All Posts By इटहरी खबर संवाददाता

    Showing २,७३१-२,७४० of ३,०८७ items.
  • केपी ओली आज जनकपुर जाँदै

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली  जनकपुर जाँदैछन्। विभिन्न पार्टी परित्याग गरि एमाले पार्टी प्रवेश कार्यक्रमका लागि ओली जनकपुर जान लागेको एमाले सचिव रघुवीर महासेठले जानकारी दिइन्। ओली बिहान ११ बजे जनकपुर पुग्ने ओलीको सचिवालयले जनाएको छ। नेपाली कांग्रेसका नेता सन्तोषकुमार यादव र पूर्वमन्त्री अरविन्द साहसहित कम्तिमा ५ हजार जना एमाले प्रवेश गर्न लागेको स्थानीय नेता शम्भु साह बताउँछन्।पार्टी प्रवेशपछि आयोजना हुने जनसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

    • प्रकाशित मितिः भदौ २७, २०७९
    • ८४ पटक पढिएको
  • ट्युनिसियाको तटमा डुंगा डुब्दा ११ जनाको मृत्यु

    काठमाडौं । ट्युनिसियाको तटमा डुंगा दुर्घटना हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने १२ जना अझै बेपत्ता भएका छन् । ट्युनिसियाको तटरक्षकले ३७ आप्रवासीलाई इटालीतर्फ लैजाँदै गरेको डुंगा मंगलबार डुबेपछि १४ जनाको उद्धार गरेको छ । शनिबार राति थप पाँच शव फेला परेपछि मृतकको संख्या ११ पुगेको सरकारी सञ्चार माध्यमा टीएपीले जनाएको छ । आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आइओएमका अनुसार भूमध्यसागर पार गर्ने क्रममा यस वर्ष एक हजारभन्दा बढी आप्रावासीको मृत्यु भएको छ ।  ट्युनिसियाली डुंगा स्फ्याक्स क्षेत्रबाट प्रस्थान गरेको थियो । डुंगा महदिया नजिकैको तटबाट करिब ४० माइल अगाडि डुबेको थियो । विभ

    • प्रकाशित मितिः भदौ २७, २०७९
    • १६९ पटक पढिएको
  • २०७९ भाद्र २७ गते सोमबारको राशिफल

    मेष । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । कष्टकर यात्रा गर्नुपर्ला । भ्रमण, तथा खानपान खर्च बढ्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । वृष । आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट सहयोग मिल्नेछ । मिथुन । आज आँटेको र ताकेको कार्य पुरा होला । खानपिन कार्यमा सरिक भइनेछ । दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाट पनि हुनेछ । कर्कट । आज परोपकार काम गर्नुमा नै भलो हुनेछ । घरपरिवारमा रमाइलो वातावरण छाउनेछ, तर विश्वासपात्रलाई वचन दिँदा संयमता अपनाउनुहोला । सिंह । आज राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ, अतः काम गर्दा

    • प्रकाशित मितिः भदौ २७, २०७९
    • १३८ पटक पढिएको
  • धरानमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

    इटहरी । धरानमा एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।  कोराना विरुद्धको दुवै डोज खोप लगाएका धरान–१२ का ६८ वर्षीय पुरुषको उपचारका क्रममा बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा आइतबार निधन भएको हो ।   संक्रमणबाट सिकिस्त बिरामी परेका पुरुषलाई शनिबार उपचारका लागि भर्ना गरिएको थियो। शुक्रबार कोरोना संक्रमण पुष्टि भएका ती पुरुष मुटु मिर्गौलासम्बन्धी दीर्घरोगी भएको प्रतिष्ठानका प्रवक्ता डा. चुरामणि पोखरेलले बताए। शव व्यवस्थापनको पहल भइरहेको पनि उनले जानकारी दिएका छन्। 

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • ११४ पटक पढिएको
  • एक किलो सुनसहित दुई जना पक्राउ

    काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ महाराजगन्ज शंखपार्कस्थित सडकबाट एक किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धादिङ रुबीभ्याली गाउँपालिका–३ घर भई हाल काठमाडौँ टोखा बस्ने ३० वर्षीय तोकमान तामाङ लगायत छन् । उनीहरूलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।  विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो ।घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • १०० पटक पढिएको
  • करेन्ट लगाएर माछा मार्ने क्रममा झापामा तीन जनाको मृत्यु

    झापा । झापाका छुट्टाछुट्टै तीन स्थानमा करेन्ट लगाएर माछा मार्ने क्रममा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिबार अपराह्न याङबरक गाउँपालिका ६ पाँचथर घर भई बुद्धशान्ति २ स्थित आफन्तको घरमा बस्दै आएका ३२ वर्षीय कमल बराइली बुद्धशान्ति गाउँपालिका ३ स्थित रहेको कुलोको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागि घाइते भएका थिए । घाइते रसाइलीको स्थानीय सिटी अस्पताल बुधबारेमा सामान्य उपचारपश्चात थप उपचारका लागि बीएनसी अस्पताल बिर्तामोड लगिएकोमा उनको अस्पताल पुर्‍याउनासाथ मृत्यु भएको हो । यसैगरी हल्दीबारी गाउँपालिका ५ का ६१ वर्षीय ओमबहादुर थाम्सुहाङ भुते

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • ८१ पटक पढिएको
  • पपुवा न्युगिनीमा शक्तिशाली भूकम्प

    काठमाडौं । पपुवा न्युगिनीमा आइतबार बिहान ७‍.६ रेक्टर स्केलको भूकम्प गएको छ। भूकमपका कारण भएको धनजनको क्षतिको आधिकारिक विवरण भने आएको छैन। तर स्थानीयले समाजिक सञ्जालमा राखेका तस्बिरमा भने घर भत्किएको र बाटो चर्किएको देख्न सकिन्छ।भूकम्प केन्द्रबिन्दु ६.३० डिग्री दक्षिण अक्षांश र १४६.५५ डिग्री पूर्वी देशान्तरमा ७० किलोमिटरको गहिराइमा रहेको जनाइएको छ । 

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • १४७ पटक पढिएको
  • दार्चुला बाढीपहिरोमा बेपत्ता १० जनाको खोजीकार्य जारी

    काठमाडौं । शुक्रबार रातिदेखिको अविरल वर्षा र बाढीपहिरोका कारण बेपत्ता भएका महाकाली नगरपालिकाका दश जना अझै भेटिएका छैनन् । महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो मात्रामा जनधनको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीपहिरामा परेर अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ भने दश जना बेपत्ता छन् ।  महाकाली–३ का धनसिंह कार्की, दिपक कार्की, दिनेश कार्की, महाकाली–४ का सरस्वती लुहार, मोहन लुहार, महाकाली–२ का मानमति शाहु, महाकाली–१ का मञ्जु लुहार, दिनेश लुहार, साजन लुहार र दलजीत लुहार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत गाहामगरले बताए। महाकाली नदीमा प

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • ८५ पटक पढिएको
  • वीरगन्जमा करेन्ट लागेर एक युवकको मृत्यु

    वीरगन्ज । वीरगन्जमा आइतबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका ६ लखनपुरका २७ वर्षीय इसराइल मियाँ रहेका छन् । प्रहरीका अनुसाार, वीरगन्ज महानगरपालिका १३ राधेमाइका फुल महम्मद अन्सारीको घरमा चापाकल जडान गर्ने क्रममा आइतबार बिहान ७ बजे तिर करेन्ट लागेर मियाँको मृत्यु भएको हो ।करेन्ट लागेर गम्भीर घाइते भएका मियाँलाई प्रहरीले तत्कालै उद्धार गरी तराई हस्पिटलमा पुर्‍याउने वित्तिकै चिकित्सकले मृत घोषित गरेको जनाइएको छ ।

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • ८९ पटक पढिएको
  • एएफसी यू–२० च्याम्पियनसिप छनोटमा नेपाल भूटानसँग पराजित

    काठमाडौं । एएफसी यू–२० च्याम्पियनसिप २०२३ छनोट अन्तर्गतको खेलमा नेपाल भूटानसँग २–० गोलले पराजित भएको छ ।समूहको पहिलो खेलमै नेपाल भूटानसँग पराजित हुन पुगेको हो ।शनिबार राति बहराइनको खलिफा स्पोर्ट्स रंगशालामा भएको खेलमा पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा पनि एक गोल गर्न सफल भएको थियो ।भूटानका लागि खेलको ३३ औं मिनेटमा सोनाम चोजाङले गोल गरेका थिए । त्यस्तै दोस्रो हाफको सुरुवातमै भूटानले अर्को गोल गर्दै अग्रतालाई दोब्बर बनाएको थियो ।कर्मा टासी जाम्सोले भूटानका लागि अर्को गोल गरेका थिए । खेलको अन्त्यतिर नेपालका खेलाडीले रातो कार्ड खाँदै १० जनामा सिमित भएको थियो ।खेल अवधिभर नेपालले भूटानब

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • १२१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल