All Posts By इटहरी खबर संवाददाता

    Showing २,६४१-२,६५० of ३,०८७ items.
  • मौसम पूर्वानुमानः कोशीलगायत तीन प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा  रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • ८६ पटक पढिएको
  • बाँके र कपिलवस्तुबाट लागुऔषधसहित तीनजना पक्राउ

    काठमाडौं । बाँके र कपिलवस्तुबाट तीनजना लागुऔषधसहित पक्राउ परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका १४ बस्ने २० वर्षीय राम सिंह लोनियालाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्राम ५ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।विशेष  सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो नेपालगंज, ईलाका प्रहरी कार्यालय हिरमिनिया र प्रहरी चौकी तेलियनपुबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । कपिलवस्तु, बाणगंगा नगरपालिका ८ पुलचोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित २ जनालाई  दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ

    • प्रकाशित मितिः जेठ ३१, २०८०
    • ८९ पटक पढिएको
  • ५५ लाखको सुनसहित एक जना पक्राउ

     हेटौँडा । मकवानपुर प्रहरीले सुनसहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट आएको प्रदेश २–०३–००१ ख ०१५९ नम्बरको यात्रुवाहक बसमा सवार वीरगञ्ज महानगरपालिका –१६ का २२ वर्षीय किशन साहलाई प्रहरीले आज (बुधबार) बिहान रातोमाटे चेकपोष्टबाट सुनसहित पक्राउ गरेको हो ।साहलाई शङ्का लागि शरीर तथा झोला खानतलासी गर्दा निजले लगाएको जुत्ताको नोकभित्र तीन थान सुन फेला परेको थियो । साहलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरमा सार्वजनिक गरिएको छ ।मकवानपुरका प्रहरीले साहको साथबाट सुन जस्तो देखिने पहेँलो धातु ५६१।३० ग्राम फेला परेको जनाएको छ । ५४ लाख ४८ हजार ५४२ रुपियाँ मूल्य बराबरको सुनसहित पक्राउ परेका

    • प्रकाशित मितिः जेठ ३१, २०८०
    • ८३ पटक पढिएको
  • जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिका ११ भोटेवहाल शान्तिमार्ग बस्ने शेरबहादुर शेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा बाग्लुङ ढोरपाटन नगरपालिका १ घर भई सोही महानगरपालिका ११ डेरा गरी बस्ने ५२ वर्षीय दिनेश शेरचनसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६७ हजार रूपैयाँ,  १६ बुक तास, जुवा खेल्न प्रयोग भएको विभिन्न रङ्को कोईन १ सय १९ थान र जुवाको हिसाब राखेको कपीसहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

    • प्रकाशित मितिः जेठ ३०, २०८०
    • १०२ पटक पढिएको
  • नेपाल वायुसेवाको क्वालालम्पुर–भैरहवा नियमित उडान सुरु

    काठमाडौं । नेपाल एयरलाइन्स (नेपाल वायुसेवा)ले मलेसियाको क्वालालम्पुरबाट भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पहिलो उडान भरेको छ । एयरलाइन्सले क्वालालम्पुर–भैरहवाको नियमित उडान सुरु गरेको हो । ठूलो लगानी गरेर निर्माण भएको विमानस्थलमा उडान हुन नसक्दा ठूलो नोक्सानी भएको भन्दै सरकारको आलोचना भइरहेको बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय ध्वजाबाहाक नेपाल वायुसेवालाई भैरहवाबाट उडान भर्न लगाएको हो । भैरहवा विमानस्थल व्यवसायिक सञ्चालनमा आएको एक बर्ष भएको भइसकेको छ । नेपाल एयरलाइन्सको न्यारोबडी विमानले ९० जना यात्रु लिएर भैरहवामा अवतरण गरेको थियो । 

    • प्रकाशित मितिः जेठ ३०, २०८०
    • १२४ पटक पढिएको
  • प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट इटहरीका दाहालको मृत्यु

    सुनसरी । सुनसरीको इटहरी–१२ मा प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुर्नेमा इटहरी–११ का ६० वर्षीय भरत दाहाल रहेका छन् । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०२–०४९ प ०८३ नम्बरको मोटरसाइकलले सडक पार गर्दैगर्दा साइकलयात्रीलाई ठक्कर दिएको थियो।दुर्घटनामा परेर घाइते भएका साइकलयात्री  दाहालको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार दिउँसो मोटरसाइकलले ठक्कर दिँदा दाहाल गम्भीर घाइते भएका थिए। प्रहरीले मोटरसाइकल चालक सुनसरीको रामधुनी–७ का २२ वर्षीय विशान सुन्दासलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरे

    • प्रकाशित मितिः जेठ ३०, २०८०
    • १४८ पटक पढिएको
  • तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौँ । आज (मंगलबार) सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३०० र चाँदीको मूल्य ५ रुपैयाँ प्रतितोलाले बढेको हो ।यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको  छ । यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १४ सय ५० रुपैयाँ पुगेको छ । हिजो यसको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ तोकिएको थियो ।

    • प्रकाशित मितिः जेठ ३०, २०८०
    • १५४ पटक पढिएको
  • बालबिबाह गरेको अभियोगमा धनकुटामा बिबाह मण्डपबाटै बेहुलाबेहुली नियन्त्रण

    धनकुटा । बालबिबाहको अभियोगमा धनकुटामा प्रहरीले एक जोडीलाई विवाह मण्डपबाटै नियन्त्रणमा लिएको छ ।धनकुटा नगरपालिका–४ देब्रेबासस्थित बेहुलाका घरबाट १९ वर्षीय बेहुला नरेश मङराती र १५ वर्षीया बेहुली सफला खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै, पक्राउ पर्नेमा बेहुलाका बाबु कृष्ण पनि रहेको प्रहरीले जनाएको छ ।गत वैशाख १ गते नरेश र सफताले भागेर बिबाह गरेको बताइएको छ । धनकुटा प्रहरीले केटाकेटीको उमेर २० वर्षभन्दा कम भएकाले कानुन बमोजिम प्रक्रिया अघि बढाइने जानकारी दिएको छ । 

    • प्रकाशित मितिः जेठ ३०, २०८०
    • १५१ पटक पढिएको
  • यस्तो छ फिल्म ‘अन्तिम संस्कार’ को नयाँ गीत

    काठमाडौँ । प्रदीप शाही निर्देशित फिल्म ‘अन्तिम संस्कार’ को ओएसटी गीत ‘अल्झिन्छ सम्झना, बिर्सन्छु भने नि बिर्सन्न’ सार्वजनिक गरिएको छ । सार्वजनिक ओएसटी गीतमा स्वप्निल शर्माको शब्द, संगीत तथा स्वर छ । गीत भिडियोमा फिल्मका केही दृश्यहरु पनि समावेश गरिएको छ । असार ८ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा अभिनेता विजय लामाले न्युड सिन दिएको चर्चा छ ।साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको फिल्ममा भाइराजा थापा, राजुकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रविन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको फिल्मले सामाजिक एवं सांस्कृ

    • प्रकाशित मितिः जेठ ३०, २०८०
    • १५३ पटक पढिएको
  • एसीसी महिला टी–ट्वान्टी एसिया कप :पाकिस्तानसँग नेपाल ९ रनले पराजित

    काठमाडौँ । हङकङमा जारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान एले नेपाललाई ९ रनले पराजित गरेको छ । पाकिस्तानले प्रस्तुत गरेको ८८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ७८ रन मात्र बनाउन सकेको हो ।नेपालका लागि कविता कुँवरले सर्वाधिक २० तथा कविता जोशीले १५ रनको योगदान दिइन् । ज्योति पाण्डे ९ रन बनाएर नटआउट रहिन् ।नेपालले टस जितेर पहिला बलिङ गर्दै पाकिस्तानलाई १९.२ ओभरमा ८७ रनमा समेट्न सफल भएको थियो । हङकङको मङकक क्रिकेट मैदानमा भएको खेलमा पाकिस्तानकी सवाल जुल्फिकरले सर्वाधिक २८ रन बताइन् भने कप्तान फातिमा सानाले १६ रन बताइन् । नेपालका लागि इन्दु वर्माले ३ तथा कविता

    • प्रकाशित मितिः जेठ ३०, २०८०
    • १५६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल