All Posts By इटहरी खबर संवाददाता

    Showing २,५८१-२,५९० of ३,०८७ items.
  • हात्तीको आक्रमण बाट झापामा एक जनाको मृत्यु

      झापा । हात्तीको आक्रमण बाट झापाको हल्दिबारीमा एक जनाको मृत्यु भएको छ ।आज बिहान भद्रपुर नगरपालिका –७ बस्ने ५३ वर्षका गिरेन कर्मकारलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जङ्गलमा च्याउ टिप्न गएका बेला उनलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको  घटनास्थलमै ज्यान गएको हो ।

    • प्रकाशित मितिः असार १२, २०८०
    • १३८ पटक पढिएको
  • कोशी प्रदेश सरकारले असार १४ गते विश्वासको मत लिने

    विराटनगर । कोशी प्रदेश सरकारले असार १४ गते विश्वासको मत लिने तयारी गरेको छ। विश्वासको मत लिने प्रयोजनका लागि असार १४ गते १ बजेलाई तेस्रो अधिवेशन प्रदेश प्रमुखले आव्हान गरेका छन्  । कोशी प्रदेश मन्त्रिपरिषद्को असार १० गतेको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम कोशी प्रदेश सभाको तेस्रो अधिवेशन २०८० साल असार १४ गते बिहीबार दिनको १ बजे बोलाएका हुन्  ।सरकारमा रहेको सत्ता साझेदार दल जनता समाजवादी र माओवादी केन्द्रले हिक्मत कुमार कार्की नेतृत्वको सरकारलाई दिएको विश्वसको मत फिर्ता लिएपछि कोशी प्रदेश सरकार अल्पमतमा परेको छ । 

    • प्रकाशित मितिः असार १२, २०८०
    • ७७ पटक पढिएको
  • गाउँसभाको बैठकमै कुटाकुट, अध्यक्षसहित ६ जना घाइते

    काठमाडौँ । गाउँसभाको बैठक चलिरहँदा भएको कुटपिटको घटनापछि कैलालीको मोहन्याल गाउँपालिका कार्यालयको सेवा प्रवाह ठप्प भएको छ । घटनापछि त्यहाँ बस्ने वातावरण नभएको भन्दै कर्मचारी हिँडेपछि काम ठप्प भएको हो ।गाउँपलिकाको कार्यालय सार्नेसम्बन्धी प्रस्ताव आइतबार बसेको गाउँसभाले दुई तिहाइ बहुमतले पारित गरेलगत्तै असन्तुष्ट स्थानीय केही व्यक्ति कुटपिट र हात हालाहालमा उत्रिएका थिए ।आक्रमणबाट गाउँपालिका उपाध्यक्ष कमल साउद र वडा नं २ र ७ का अध्यक्षसहितका ६ जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको छ ।आक्रोशितको ढुङ्गा प्रहारबाट कार्यालयको नवनिर्मित भवनमा क्षति पुगेको छ । हाल खिमडी भन्ने ठाउँमा रहे

    • प्रकाशित मितिः असार १२, २०८०
    • १२१ पटक पढिएको
  • आज सन्दिप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई पहिलो नम्बरमा

    काठमाडौं  । क्रिकेटर सन्दिप लामिछानेबिरुद्धको मुद्धामा आज सुनवाई हुदैँछ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा उक्त निवेदनमाथिको सुनुवाइ पहलो नम्बरमा रहेको छ ।पीडित पक्षले माग गरे बमोजिम क्षतिपुर्ति दिन मिल्ने कि नमिल्ने भन्नेबारेमा आज टुंगो लगाउने छ ।लामिछानेसँग पीडित पक्षले यस अघि माग गरेको १० लाखको क्षतिपुर्तिको मागलाई अदालतले खारेज गरे पनि पीडित राहतको मार्फत् सर्वोच्चले क्षतिपूर्तिको विषय सम्बोधन गर्नुपर्ने जनाई दिएपछि आज सुनवाई हुन लागेको हो ।ततपश्चात ३६ लाख रुपैयाँ क्षतिपुर्तिको माग गरे पछि अदालतले पीडितले उपचार गरेको अस्पतालसँग उपचार खर्चको विवरण मा

    • प्रकाशित मितिः असार ११, २०८०
    • १६६ पटक पढिएको
  • बाल गायिका अमिसाले ल्याइन् गीत ‘नाचूँ नाचूँ लाग्छ’(भिडियोसहित)

    काठमाडौँ । बाल गायिका अमिसा बजगाईँको स्वर रहेको गीत ‘नाचूँ नाचूँ लाग्छ’ सार्वजनिक भएको छ । संगीता घिमिरेको शब्द र राजेन्द्र बजगाईँको सङ्गीत रहेको गीतको भिडियो पनि बनेको छ । जसको निर्देशन पनि सङ्गीतकार बजगाईँले गरेका हुन् ।भिडियोमा गायिका अमिसा नै देखिएकी छन् । केशव विश्वकर्माको छायाङ्कन, राजेश कुँवरको सम्पादन रहेको  भिडियो म्युजिक किचन स्टुडियोले तयार पारेको भिडिया त्रिमूर्ति इन्टरटेनमेन्टले बाहिर ल्याएको हो ।भिडियो:

    • प्रकाशित मितिः असार ११, २०८०
    • २३४ पटक पढिएको
  • यू-१६ लिग फुटबल असार ३० गतेदेखि

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-१६ लिग असार ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । एन्फा र ‘ए’ डिभिजन क्लबका प्रतिनिधिहरुसँगको छलफलपछि यू-१६ लिगको मिति टुंगो लगाइएको एन्फाले जनाएको छ ।  यसअघि एन्फा यू-१६ लिग असार २३ गतेदेखि सञ्चालन हुने भनिएको थियो । तर, त्यतिबेला अधिकांश विद्यालयमा परीक्षा सञ्चालन हुने भएकाले मिति सारेर असार ३० गते पुर्‍याइएको हो।यू-१६ लिगका लागि क्लबहरुले असार १२ गतेसम्म आफ्नो टिम दर्ता गराउनु पर्नेछ । यसैगरी क्लबहरुले असार २४ गतेभित्र क्लबहरुले खेलाडीको नाम दर्ता गराउनु पर्नेछ । त्यसपछि एन्फाले असार २५ गते खेल तालिका प्रकाशन गर्नेछ । एन्फाले यू-१६ लि

    • प्रकाशित मितिः असार ११, २०८०
    • १७० पटक पढिएको
  • तोलामा २०० रुपैयाँले बढ्योसुनको मूल्य, कति पुग्यो तोलाको ?

    काठमाडौँ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो  (आइतबार) छापावाल सुन प्रतितोला  १ लाख १० हजार २०० रुपैयाँमा कारोवार भएको  सुनको  आज (सोमबार) तोलामा २०० रुपैयाँले बढेर  प्रतितोला  १ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको  छ ।यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले नै बढ्दै १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा १५ रुपैयाँले बढ्दै आज प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेक

    • प्रकाशित मितिः असार ११, २०८०
    • १५२ पटक पढिएको
  • इनारमा डुबेर भोटेबहालमा दुईजना युवाको मृत्यु

    काठमाडौँ । काठमाडौँको भोटेबहालमा इनारमा डुबेर दुईजनाको मृत्यु भएको छ । झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बु र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।पानी तान्ने मोटर निकाल्न दिपेन सुरुमा इनारामा इनारमा पसेका हुन् । दिपेनलाई बचाउन त्यसपछि जितेश इनारमा गएका थिए ।

    • प्रकाशित मितिः असार ११, २०८०
    • १०४ पटक पढिएको
  • हर्कको पोस्टमा बालेनको कमेन्ट :‘तपाइको दुःखमा म छु’

    धरान । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको दुःखमा आफू साथ रहेको बताएका छन् । आइतबार राति सामाजिक सञ्जालमार्फत साम्पाङले आफूले कोकाहाको पानी ल्याउँदा सबैले बधाई दिएको तर धरानका राजनीतिक दले उल्टै मुद्दा हालेको गुनासो गर्दै स्टाटस लेखेका थिए ।‘पसिनाको भेल बगाएर अनेक दुःख गरेर कोकाहाको पानी ल्याएँ । दुनियाँले बधाइ दिए तर धरानका दलहरू मिलेर मलाई मुद्दा लाए । यो कुरा जनताले आफ्नो करङमा लेखेर राख्नू’, साम्पाङले लेखेका छन् ।उनको पोस्टमा प्रतिक्रिया जनाउँदै बालेनले लेखेका छन्, ‘केही फरक पर्दैन । कसैले केही भनेर, सोचेर, केही फरक पर्दैन । तपाईं यत

    • प्रकाशित मितिः असार ११, २०८०
    • १७३ पटक पढिएको
  • इटहरी उपमहानगरले इटहरीमा दुई वटा आकाशेपुल बनाउने

    इटहरी । इटहरी उपमहानगरपालिकाले इटहरी चोकमा दुई वटा आकाशे पुल निर्माण गर्ने भएको छ । लामो समयदेखि चर्चामा रहेपनि बन्न नसकेको आकाशेपुल आगामी आर्थिक वर्षमा बनाउने भएको हो ।उपमेयर संगीता कुमारी चौधरीले१३ औं नगर सभामा प्रस्तुत गरेको बजेट भाषणमा आकाशेपुलको योजना समेटिएको हो ।

    • प्रकाशित मितिः असार ११, २०८०
    • १४० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल