All Posts By इटहरी खबर संवाददाता

    Showing २,८५१-२,८६० of ३,०८७ items.
  • हात्तीको आक्रमणबाट झापामा एक बृद्धको मृत्यु

    झापा । झापाको बाह्रदशी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रदशी–१ का ८० वर्षीय देवीबहादुर अधिकारी रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार बिहान १० बजे अधिकारीलाई हात्तीले आक्रमण गरेको थियो। स्थानीय मनकामना सामुदायिक वनमा अधिकारीलाई हात्तीले आक्रमण गरेको झापाका प्रहरी प्रवक्ता डीएपी बसन्त पाठकले बताए। हात्तीको आक्रमणबाट घाइते भएका अधिकारीलाई उपचारका लागि धरान लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • ६५ पटक पढिएको
  • २०७९ भाद्र १५ गते बुधबारको राशिफल

    मेष । आज समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । भाग्यले विभिन्न अवसर जुराउनेछ । वृष । सानातिना समस्यामा अल्झनुपर्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । पारिवारिक जीवन र प्रणय सम्बन्ध पनि सकारात्मक नै देखिन्छ । मिथुन । आज यात्रामा मालसामान हराउन सक्छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । नियमित खर्च र स्वास्थ्यमा खर्च बढ्नेछ । कर्कट । आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । घरमा अतिथिको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ । सिंह । महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्न

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • १२७ पटक पढिएको
  • अब इटहरीको मुख्य चोकमा पार्किङ गर्न नपाइने

    इटहरी । इटहरी उपमहानगरपालिकाले मुख्य चोकको तीन सय मिटरको दुरीमा पार्किङ गर्न नपाइने जनाएको छ । मेयर हेमकर्ण पौडेलले ट्राफिक व्यवस्थापन गर्न सडक क्षेत्र मिचेर भइरहेको पार्किङ हटाउन लागिएको जानकारी गराए ।नियामक निकाय र स्थानीय सरकारले ट्राफिक व्यवस्थापनको दीर्घकालीन समाधान खोज्न पनि सुरु गरेको जनाएको छ । इटहरीमा साना भाडाका सवारीहरू सडक क्षेत्रमै पार्किङ गर्ने गरिएको छ । जसले सडक क्षेत्र ओगटेर साँघुरो बनाएको छ । अब आफ्नो घर वा दोकान अगाडी पनि पार्किङ गर्न नपाइने उनले बताए । यस्तै, सडक र फुटपाथ खाली गर्न ७ दिनको समय दिइने बताइएको छ । 

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • ६६ पटक पढिएको
  • टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : केन्यासँग नेपाल पराजित

    काठमाडौं । केन्यासँगको चौथौ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल सात रनले पराजित भएको छ । केन्याले दिएको एक सय दुई रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९४ रनमात्र बनाउन सक्यो ।नेपालका लागि रोहित पौडेलले ४७ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ केन्याका राकेप पटेलले तीन विकेट लिए । यसअघि नैरोबीको जिमखाना क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको केन्याले २० ओभरमा अलआउट हुँदै एक सय एक रन बनायो । उसका लागि लुकास ओलाउचले ३३, कोलिन्स ओबुयाले २० र शेम ङोचेले १३ रन बनाउनुबाहेक अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका सन्दीप लाम

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • ११२ पटक पढिएको
  • देशभर आज थप २२६ जनामा कोरोना पुष्टि

    काठमाडौं । देशभर आज थप २२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए। ४ हजार ११ को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १५२५ जनाको पिसिआर परीक्षण गर्दा १४५ र २४८६ जनाको परीक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको हो।२२३ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज समेत भएका छन्। सोमबार यसको संक्रमणबाट कसैको मृत्यु भएको छैन। देशभर ३२३५ जना सक्रिय संक्रमित छन्।

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • १२७ पटक पढिएको
  • इन्जिनियरिङका विद्यार्थीले मागे हर्क साम्पाङको राजीनामा

    इटहरी । पछिल्लो समय जथाभावी अभिव्यक्ति दिएको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको आलोचना हुन थालेको छ।यसैबीच इन्जिनियर पेशाप्रति अपमानजनक टिप्पणी गरको भन्दै पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले मेयर साम्पाङको राजीनामा मागेका छन्। सो क्याम्पसको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले साम्पाङको राजीनामा मागेको हो। उक्त संगठनले विज्ञप्ति जारी गर्दै मेयर साम्पाङले आफूबाहेक अरु कोही पनि सक्षम नरहेको भन्ने दम्भ राखेको बताएको छ। मेयर साम्पाङले एक अन्तर्वाताका क्रममा इन्जिनियर राजनीतिमा आउने नभई घर बनाउन जानुपर्ने टिप्पणी गरेका थिए। इन्जिनियरले नीति बनाउन नसक्ने हुँदा

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • ७१ पटक पढिएको
  • इटहरीकी पुष्पा अधिकारीले रेडब्लुमा जितिन् ३२ इन्चको स्मार्ट एलईडि टिभी

    इटहरी । इटहरीकी पुष्पा अधिकारीले रेडब्लु खादा ३२ इन्चको स्मार्ट एलईडि टिभी जितेकी छिन् । उनले रेडब्लुको उपहार योजना अन्तर्गत रेडब्लुको बिर्को खोल्दा एलईडि जितेकी हुन् । हाल रिलायबल फुड एण्ड बेभरेज प्रालीद्वारा उत्पादन भइरहेको रेडब्लुले उपभोक्ताका लागि अफर ल्याएको छ । उक्त अफर अनुसार रेडब्लुको बिर्को खोल्दा त्यही बिर्कोमा उपहार लेखिएको हुन्छ जस अन्तर्गत उपभोक्ताले १५० सिसिको पल्सर बाइक, ३२ इन्चको स्मार्ट एलईडि, ल्यापटप, टि सर्ट तथा अन्य नगद उपहारहरु जित्नसक्ने छन् । यसअघि पनि जनकपुरका सुर्य देब शाहले एलईडि जितिसकेका छन् भने केही उपभोक्ताले नगद उपहार जितेका छन् । रेडब्लुमा यसरी पुरस्का

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • ८९ पटक पढिएको
  • विद्यालय बन्द नगर्न शिक्षा मन्त्रालयको आग्रह

    काठमाडौं । शिक्षा मन्त्रालयले आन्दोलनरत विद्यालयका लेखापाल एवं कर्मचारीहरुलाई आन्दोलन छोडेर पढाउने कामलाई निरन्तरता दिन आग्रह गरेको छ।आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले घोषणा गरिएका विद्यालय बन्दको कार्यक्रम फिर्ता लिन दैनिक पठनपाठन हुने वातावरण बनाउन अनुरोध गरेको छ। निजामति कर्मचारी सरह तलब नबढेको भन्दै केही दिनदेखि चरणबद्ध आन्दोलनमा रहेका देशभरका विद्यालयका लेखापाल एवं कर्मचारीहरुले आजदेखि (१२ भदौ) पढाउने काम ठप्प पार्ने निर्णय गरेका थिए।शिक्षा मन्त्रालयले आन्दोलनरत विद्यालयका कर्मचारीसँग वार्ता र छलफल सँगसँगै गर्ने बताएको छ।

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • ११९ पटक पढिएको
  • प्रचण्डको चुनावी कमाण्डर बनिन् रेनु दाहाल

    काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चुनावी कमाण्डर तोकेको छ । आइतबार बसेको बाग्मती प्रदेशको बैठकले केन्द्रीय सदस्य एवं भरतपुर महानगर मेयर रेनु दाहाललाई कमाण्डर तोकेको हो । बैठकले सबै केन्द्रीय सदस्यलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कार्यविभाजन गरेर खटाएको छ । प्रचण्डको चुनावी क्षेत्र चितवन क्षेत्र नम्बर ३ हो । 

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • ११४ पटक पढिएको
  • नेपालले ४ विकेटले जित्यो केन्याविरुद्धको खेल

    काठमाडौँ । केन्या विरुद्धको तेस्रो टि-२० खेल नेपालले ४ विकेटले जितेको छ । नैरोबीमा आइतबार भएको खेलमा टस जितेर ब्याटिङ गरेको केन्याले प्रस्तुत गरेको १ सय ५७ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुँदै पूरा गरेको थियो । जीतसँगै ५ वटा टि-२० श्रृंखलामा नेपालले २-१ को अग्रता लिएको छ ।  प्रतिउत्तर ब्याटिङ गरेको नेपालका लागि ज्ञानेन्द्र मल्लले ४६ रन बनाएका थिए । मल्लले ४१ बल खेल्दै १ छक्का र ४ चौका प्रहार गरेका थिए । नेपालका लागि डेब्यू गरेका अर्जुन साउदले ३५ रन बनाएका थिए । ३१ बल खेलका ओपनिङ ब्याट्सम्यान साउदले ३१ बल खेल्दै ३ छक्का र २ चौका प्रहार गरेका थिए ।  रोहित पौडेलले २९, मोहम्मद

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • ११२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल