इटहरी । सुनसरी करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको दुहबी नगरपालिका–८ का ५० बर्षीय दिपक मगर भनिने चन्द्र थापामगर रहेका छन् । उनी आफ्नै घरको छत सफा गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका थिए । घाइते मगरलाई उपचारको लागी टिचिङ अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
दाङ । टिकटक बनाउँने क्रममा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–७ का नवीन केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । शनिबार बिदाको दिन साथीहरूसँग घुम्न दाङ–सल्यानको सीमा क्षेत्रमा पर्ने राम्री पुगेर फर्कने क्रममा तुलसीपुर–७ का ३४ वर्षीय केसीको तुलसीपुर–३ साततलेमा टिकटक बनाउने क्रममा भीरबाट तल खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते अवस्थामा उद्धार गरेर राप्ति प्रादेशिक अस्पताल पुर्याइएका उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
इटहरी । इटहरीको मुख्य चोकमा सार्वजनिक शौचालय बन्ने भएको छ । इटहरी वीरेन्द्र चोकस्थित रेयुकाई चौतारी, पूर्व टेङ्ग्रा खोला, पश्चिम खेतीखोला आसपासका क्षेत्रमा जम्मा ४० लाखको लागतमा शौचालय बन्ने इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए । इटहरी वीरेन्द्र चोकस्थित रेयुकाई चौतारीमा आज एक कार्यक्रमका बिच इटहरी नगर प्रमुख हेमकर्ण पौडेल, उप–प्रमुख सङ्गीता चौधरी र इटहरी वडा नं.६ का अध्यक्ष दिवस पोखरेलले शौचालयको शिलान्यास गरेका हुन् ।साथै इटहरी पश्चिम लाइनस्थित विशालबजार भित्र रहेको व्यक्तिगत शौचालयलाई केही दिन भित्र सर्वसाधारणहरूको प्रयोगका लागी ल्याइने नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।
काठमाडौं । दाङको तुलसीपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन्। घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको ना ४ ख ५१३१ नम्बरको बस अपराह्न ४ बजेतिर तुलसीपुर ६ हात्तीखौवामा दुर्घटना पर्दा ११ जना मध्यम घाइते र ७ जना सामान्य घाइते भएका छन्। घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१८ की २६ वर्षीया हुमकुमारी बुढामगर, तुलसीपुर–१२ की ५२ वर्षीया दिला केसी, तुलसीपुर–१९ की २८ वर्षीया धना घर्ती, सोही स्थानकी ६९ वर्षीया ओडेना घर्ती, तुलसीपुर–१४ की प्रतिज्ञा बस्नेत, तुलसीपुर ११ की २८ वर्षीया कल्पना केसी, महोतरीका दिवेसकुमार यादव, बर्दिया बाँसगडी निवासी, २३ वर्षीय सुनील थारू, तुलसीपुर १७ का २५ व
धनगढी । कञ्चनपुरमा चट्याङ लागेर एक दम्पतीको मृत्यु भएको छ।आइतबार साँझ ५ बजे कृष्णपुर नगरपालिका–७ का दीपक राना र उनकी श्रीमती मन्तोरा रानाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू माछा मारेर फर्किँदै थिए। सोहीक्रममा एक्कासी पानी परेपछि मोटरसाइकल रोकेर रूखको ओत लागेका थिए। रूखमा परेको चट्याङ उनीहरूलाई लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौं । आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुन र चाँदीकै मूल्य बढेको जनाएको हो । जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार १०० रुपैयाँ रहेको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ५०० रुपैयाँ थियो । पछिल्लो समय निरन्तर घट्न लागेको सुनचाँदीको मूल्य आज भने बढेको हो । भदौ महिनाको पहिलो साता तोलामा ९६ हजार २०० रुपैयाँ रहेको सुनको मूल्य त्यसयता निरन्तर घटिरहेको छ । त्यसयता आजसम्ममा सुनको मूल्य प्रतितोला २ हजार ६०० रुपैयाँ घट
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादललाई मातृशोक परेको छ। बादलकी आमा नन्द कुमारी थापाको आइतबार चितवन क्षेत्रपुरस्थित निवासमा निधन भएको हो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थापाको निधनको खबरले आफूलाई दुखित बनाएको उल्लेख गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन्। पूर्व माओवादी नेता बादल नेकपा विभाजनसँगै माओवादी छाडेर एमालेमा बसेका थिए।
जनकपुरधाम । उम्मेदवार सिफारिसको विषयमा विवाद हुँदा धनुषा क्षेत्र नम्बर २ का कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षबीच झडप भएपछि उम्मेदवार सिफारिस रोकिएको छ ।उम्मेदवार सिफारिसबारे छलफल गर्न शनिबार नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठक बसेको थियो । पौडेल पक्षका नेता रामकृष्ण यादवले देउवा पक्षका मुक्ता यादवको नाम प्रत्यक्षतर्फ सिफारिस गर्न नचाहेको भन्ने विषयमा विवाद भएको थियो । विवाद बढ्दै गएपछि दुबै पक्षका कार्यकर्ताहरुबीच झडप भएको धनुषा कांग्रेसका एक नेताले बताए । सामाजिक सन्जालमा सेयर गरिएको झडपको एक भिडियोमा कार्यकर्ताहरुले एकअर्कामाथि लाठी, छात
काठमाडौँ । पोखराबाट मुस्ताङका लागि उडेको समिट एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि आपतकालीन अवतरण गरिएको छ ।आज बिहान ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको जहाजको इन्जिनमा प्राविधिक समस्या देखिएपछि केही मिनेटमै पुनः पोखरा विमानस्थलमै अवतरण गरिएको हो। जहाजमा १८ यात्रु थिए भने चालक दलका चार जना थिए। सबैको सकुशल अवतरण भएको जनाइएको छ ।
काठमाडौं । परीक्षाको उत्तरपुस्तिकामा नाम, रोलनम्बर र सम्पर्क नम्बर राखेर परीक्षकलाई प्रभावित पार्न खोज्ने २१ जना परीक्षार्थीलाई कर्णाली प्रदेश लोक सेवा आयोगले कारबाही गरेको छ । शनीबार एक विज्ञप्ति निकाल्दै आयोगले गत जेठ २१ गते लिएको परीक्षाको उत्तर पुस्तिकामा परीक्षार्थीले आफ्नो मोबाइल नम्बर, भित्रि पृष्टमा नाम रोल नम्बर लेखेको आयोगले जनाएको छ । आयोगको लिखित परीक्षा नतिजा शाखाले विज्ञापन नम्वर ५०३९५०६/०७८९७९ इन्जिनियरिङ सेवा, सिभिल समूह, एकीकृत उपसमूह सहायकस्तर पाँचौं तह र सवइन्जिनियर पदको लागि ०७९ जेठ २१ गते परीक्षा सञ्चालन गरेको थियो । सो परीक्षामा रोल नम्बर ३३९० सोरु ग