All Posts By इटहरी खबर संवाददाता

    Showing २,२४१-२,२५० of ३,०८७ items.
  • एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज कतारसँग खेल्दै।

    इटहरी  । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज कतारसँग खेल्दैछ ।उक्त खेल ओमनस्थित अल अमरेत क्रिकेट मैदानमा  दिउँसो सवा ४ मा सुरु हुनेछ ।नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो ।

    • प्रकाशित मितिः वैशाख १, २०८१
    • ५३६ पटक पढिएको
  • हर्ष र उल्लासको नयाँ वर्ष

    सुनसरी: विक्रम संवत्को पात्रोअनुसार आजदेखि नयाँ वर्ष २०८१ सुरु भएको छ । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रूपमा मनाइन्छ ।विं.सं पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । विं.सं हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ ।नयाँ वर्षका अवसरमा आपसमा सद्भावका तथा शुभकामना आदानप्रदान गरेर मनाइने गरिन्छ । 

    • प्रकाशित मितिः वैशाख १, २०८१
    • २२६ पटक पढिएको
  • बार्सिलोना र पिएसजीको महाभिडन्त आज

    बार्सिलोना र पिएसजीको महा भिडन्त आजइटहरी  – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल चरणका पहिलो लेगका थप दुई खेल आज हुँदै छन् । राती १२:४५ बजे हुने पहिलो खेलमा स्पेनिश क्लब एफसी बार्सिलोनाले पेरिस सेन्ट-जर्मान (पिएसजी) विरुद्ध खेल्नेछ पहिलो लेग पिएसजीको घरेलु मैदानमा हुँदैछ । पिएसजीले अन्तिम १६ मा अर्को स्पेनिश क्लब रियल सोसेईडाड लागि समग्रमा ४-१ लिए हराएको थियो । पिएसजीले पहिलो लेग २-० ले जितेको थियो भने दोस्रो लेगमा २-१ ले विजयी भएको थियो ।उता बार्सिलोनाले भने इटालियन क्लब नापोलीलाई समग्रमा ४-२ ले पाखा लगाएको थियो । पहिलो लेग १-१ को बराबरीमा सकिएकोमा दोस्रो लेगमा बार्सिलोना ३-१ ल

    • प्रकाशित मितिः चैत २८, २०८०
    • ३१३ पटक पढिएको
  • कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा

    कर्णाली प्रदेशमा मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामाको घोषणा गरेका हुन् ।संसद् बैठकलाई सम्बोधन गरेर राजीनामा दिएका मुख्यमन्त्री शर्माले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाउने छन् । यसअघि उनले मङ्गलबार संसद्‌बाट विश्वासको मत लिने तयारी गरेका थिए । तर, केन्द्रमा सत्ता गठबन्धनसम्बद्ध दलहरूबीच भएको सहमतिअनुसार कर्णाली प्रदेश सत्ता साझेदार दल नेकपा ९एमाले० को भागमा परेपछि उनले विश्वासको मतको कार्यक्रम एकदिन पछि सारेका थिए । अब यहाँ एमालेका संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्नेछन् ।

    • प्रकाशित मितिः चैत २७, २०८०
    • २३१ पटक पढिएको
  • कैलालीमा झुण्डिएको अवस्थामा दिदीबहिनी मृत फेला

    काठमाडौं । कैलालीमा दिदीबहिनी मृत भेटिएका छन् । घोडाघोडी नगरपालिका १० थेबरका कलेशु चौधरीकी दुई छोरी मृत भेटिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएका हुन् ।टिनले छाएको काठको दुईतले कच्ची घरको तल्लो कोठामा उनीहरू मृत फेला परेका प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः चैत २७, २०८०
    • ३१६ पटक पढिएको
  • नेपालले विश्वकपमा लगाउने जर्सी सार्वजनिक

    इटहरी / नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आइसीसी टि २० विश्वकपमा प्रयोग गर्ने जर्सी सोमबार सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले राजधानीमा एक कार्यक्रमबीच जर्सी सार्वजनिक गरेको हो । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले जर्सी सार्वजनिक गरे । कार्यक्रममा क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का र केल्मी नेपालका निर्देशक उत्तम न्यौपानेको पनि उपस्थिति थियो ।केल्मीले निर्माण गरेको जर्सीमा विगतभन्दा केही पृथक प्रयोग गरिएको छ । जर्सीको अगाडी काँधमा नेपालको झन्डा छ भने तल्लो भागमा सगरमाथा र गैंडा अंकित गर्ने डिजाइन छ । रातो र न

    • प्रकाशित मितिः चैत २७, २०८०
    • ३३४ पटक पढिएको
  • परिवर्तन एक अभियान द्वारा विद्यार्थीहरूलाइ मोटिवेसनल

    इटहरी / परिवर्तन एक अभियान इटहरी ७ द्वारा  एसईई दिएर बसेका विद्यार्थीहरूलाई मोटिवेसनल कार्यक्रम गरिएको छ ।इटहरी ७ स्थित एस.ओ.एस बालग्रामको भवन एक कार्यक्रमको आयोजना गरि एस.ओ.एस बालग्राम स्कुलका विद्यार्थी ,लक्ष्मी माद्यामिक बिद्यालयका विद्यार्थी र सेक्रेटहार्ट बोर्डिङ स्कुलका विद्यार्थीहरूलाई मोटिवेसनल कार्यक्रम गरिएको छ ।इटहरी उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष देवनारायण चौधरीको प्रमुख अतिथि तथा परिवर्तन एक अभियान इटहरी ७ का अध्यक्ष तेज प्रसाद घिमिरेको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।एसईई दिएर बसेका १ सय बढी विद्यार्थीहरूलाई मोटिवेसनल कार्यक्रमको प्रशिक्षण डा. राजेन्द्र राज तिम

    • प्रकाशित मितिः चैत २६, २०८०
    • २५९ पटक पढिएको
  • माओवादी केन्द्र सुन्दरहरैँचा ७ नम्बर वाड समिति अध्यक्षमा रमेश आचार्य निर्वाचित

    गोठगाँउ /  नेकपा माओवादी केन्द्रको सुन्दरहरैँचा ७ नम्बर वाड समितिको अध्यक्षमा रमेश आचार्य निर्विरोध निर्वाचित भएका छन् । शनिवार गोठ गाउँमा आयोजित विशेष वडा अधिवेशनबाट आचार्य अध्यक्षमा निर्वाचित भएका हुन् ।विशेष अधिवेशनमार्फत आचार्यको नेतृत्वमा २५ सदस्यीय समिति निर्वाचित गरेको छ । अधिवेशनले  उपाध्यक्षमा मन कुमारी विश्वकर्मा, सचिव आशिष लिम्बु, सहसचिव सुजन बास्तोला र कोषाध्यक्षमा सरिता बस्नेत लगायत २५ जनाको समिति निर्वाचित गरेको हो ।कार्यक्रममा माओवादी केन्द्रका मोरङ जिल्ला संयोजक तथा पूर्व राज्यमन्त्री विजय विश्वासको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरी माओवादी केन्द्रका प्रदेश समिति

    • प्रकाशित मितिः चैत १०, २०८०
    • १५४ पटक पढिएको
  • आफ्नो पारिश्रमिकबाट आचार्यले ५३० जनालाई कमल वितरण गरे

    मोरङ । मोरङका विभिन्न ठाउँमा कोशी प्रदेशका पूर्व मन्त्री तथा माननीय जीवन आचार्यले  केही दिन देखि तराइमा अत्याधिक चिसो बढेका कारण आफ्नो पारिश्रमिकबाट विपन्न परिवारलाई कमल वितरण गरेका छन् ।मोरङको सुन्दरहरैचाका २,३ र ४ नम्बर वाडका १५० जना, बुढिगांगा गाउँपालिका ६ र ७ नम्बर वडाका २५० र विराटनगर महानगर ४ नम्बर वडाका १३० जना गरी ५३० जना विपन्न परिवारका सदस्यलाई अत्याधिक चिसो भएका कारण न्यानोका लागि कमल वितरण गरिएको हो ।विगत केही दिन देखि तराइमा शीतलहरूका कारण  अत्याधिक चिसो बढिरहेको छ । मोरङ क्षेत्र नम्बर ६ क बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका आचार्यले आफ्नो निर्वाचन क्षेत्रलाई लक्षित गर

    • प्रकाशित मितिः माघ १२, २०८०
    • २९६ पटक पढिएको
  • उदयपुरगडिका ५ वटा वडामा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले उदयपुरगडी गाउँपालिकाका पाँच वटा वडामा वडा सम्मेलन सम्पन्न गरेको छ। भाद्र १६ गते देखि सञ्चालन भएको जनतासँग माओवादी बिशेष रूपान्तरण अभियानको समापनको रूपमा शनिबार उदयपुरगडीका वडा नम्बर १,२,३,४ र ८ मा वडा सम्मेलन सम्पन्न गरिएको हो।१ नं. वडाको वडा सम्मेलम हजारेस्थित जनजाति भवनको प्राङ्गणमा भएको थियो। उक्त समारोहलाइ उदयपुर जिल्ला संयोजक विनोद कुमार कटुवाल र पालिका कमिटी सहसचिवले सम्बोधन गरे। वडा नम्बर १ मा  गम्भीर बहादुर लुङेली मगरको अध्यक्षतामा १९ सदस्यिय कमिटी गठन भएको छ।त्यसैगरी वडा नम्बर २ को सम्मेलन घट्टामा भएको थियो। सम्मेलनले बहादुर था

    • प्रकाशित मितिः पुस १५, २०८०
    • ५७७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल