All Posts By इटहरी खबर संवाददाता

    Showing २,३३१-२,३४० of ३,०८७ items.
  • मादक पदार्थ सेवन गरी छोराद्वारा बुबाको हत्या

    दाङ । मादक पदार्थ खाएका घोराही उपमहानगरपालिका–५  दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले बाबुको हत्या गरेका छन् । सन्तोषले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेको प्रहरीले जनाएका छन् ।  प्रहरीका  अनुसार छोराको कुटपिटबाट सख्त घाइते प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको हो ।  सन्तोषलाई प्रहरीले प्रकाउ गरी अनुसन्धान थालेको छ । 

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • १४१ पटक पढिएको
  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट ४२ वर्षीया महिलाको मृत्यु

    कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुर्नेमा बेलडाँडी गाउँपालिकाको कालिकिचताल क्षेत्रमा बेलडाँडी–२ गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढा रहेकी छिन् ।  उनको आज बिहान गैँडाको आक्रमणबाट मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए ।  आज बिहान ८ बजेतिर च्याउ टिप्न गएको बेला गैँडाको आक्रमण परेर बेलमतीको घटनास्थलमै मृत्यु भएको हो । ऐरका अनुसार निकुञ्जको टोली अहिले घटनास्थलमा पुगेको छ । मृतक बुढासँगै अन्य दुई महिला पनि आज बिहान च्याउ टिप्न निकुञ्ज प्रवेश गरेका थिए । उनका अनुसार द

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • ११८ पटक पढिएको
  • बालबालिकाका मुद्दा १२० दिनभित्रै टुंग्याउन सर्वोच्चका परमादेश

    काठमाडौं । सर्वोच्च अदालतले बालबालिकाका मुद्दा कानुनअनुसार १२० दिनभित्रै किनारा लगाउन परमादेशको आदेश जारी गरेको छ । बालवालिकाको मुद्दा छिन्न नसक्दा पुर्पक्षमा लागि अनावश्यक रूपमा बाल सुधारगृहमा राख्न थालिएपछि निश्चित समयभित्र मुद्दा टुंगाउन जिल्ला अदालतका नाममा सर्वोच्चले आदेश जारी गरेको हो ।न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बन्दी प्रत्यक्षीकरणसम्बन्धी परेको रिट निवेदनको व्याख्या गर्दै त्यस्तो फैसल गरेको हो । मुद्दा पुर्पक्षका लागि बालसुधार गृह भक्तपुरमा राखिएका १७ वर्षीय बालकसँग सम्बन्धित मुद्दाको फैसला गर्दै सर्वोच्चले यस्तो आदेश

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • १२९ पटक पढिएको
  • एसीसी यू—१९ प्रिमियर कप खेल्ने प्रारम्भिक टोलीको घोषणा

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिता बन्द प्रशिक्षणका लागि नेपाली टोलीको घोषणा गरेको छ । क्यानले बिहीबार बन्द प्रशिक्षणका लागि २४ सदस्यीय टोलीको घोषणा गरेको हो ।घोषित टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्ब्रे, दिपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल, सुवास भण्डारी, विशाल केसी र मिलन बोहरा रहेका छन् ।यसैगरी बन्द प्रशिक्षणका लागि घोषित टोलीमा प्रज्ज्वल थापा, तुलबहादुर थापा, निर्मल गुरुङ, राजेश यादब, विपिन रावल, युनिससिंह ठकुरी, अशोक पौडेल, अविनाष तिवा

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • १६२ पटक पढिएको
  • आज राष्ट्रिय बाल दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदै

    काठमाडौं ।  आज (शुक्रबार) राष्ट्रिय बाल दिवस बिभिन्न कार्यक्रम आयोजना गरी मनाइदैछ । नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो ।त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ । यस वर्षको बाल दिवस ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ मनाइँदैछ ।बालबालिकाको हक, हित र बाल अधिकारको शंरक्षण तथा सम्बर्धनका लागि संयुक्त राष्ट्र संघीय बाल अधिकार सम्बन्धी महासन्धीका प्रावधान, राष्ट्रिय एबं अन्तर्राष्ट्रिय प्रतिबध्दता र नेपालको संबिधान र कानूनले प्रत्याभुत गरेका बालबालिकाको हक हितको कार्यान

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • ९८ पटक पढिएको
  • झापामा डेंगुका कारण थप एक जनाको मृत्यु

    झापा । झापामा डेंगुका कारण थप एक जनाको मृत्यु भएको छ ।बिर्तामोड नगरपालिका–५ मा डेंगु सङ्क्रमणबाट एक जना महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।बहालमा बस्ने भारत घर भएकी करिब ३५ वर्षीया महिलाको डेंगुको सङ्क्रमणबाट मृत्यु भएको हो ।डेंगु सङ्क्रमण भएको पुष्टि भएपछि उपचारका लागि भारतको सिलगढी लैजाँदै गर्दा उनको मृत्यु भएको बताइएको छ । यससँगै बिर्तामोडमा डेंगी सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको जनाइएको छ ।झापामा डेंगुका झापामा ६ जनाको मृत्यु भइसकेको छ ।

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • १३३ पटक पढिएको
  • एसिया कप क्रिकेटः पाकिस्तानलाई हराउँदै श्रीलङ्का फाइनलमा

    काठमाण्डौ । घरेलु टोली श्रीलङ्काले एसिया कपको सुपर फोर खेलमा पाकिस्तानमाथि दुई विकेटको रोमाञ्चक जितका साथ फाइनलमा स्थान बनाएको छ ।श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा भएको खेलमा श्रीलङ्का डकवर्थ लुइस पद्धतिअनुसार २ विकेटले विजयी भएको हो ।पाकिस्तानले दिएको २ सय ५२ रनको लक्ष्य श्रीलङ्काले निर्धारित ४२ ओभरको अन्तिम बलमा पूरा गर्यो । साविकको विजेता श्रीलङ्काले पर्सि आइतवार भारतसँग उपाधिका लागि खेल्ने छ ।भारत एक खेल अगावै शीर्ष स्थानमा रहँदै फाइनलमा पुगिसकेको छ । भारतले सुपर फोरको अन्तिम खेल भने आज बङ्लादेशसँग खेल्नेछ । 

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • १६५ पटक पढिएको
  • एसईई हट्यो, बोर्डको परीक्षा १२ कक्षामा मात्रै

    काठमाडौँ । सरकारले संसद्‍मा दर्ता गरेको शिक्षा ऐन संशोधन विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेजको प्रस्ताव गरेको छ । यसअघि एसईई प्रदेशबाट लिने कानुनी व्यवस्था भए पनि राष्ट्रिय परीक्षा बोर्डले नै लिँदै आएको थियो । सरकारले प्रस्ताव गरेको व्यवस्थाअनुसार अब माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (१२ कक्षा) को मात्रै राष्ट्रिय परीक्षा बोर्डबाट लिइने छ । प्रस्तावित विधेयकमा आधारभूत शिक्षा उत्तीर्ण (८ कक्षा) मात्रै स्थानीय तहबाट सञ्चालन हुने उल्लेख छ । ९, १० र ११ को परीक्षा भने विद्यालयले नै लिने प्रस्ताव विधेयकमा राखिएको छ । आधारभूत शिक्षा उत्तीर्ण परीक्षाको मूल विषयको प्रश्न पत्र सम

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • ४६६ पटक पढिएको
  • आदर्श मिश्रको ‘एकादेशको सहर’ गीत सार्वजनिक

    काठमाडौँ । कमेडियन आदर्श मिश्रको मुख्य अभिनय रहेको गीत एकादेशको सहर बजारमा आएको छ।   उक्त गीत सुरज महर्जनको स्वरमा सजिएको छ भने शब्द रचना र निर्देशन समेत उनकै रहेको छ।संयुक्ता महर्जनको निर्माण र राकेल मानन्धरको सहायक निर्देशन रहेको उक्त गीतलाई  विकास केसीले छायाङ्कन तथा सम्पादन गरेका छन् ।आदर्श मिश्र, महेन्द्र (मैन), निरज श्रेष्ठ र अर्चना श्रेष्ठको मुख्य भूमिका रहेको म्युजिक भिडियोमा हालको अवस्थामा जस्तोसुकै वर्गका व्यक्ति अन्तिममा आफ्नो भविष्य खोज्दै विदेशी भूमिमा पुग्नु परेको र तीनै बिदेसिएका व्यक्तिले पठाएको रेमिटेन्सले देशको अर्थतन्त्र धानिरहेको दृश्य देख्न सकिन्छ। 

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • १५६ पटक पढिएको
  • कोटेश्वरको सडकमा फोहोर फाल्ने १६ जना पक्राउ, ७२ हजार जरिवाना

    काठमाडौँ । महानगरपालिकाले सडकमा पजथाभावी फोहोर फाल्ने कार्यमा संलग्न १६ जनालाई पक्राउ गरेको छ । बुधबार बिहान कोटेश्वरमा फोहोर फ्याक्न पुगेका १६ जनालाई महानगर प्रहरी बलको टोलीले फोहोरसहित नियन्त्रणमा लिएको हो । फोहोर फाल्ने कार्यमा संलग्न १६ जनालाई प्रहरीले जरिवाना गराएर छोडेको छ । उनीहरुलाई जम्मा ७२ हजार रुपैयाँ जरिवाना गराइएको महानगर प्रहरी बलको जनाएको छ । फोहोमैला संकलन गर्ने गाडी प्रत्येक दिन बिहान ६ बजेपछि घरघरमा पुग्ने भएपनि बाटोमै फोहोर फालिनु गलत भएको भन्दै महानगरले कानुन पालना गर्दै सहर स्वस्थ राख्न आग्रह गरेको छ ।

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • १०२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल