झापा । झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको नाम सर्वसम्मत सिफारिस भएको छ । बिहीबार बिहान बसेको क्षेत्र नम्बर १ को बैठकले शर्माको नाम सर्वसम्मत सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले बताए । शर्मा यसअघि झापा क्षेत्र नम्बर १ बाटै २०७० र २०७४ मा पनि प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धी थिए । शर्माको प्रतिनिधिसभामा यसपालि उम्मेदवार भए भने यो तेस्रो पटकको उम्मेदवारी हुनेछ । यसअघि २०७४ सालमा झिनो मतले शर्मा माओवादीका नेता राम कार्की पार्थसँग पराजित भएका थिए । त्यतिबेला कांग्रेस एक्लै निर्वाचनको प्रतिस्पर
काठमाडौं । ‘प्रेमगीत ३’ को हिन्दी ट्रेलर सार्वजनिक भएको छ । हिन्दी भाषामा सार्वजनिक गरिएको ट्रेलरमा राजयुग र प्रेमयुगबीचको लडाइँलाई प्रस्तुत गरिएको छ । यसअघि टिजर दुवै भाषामा सार्वजनिक गरिएको थियो । चलचित्रमा अभिनेता प्रदीप खड्का र नवअभिनेत्री क्रिस्टिना गुरुङलाई मुख्य पात्रका रूपमा देख्न सकिन्छ ।सार्वजनिक ट्रेलरबाट चलचित्रको कथावस्तुलाई केही हदसम्म देखाउन खोजिएको छ । छोराको भूमिकामा प्रदीप खड्का र मनिष राउत देखिएका छन् भने शिव श्रेष्ठले राजाको भूमिका निर्वाह गरेका छन् । ट्रेलरमा यसअघि सार्वजनिक भएका २ टिजरका अधिकांश दृश्य समावेश गरिएको छ ।राजेश श्रेष्ठले छायांकन गरेको चलचित्रमा सुनिल थाप
काठमाडौ । आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको हो। योसँगै सुनको प्रतितोलाको मूल्य ९३ हजार रुपैंया कायम भएको छ । आज तेजाबी सुनको मूल्य ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर १ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
विराटनगर । साइकलबाट लडेर विराटनगरमा एक जनाको मृत्यु भएको छ । विराटनगर–१८ पेट्रोल पम्पनजिकको भित्री सडकखण्डमा बुधबार राति साइकलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा निर्माणाधीन कल्भर्टमा लडेर जहदा गाउँपालिका–१ का ४६ वर्षीय दीपचन शर्माको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राति ८ बजेतिर लडेर घाइते भएका शर्मालाई उपचारका लागि कोसी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । निर्माणाधीन कल्भर्टमा रातको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ ।
काठमाडौं । गएरातिदेखि नै तराईका जिल्लामा पानी परिरहेको छ । मनसुनको न्यून(चापीय प्रणाली तराई नजिक रहेकाले त्यस क्षेत्रमा लगातार पानी परिरहेको मौसमविद्ले बताएका छन् ।मौसमविद् वरुण पौडेलका अनुसार आज दिनभरि नै तराईका जिल्लामा झरी पर्ने सम्भावना छ । उनका अनुसार तराईका सबैजसो क्षेत्रमा पानी परिरहेको छ । केही ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी र डुबानको जोखिम उच्च छ । यस्तै, आज पहाडी क्षेत्रमा पनि वर्षाको सम्भावना छ । तर, पहाडी क्षेत्रमा लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद् पौडेले बताउँछन् ।उनका अनुसार मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा ठूलो वर्षा
मेष । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । भोलि कतै घुम्न जाने योजना पनि बन्न सक्छ । वृष । मित्र वा आफन्तबाट सहयोग मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भोलि कतै घुम्न जाने योजना पनि बन्न सक्छ । मिथुन । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । न्यायिक कार्यमा सफलता मिल्ने र बौद्धिकताको विकास हुनेछ । कर्कट । दौडधुप गर्नु परेपनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । मित्रबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक काममा बढी सफलता मिल्ला । सिंह । आज आकस्मिक लाभ प्राप्त हुने सम्भावना छ
काठमाडौं । बुद्धनगरको एक निर्माणधीन घरको छैठौं तलाबाट खसेर १४ वर्षका किशोर किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा १४ वर्षीय अनिकेत रोष र १४ वर्षीया कृतिका जैसवाल रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरु पाठशाला स्कुलमा कक्षा ९ मा अध्ययनरत थिए । काठमाडौं महानगरपालिका १० स्थित निर्माणधीन घरबाट उनीहरुले एकसाथ हाम फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखएको छ।साँझ ५ः४४ बजे निर्माणधीन घरबाट हाम फालेका उनीहरुलाई तत्कालै सिभिल अस्पताल पुर्याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अनिकेत भारत विहार घर भई हाल पेप्सीकोला बस्दै आएका थिए भने कृतिका घट्टेकुलो
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) सिरहाले अध्यक्ष उपेन्द्र यादवको नाम दुई वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा उम्मेदवारका लागि सिफारिस गरेको छ ।जिल्लाको क्षेत्र नम्बर १ र २ बाट उनको नाम सिफारिस गरिएको जसपाका जिल्ला अध्यक्ष अशोक यादवले जानकारी दिए । दुवै क्षेत्रीय कमिटीको बुधबार बसेको बैठकले अध्यक्ष यादवको नाम उम्मेदवारमा सिफारिस गरेको छ । जिल्ला अध्यक्ष यादवका अनुसार क्षेत्रीय कमिटीको निर्णय जिल्ला कमिटीमा आइसकेको र यसबारे छलफल समेत सुरू भइसकेको छ ।यसअघि बारा क्षेत्र नम्बर २ कमिटीले पनि अध्यक्ष यादवको नाम सिफारिस गरिसकेको छ । अध्यक्ष यादव २०७४ सालको निर्वाचनमा सप्तरी क्षेत्र
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिरको निर्वाचनमा कम्तीमा १५० सिट जित्ने दाबी गरेका छन् । बुधबार कञ्चनपुरमा भएको पार्टी कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिक तर्फ गरेर १५० सिट एमालेले जित्ने दाबी गरेका हुन् । अध्यक्ष ओलीले एमालेले अरूका बलमा र अरूका पैसा छरेर नभई जनताले भोट खसालेर जित्ने समेत बताए । उनले गठबन्धनलाई दुष्टको संज्ञा दिँदै पराजित गर्नुपर्ने भएकाले नेता कार्यकर्तालाई चित्त नदुखाई अनुशासित भएर अघि बढ्न निर्देशन दिए ।
काठमाडौँ। पछिल्ला दुई दिन सामान्य बढेको सेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ। उतार चढावबीच बजार परिसूचक नेप्से २१.९७ अंकले घटेर १ हजार ९७३ मा आएर रोकिएको छ। सबै समूह राताम्मे रहँदा कारोबार पनि अर्ब हाराहारीमै सीमित रह्यो। जीवन बीमा समूहमा सबैभन्दा उच्च डेढ सय अंक हाराहारीको गिरावट आउँदा अरु पनि अधिकांश समूह दोहोरो अंकले झरे। आज नेपाल स्टक एक्सचेन्जमा २२४ कम्पनीको ३० लाख कित्ता बराबर सेयर १ अर्ब १३ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ। यस दिन १६८ कम्पनीको सेयर मूल्य घट्दा जम्मा १५ कम्पनीको बढेको पनि नेप्सेले जनाएको छ। आज हिमालयन पावर पार्टनरको सेयर सबैभन्दा धेरै झन्