उदयपुर । उदयपुरको बेलका नगरपालिका ७ दिलुङटारमा राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको छ । स्थानीय वालिङ खोलामा बस्नेत परिवारका तीन जनाकै हत्या भएको इलाका प्रहरी कार्यलय रामपुरका प्रहरी निरीक्षक सुवास खनालले बताए ।उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार हत्यामा संलग्न भएको आशंकामा एक जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा नरबहादुर बस्नेत छन् । उनी नाताभित्रै पर्ने व्यक्ति हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा सबैलाई खुकुरी हानिएको हुनसक्ने देखिएको प्रहरीको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ। गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षाको राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार यस वर्ष परीक्षामा ४८ प्रतिशत परीक्षार्थी सफल भएका छन्। ५२ प्रतिशत परीक्षार्थीको नतिजा एनजी (नन ग्रेडिङ) आएको छ। प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी उल्लेख हुनेछ। बोर्डले यस्तो व्यवस्था पहिलोपटक लागू गरेको हो। यसवर्ष नियमित तर्फ १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन्। एनजी उल्लेख हुने विद्यार्थीले उच्च शिक्षामा भर्ना हुन पाउँदैनन्। द
काठमाडौँ । साफ यू १७ च्याम्पियनसिपका लागि नेपाली फुटबल टोली शुक्रबार श्रीलंका प्रस्थान गरेको छ। च्याम्पियनसिपका लागि नेपाली टोली आज दिउँसो १ बजे त्यसतर्फ प्रस्थान गरेको हो। नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार बिदाई गरेको थियो। च्याम्पियसिपका लागि मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बुधबार २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका थिए। साफ यू–१७ च्याम्पियनसिप भदौ २० देखि २९ गतेसम्म श्रीलंकामा हुँदैछ। नेपाल रहेको समूह बी मा भारत र भुटान छन्। समूह ए मा आयोजक श्रीलंकासँगै मालदिभ्स र बंगलादेश छन्। नेपालले भदौ २२ मा भुटानसँग खेल्दै च्याम्पियसिपको सुरुवा
विराटनगर । प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि नेपाली कांंग्रेस मोरङ क्षेत्र नम्बर २ बाट वर्तमान सांसद डा. मिनेन्द्र रिजाल र केन्द्रीय सदस्य सुजता कोइरालाको नाम सिफारिस गरिएको छ । सर्वसम्मत नभएपछि दुई जना आकांक्षीको नाम सिफारिस गरिएको बताइएको छ । रिजाल २०७४ सालको निर्वाचनमा बाम गठबन्धन उम्मेदवार ऋषिकेश पोखरेललाई पराजित गर्दै संसद निर्वाचित भएका थिए ।सुजता कोइराला भने बुबा गिरिजाप्रसाद कोइरालाले चुनाव लडेको क्षेत्रबाट आफू उम्मेदवार बन्ने बताउँदै आएकी छन् ।
काठमाडौं । पोखरा–१४ मा घरायसी विवादका कारण श्रीमानले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेका छन्।विवादका कारण शुक्रबार बिहान स्थानीय लोकबहादुर गुरूङले उनकी श्रीमती विमला गुरूङलाई खुकुरी प्रहार गरेर हत्या गरेको कास्की प्रहरीले जनाएको छ ।उनका अनुसार श्रीमतीको हत्यापश्चात् श्रीमान लोकबहादुरले आफ्नो पेटमा पनि खुकरी हानेका थिए।लोकबहादुरको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको बताइएको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । आज शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुनको मुल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको हो ।महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार १०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
काठमाडौं । सिरहाको गोलबजारमा करेन्ट लागेर बाबु छोराको मृत्यु भएको छ । पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर जिल्लाको गोलबजार नपा ६ ग्रामिण बजारका ४२ वर्षीय विजय साह र उनका छोरा १९ वर्षीय अमनको मृत्यु भएको हो । इनारभित्र राखेको पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेका बुबालाई छुटाउन गएका छोरालाई पनि करेन्ट लागेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्पेक्टर राजु केसीले जानकारी दिए।करेन्ट लागर घाइते दुवैजनालाई तत्काल उपचारको लागि स्थानीय भुमिजा अस्पताल पुर्याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लगि प्रदेशिक अस्पताल लहान लाने क्रममा बाटोमै मृत
काठमाडौं । नेपालले आज (शुक्रबार) केन्यासँग पहिलो एकदिवसीय क्रिकेट खेल्दैछ। नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा घरेलु टोलीको केन्याको सामना गर्न लागेको हो। नेपाल र केन्याबीचको खेल दिउँसो १२ः४५ बजे सुरु हुनेछ।केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिजमा सुखद सुरुआतको योजनामा हुनेछ । नेपाल एकदिवसीय सिरिज समेत आफ्नो बनाउन चाहन्छ । नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले रोहित पौडेलको कप्तानीमा खेल्नेछ । नियमित टोलीका कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा उपकप्तान रहेका पौडेलले नेपालक
धरान । धरान उपमहानगरपालिकामा अब अनलाइनबाटै नक्सा पास गर्न सकिने भएको छ।कागतजात बिहिन उपमहानगरको अवधारणा अनुसार इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईभीपिएस) कार्यान्वयनमा ल्याएसँगै अनलाइनबाटै नक्सा पास सुरू गरिएको उपमहानगरपालिकाले जनाएको छ । ईभीपिएस सफ्टवेयर प्रयोग गरि सेवाग्राहीले आफ्नो निवेदन र इन्जिनियरले बनाएको घर नक्साको डिजाइन अनलाइनमार्फत नक्सा शाखामा पठाउन सक्नेछन्। यसपछि उपमहानगरले अनलाइनबाटै निवेदन स्वीकृत गर्नेछ।पहिलो पटक डिजिटल घर नक्सा प्रमाणपत्र धरान ११ निवासी देवराज पोख्रेललाई वितरण गर्दै नगर उपप्रमुख अइन्द्र विक्रम बेघाले छिटो-छरितो सेवा प्रवाहको साथै नगरबासीको सहजता र भवन न
काठमाडौं । नेपाल राष्ट्र बैंकमा ४३ जनाका लागि जागिर खुलेको छ । राष्ट्र बैंकले सहायक निर्देशक प्राविधिक र प्रशासनतर्फ तथा सहायक पदमा रिक्त पदपूर्तिका लागि जागिर खुलाएको हो । योग्यता पुगेका नेपाली नागरिकले आज (भदौ १७ गते) देखि असोज १६ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।