संस्थाको बचत हिनामिना गरेको अभियोगमा चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको थि

    • प्रकाशित मितिः माघ ४, २०८१
    • ४५७ पटक पढिएको
  • जीबी राईको राहदानी रद्द गर्न अदालतको आदेश

    कास्की । कास्की जिल्ला अदालतले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) को राहदानी रद्द गर्न सरकारलाई आदेश दिएको छ । आज (शुक्रबार) न्यायाधीश हिमाल बेलबासेको एकल इजलासले राईको राहदानी रद्द गर्न राहदानी विभागलाई आदेश दिएको हो ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पूर्व व्यवसायिक साझेदार समेत रहेका राईलाई देशका विभिन्न सहकारीमा ठगी गर्दै सर्वसाधारणको बचत रकम हिनामिना गरेको आरोप छ । उनी मलेसियामा छन् । राहदानी रद्द नभएकै कारण उनलाई मलेसियाबाट नेपाल ल्याउन नसकिएको बताइन्छ ।पाँच सहकारी ठगीका मुख्य अभियुक्त जीबी विदेश भागेपछि उनलाई नेपाल फिर्ता ल्याउन सरकारले लाम

    • प्रकाशित मितिः माघ ४, २०८१
    • ४७६ पटक पढिएको
  • एमाले नेता शंकर पाेखरेलले रिसाउदै भने : माधव नेपाल बाहेक अरु सबै नेतालाई एमालेको ढोका खुला छ

    इटहरी । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधव नेपाल बाहेक एकीकृत समाजवादीका सबै नेतालाई एमालेको ढोका खुला रहेको बताएका छन् । प्रेस चौतारी नेपालबाट विभाजन भएर बनेको प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीसहितका पत्रकारलाई शुक्रबार प्रेस चौतारी नेपालमा भित्र्याउँदै पोखरेलले माधव नेपालले एमाले फुटाएर ठूलो गल्ती गरेको भन्दै उनका लागि एमालेको ढोका खुला नभएको बताएका हुन् ।नेपालले एमालेबाट अलग्गिएर जीवनको सबैभन्दा ठूलो भुल गरेको समेत उनले उल्लेख गरे । नेतृत्वले जनताको भावनालाई बुझ्न नसक्दा बेला बखतमा दुर्घटना हुने गरेको उनको भनाइ छ । त्यही दुर्घटनामा माधव नेपाल पनि परेको पोखरेलले स्पष्ट पार

    • प्रकाशित मितिः माघ ४, २०८१
    • ३२९ पटक पढिएको
  • हिरासतभित्र रवि सुतेकाे भिडियाे बाहिर ल्याउने डा. निकोलस भुसाल धराैटी बुझाएर छुटे

    इटहरी । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सुतिरहेको फोटो खिचेर सार्वजनिक गरेका डा. निकोलस भुसाल ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) कसुरमा बिहीबार पक्राउ गरी शुक्रबार उनीविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गर्दै बयान र थुनछेक बहस भएको थियो । न्यायाधीश शंकरबहादुर राईको इजलासले डा. भुसाललाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । भुसालविरुद्ध सरकारी वकिलको कार्यालयले एक लाख रुपैयाँ जरिवाना र ५ वर्ष कैद सजायको मागदाबीसहित अभियोजन पत्र दर्ता गरेको थियो ।यसअघ

    • प्रकाशित मितिः माघ ४, २०८१
    • ३८८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल