इटहरी । सुतेकै ठाउँमा विद्यार्थीको रहस्यमय तरिकाले मृत्यु भएको इटहरीको सेकेण्डरी बोर्डिंग स्कुलको होस्टल उपमहानगरपालिकाले बन्द गराएको छ । अनुसन्धान भइरहेको र निर्धारित मापदण्डहरु पुरा नभएको भन्दै होस्टल बन्द गराएको हो । उक्त विद्यालयले होस्टेल चलाउनको लागि अनुमतिसमेत नलिएको मेयर हेमकर्ण पौडेलले जानकारी दिए । उनले होस्टेलको मापदण्ड र लिइरहेको शुल्कका विषयमा धेरै गुनासाहरु आइरहेकोले सो विषयमासमेत अनुसन्धान गर्ने बताएका छन् ।यस्तै मेयर पौडेलसहितको टोलीले होस्टेल सञ्चालन गरिरहेका इटहरीको पिसजोन आवसीय माध्यमिक विद्यलय, ग्रीनपिस एकेडमी, मोडन प्रिपेटरीलगायतका स्कुलहरुकोसमेत अनुगमन गरेको छ ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । अस्पतालले निधनको कारण ‘कार्डियक अरेष्ट’ भनेको छ । ६९ वर्षीया दाहाललाई बिहान ८ बजे कार्डियक अरेस्ट भएको अस्तपालले आफ्नो विज्ञप्तीमा जानकारी दिएको छ ।सीता दाहाल लामो समयदेखि दुर्लभ मानिएको पीएसपी रोगबाट ग्रस्त थिइन् । यसले मानिसको स्नायु प्रणालीमा असर गर्छ । रोगका कारण उनी हिँडडुल गर्न पनि असमर्थ थिइन् ।दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने तथा २ बजे पशुपति आर्याघाटमा अन्ति
काठमाडौं । आज (मंगलबार) सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले लगातार तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको हो ।महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३०० रुपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ७५० रुपैयाँ कायम छ ।यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर छ । यही साताको आइतबार यता चाँदीको मूल्य स्थिर रहेको महासंघले जनाएको छ । जसअनुसार आज चाँदीको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ कायम छ ।
काठमाडौँ । सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । पाइलट सहित ६ जना सवार उक्त हेलिकप्टर सोलुखुम्बुकै लामजुरे क्षेत्रसम्म आएपछि सम्पर्क विहीन भएको बताइएको छ । हेलिकप्टरको खोजीका लागि अर्को हेलिकप्टर पठाउने तयारी भएको जनाएको छ ।
विराटनगर । बालुवाटारस्थित ललिता निवास प्रकरणमा जग्गा खरीदकर्ता पक्राउ पर्न थालेपछि विराटनगरका केही व्यवशायीक घरानाका व्यापारीहरु भुमीगत भएका छन् ।खासगरी ललिता निवासको जग्गा किन्ने भाटभटेनीका मालिक मीनबहादुर गुरुङ समातिएपछि विराटनगरका व्यवशायीहरु पनि भुमिगत भएका हुन् । उनीहरुको नाम पनि जग्गा किन्नेको सुचीमा रहेको बताइएको छ ।सम्पर्कविहीन हुनेमा सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडा र उनका छोरा सन्दीप सारडा, एसियन फुड्सका राधेश्याम सारडा, श्रीनिवास सारडा र संविधानसभा सदस्य पवनकुमार सारडा छन् । उनीहरुले कति जग्गा किनेको हो भन्ने बारेमा भने खुलेको छैन । जग्गा खरीदकर्ताहरु भने आफूले सबै
काठमाडौँ। आज राष्ट्रियसभाको बैठक बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ः०१ बजेका लागि बैठक बोलाइएको हो । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुनेछ ।जसअनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा मन्त्रालय, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्
काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा नेपाल नजिक अवस्थित रहेको छ। जसको प्रभावले हाल कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा वर्षा भइरहेको छ।आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।आज राति पनि सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई
बागलुङ । बागलुङ जिल्लाको बडिगाडमा सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट बालकको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट स्थानीय भानबहादुर घर्तीको १४ वर्षीय सुनिलको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाइएको छ ।
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ती व्यक्तिलाई मंगलबार बिहान महाराजगञ्जबाट पक्राउ गरेको हो ।सीआईबी स्रोतका अनुसार ती व्यक्तिले प्रसाईंसँग चन्दा भन्दै २० करोड रुपैयाँ माग गरेका थिए । प्रसाईंले सो रकम दिन अस्वीकार गरेपछि ती व्यक्तिले प्रसाईंलाई ज्यान मार्ने धम्की दिँदै आएका थिए । यस विषयमा थप विवरण आउन बाँकी रहेको छ ।
सर्लाही । रोल्पाको त्रिवेणी गाउँपालिका–२ मा रहेको दुवागाउँ साना किसान कृषि सहकारी संस्था लिमिटेडका पदाधिकारी र सदस्य गरी ३ जना १ करोड ६१ लाख रकम लिएर सम्पर्कविहीन भएका छन् । त्रिवेणी गाउँपालिका–२ स्थित रहेको दुवागाउँ साना किसान कृषि सहकारी संस्था लिमिटेडकी अध्यक्ष प्रमिला पुन,सचिव चन्द्र बहादुर बस्नेत र सदस्य लोक बहादुर डांगी सहकारीको खातामा रहेको १ करोड ६१ लाख रकम लिएर सम्पर्क बिहिन भएका हुन् ।लुम्बिनी प्रदेशको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले ठेक्का मार्फत शित भण्डार निर्माणका लागि लगाएको ठेक्का मार्फत मन्त्रालयबाट सहकारीको खातामा आएको रु १ करोड ६१ लाख रकम लिएर उनीहरु सम्प