All Posts By इटहरी खबर संवाददाता

    Showing २,६०१-२,६१० of ३,०८७ items.
  • सुन्दरहरैँचामा पुल मुनि भेटियो बुलेट मोटरसाइकल र आचार्यको शव

    इटहरी ।  सुन्दरहरैँचा नगरपालिकाÞ–५ बाँसबारीमा रहेको पुल मुनि एउटा बुलेट मोटरसाइकल र शव फेला परेको छ ।प्रहरीले पुल मुनि प्र १–०२–०५० प ८०८४ नम्बरको बुलेट मोटरसाइकल र एउटा शव फेला पारेको हो । मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना भएको प्रहरी अनुमान छ । मोटरसाइकल नजिकै रहेको शव सुन्दरहरैँचा–५ का अन्दाजी ४५ वर्षीय शिवनाथ आचार्यको रहेको बताइएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।आज बिहान साढे ५ बजेतिर स्थानीयले मोटरसाइकलसहित नालीमा खसेको देखेपछि प्रहरीमा खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार ८, २०८०
    • ३०१ पटक पढिएको
  • तोलामा ७०० रुपैयाँले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

    काठमाडौँ । आज (शुक्रबार) सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  (शुक्रबार)  छापावाला सुनको मूल्य  तोलामा ७०० रुपैयाँ घटेर  प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।यस्तै, आज तेजावी सुनको मूल्य समेत  तोलामा ७ सय रुपैयाँले नै घट्दै १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज पनि तोलामा २५ रुपैयाँले घट्दै १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

    • प्रकाशित मितिः असार ८, २०८०
    • १३३ पटक पढिएको
  • गोरखाको मनकामनामा विवाहको जीप दुर्घटना : पाँचजनाको मृत्यु, १२ जना घाइते

    गोरखा । गोरखाको मनकामनामा शुक्रबार बिहान जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।दुलहा दुलहीसहित कोटगाउँबाट १९ जना जन्ती बोकेर पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नंबरको बोलेरो जीप सहिद लखन गाउँपालिका ३ सिलिङमा शुक्रबार बिहान तीनबजे दुर्घटना भएको प्रहरीले जनाएको छ । सडकबाट करिब दुईसय मिटर तल खसेर जीप दुर्घटना भएको डिएसपी लीलाराज लामिछानेले जानकारी दिए आफू भर्खर घटनास्थल पुगेको र मृतक तथा घाइतेहरुको पहिचान नखुलिसकेको उनले जानकारी दिए ।

    • प्रकाशित मितिः असार ८, २०८०
    • १११ पटक पढिएको
  • लमजुङको भलायखर्क केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प

    लमजुङ । लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङ जिल्लाको राइनास नगरपालिकास्थित भलायखर्क आसपास केन्द्रविन्दु भएर आज बिहान ५ बजेर ५५ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको हो ।भूकम्पको धक्का लमजुङ, तनहुँ र गोरखा जिल्लामा महसुस गरिएको थियो । यसअघि गत असार ५ गते बिहान दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

    • प्रकाशित मितिः असार ८, २०८०
    • ८० पटक पढिएको
  • इटहरीमा उत्पादन हुने जारको पानीमा मरेको किरा र भातको सिता फेला

    इटहरी ।  इटहरीमा उत्पादन हुने पानीको जारमा मरेको किरा र भातको सिता भेटिएको छ । हिमधारा कम्पनीको जारको पानीमा मरेको किरा र भातको सिता भेटिएको हो ।धनकुटा नगरपालिकास्थित सञ्चयकोषको कार्यालयमा राखिएको जारको पानीमा किरा र भातको सिता फेला परेको छ । इटहरी–१० स्थित हिमधारा कम्पनीले उत्पादन गरेको उपहार नामक जारको पानीको ‘सिलप्याक’ भाँडोभित्र पखेटासहितको मरेको किरा र भातको सिता फेला परेको बताइएको छ । धनकुटाको हुलाकटोलस्थित सनोज किराना पसलबाट सञ्चयकोषका कर्मचारीले आइतबार खरिद गरी लगेको चार वटा जार मध्येको एउटा जारको पानीमा अखाद्य बस्तु फेला परेको हो ।जसमध्ये एउटा सिलप्याक भाँडोभित्र प्रस्टै देख

    • प्रकाशित मितिः असार ८, २०८०
    • १५३ पटक पढिएको
  • सातवटै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन सरकारको आग्रह

    काठमाडौं । देशको पूर्वी तथा मध्य भू–भागमा हाल मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक९दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका अधिकां

    • प्रकाशित मितिः असार ८, २०८०
    • ८९ पटक पढिएको
  • सप्तकोशीमा पानीको बहाव बढेपछि जेटबोट बन्द

    सुनसरी। सप्तकोशीमा पानीको बहाव बढेपछि उदयपुर र सुनसरीको सीमास्थित सप्तकोशीमा सञ्चालित जेटबोट बन्द भएको छ । उदयपुरको बेलका नगरपालिका–८ र सुनसरीको बराहासीमास्थित सप्तकोशीमा १३ वटा जेटबोर्ड सञ्चालनमा थिए ।वर्षासँगै कोशीमा पानीको बहाव उच्च भएपछि वर्षाभरका लागि जेटबोट बन्द गरिएको कोशी एडभेन्चरका सञ्चालक समितिले जनाएको छ । पानीको बहाव घटेसँगै आगामी असोज महिनादेखि फेरि बोट सञ्चालनमा आउने पनि जानकारी दिइएको छ । बोटले उदयपुर, सुनसरी, भोजपुर र धनकुटा लगायतका स्थानहरूमा यात्रु ओसारपसार गर्दै आएको थियो । 

    • प्रकाशित मितिः असार ८, २०८०
    • ९३ पटक पढिएको
  • श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने इटहरीका चौधरी मण्डपबाटै पक्राउ

    झापा । श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एक जनालाई प्रहरीले झापाको गौरादहबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी, इटहरी–१९ का साजन चौधरी रहेका छन् ।  गौरादह–२ झापाकी एक युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरी पुगेको थियो । श्रीमतीको उजुरीका आधारमा चौधरीलाई विवाह मण्डपबाट नै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः असार ८, २०८०
    • १७७ पटक पढिएको
  • मोरङको रंगेलीमा टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु

    विराटनगर । मोरङको रंगेली नगरपालिका–९ फर्साडाँगीमा टिपरको ठक्करबाट घाइते भएकी वृद्धाको मृत्यु भएको छ । मृत्यु हुर्नेमा रंगेली–९ की ७० वर्षीया मुन्सी राजवंशी रहेकी छिन् ।  गिट्टी बोकेर भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ गइरहेको ना १ क ७२१८ नम्बरको टिपरले ठक्कर दिँदा  राजवंशी गम्भीर घाइते भएकी थिइन् ।  मोरङ ट्राफिक प्रहरीका अनुसार   टिपरको ठक्करबाट  गम्भीर घाइते भएकी राजवंशीलाई  विराटनगरको न्युरो अस्पतालबाट थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा बुधबार साँझ वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाटो काट्दै गर्दा टिपर

    • प्रकाशित मितिः असार ७, २०८०
    • १५४ पटक पढिएको
  • पाँचथरमा पोखरीमा डुबेर १९ वर्षीय किशोरको मृत्यु

    पाँचथर । पाँचथरको याङवरक–५ कुवापानीका १९ वर्षीय किशोरको पौडी खेल्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको  छ । ज्यान गुमाउनेमा स्थानीय धनबहादुर काम्बाङका छोरा सुमन काम्बाङ लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।बुधबार साथीहरुसँग याङवरक ५ कालापानी नजिकै बांगे पोखरी गएका काम्बाङको पौडिन नजान्दा डुबेर मृत्यु भएको हो ।उनी साथीहरुसँग पोखरीमा पौडी खेल्न गएका थिए । काम्बाङको शव बिहीबार बिहान पोस्टमार्गम गरी आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

    • प्रकाशित मितिः असार ७, २०८०
    • ११९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल