All Posts By इटहरी खबर संवाददाता

    Showing ३,००१-३,०१० of ३,०८७ items.
  • झापा र मोरङबाट लागुऔषधसहित तीन जना पक्राउ

    इटहरी । झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगर र लागुऔषध ट्याब्लेटसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–४ पुरानो बिजुली अफिस छेउबाट लागुऔषध ब्राउनसगुर सहित एक जनालाई पक्राउ गरेको छ । मे १ ह २९२१ नम्बरको अटो लिई बिर्ताबजारबाट बुटाबारी तर्फ जाँदै गरेका अटो चालक सुनसरी घर भई हाल सोही स्थान बस्दै आएका ४० वर्षीय उमेश चौधरीको साथबाट ब्राउनसुगर ४ ग्राम २०० मिलिग्राम बरामद भएको थियो ।पक्राउ परेका चालकलाई सोधपुछ गर्दा अमरुवा गाउँपालिका–५ सिराहा घर भई हाल बिर्तामोड–३ बिर्ता बजारमा डेरा गरी बस्ने २७ वर्षीय

    • प्रकाशित मितिः साउन २९, २०७९
    • ६७ पटक पढिएको
  • पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

    दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर घोराही उपमहानगरपालिका २ रामपुर बुकाका २६ वर्षीय निराजन पोख्रेलको मृत्यु भएको हो । सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर गण हेटक्वाटर अर्जुन खोलाका डिएसपी नवीन बुढाथोकीका अनुसार पोख्रेल शनिबार साथीहरूसँग पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा उनी डुबेका थिए ।

    • प्रकाशित मितिः साउन २९, २०७९
    • ६७ पटक पढिएको
  • सिराहामा हात्तीको आक्रमणबाट एक जना घाइते

    काठमाडौं । सिराहाको चुरे क्षेत्रसँग जोडिएको गोबजार नगरपालिका ३ जमदह जरुवामा आइतबार बिहान जंगली हात्तीको आक्रमणबाट एक युवक गम्भिर घाइते भएका छन् । जमदह जरुवा गाउँका करिब ३५ वर्षीय रामकुमार दनुवार आइतबार बिहान ४ बजेतिर घर बाहिर निस्किएका बेला बाटोमा बसिरहेका दुई वटा हात्तीको आक्रमणमा परी गम्भिर घाइते भएको वडाध्यक्ष धनप्रसाद मोक्तानले जानकारी दिए ।   हात्तीको आक्रमणबाट दनुवारको ढाड र शरीरका अन्य भागमा समेत चोट लागेरको छ । चोटका कारण बस्न समेत नसक्ने भएकाले उनलाई गोलबजारस्थित माँ धमिनी पोलिक्लिनिकमा सामान्य उपचार गरी लहान ल्याइएको छ । लहानमा पनि उपचार संभव नहुने देखिएकाले चिकित

    • प्रकाशित मितिः साउन २९, २०७९
    • ५५ पटक पढिएको
  • साताको पहिलो दिन आज बढ्यो सुन–चाँदीको मूल्य

    काठमाडौं । साताको पहिलो दिन आइतबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।  यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेको हो।   शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।   त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १२ सय २५ रुप

    • प्रकाशित मितिः साउन २९, २०७९
    • ९६ पटक पढिएको
  • इस्टर्न हाइड्रोपावरको आइपीओ भदौ ७ गतेबाट जारी हुँदै

    काठमाडौं । इस्टर्न हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि भदौ ७ गतेबाट आइपीओ जारी गर्ने भएको छ । कम्पनीले स्थानीयलाई ६ लाख २० हजार कित्ता सेयर आइपीओ निष्कासन गर्न लागेको हो ।कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानिय बासिन्दालाई निष्कासन गर्न लागेको हो । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम म्याद भदौ २१ गते रहेको छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा असार असोज ५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।यस आइपीओको लागि बिक्री प्रबन्धकको कार्य एनएमबि क्यापिटलले ग

    • प्रकाशित मितिः साउन २९, २०७९
    • ९१ पटक पढिएको
  • नेइमारको दुई गोलमा पिएसजीको शानदार जित

    काठमाडौं । फ्रेन्च लिग वान फुटबलको नयाँ सिजनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लगातार दोस्रो जित दर्ता गरेको छ ।शनिबार राति भएको खेलमा घरेलु मैदानमा पिएसजीले मोन्टपिलरलाई ५–२ ले पराजित गरेको हो । पिएसजीका लागि नेइमारले ४३ र ५१ औँ मिनेटमा गरी दुई गोल गरे । यस्तै केलियन एमबाप्पे र रेनातो सान्चेले एक–एक गोल गर्दा मोन्टपिलरका साक्कोले आत्मघाती गोल गरेका हुन् । मोन्टपिलरका लागि खज्री र चातो एमबियीले एक–एक गोल गरे ।लगातार दुई जितबाट ६ अंकसहित शीर्ष स्थानमा रहेको पिएसजीका लागि नेइमारले यो सिजन तीन गोल र तीन गोलका लागि सहयोग गरिसकेका छन् ।

    • प्रकाशित मितिः साउन २९, २०७९
    • १०६ पटक पढिएको
  • बलिउडको नम्बर वान अभिनेत्री बनिन् दीपिका पादुकोण

    काठमाडौं । दीपिका पादुकोण बलिउडको नम्बर वान अभिनेत्री बन्न सफल भएकी छन् ।   एक लोकप्रिय संस्थाले गरेको सर्भेक्षणमा दीपिका नम्बर १ मा रहन सफल भएकी हुन् । सर्भेक्षणको नतिजाअनुसार दोस्रो नम्बरमा क्याटरिना क्याफ, तेस्रोमा आलिया भाट, चौथोमा प्रियंका चोपडा र पाँचौँ नम्बरमा कंगना रनावत छन् ।  क्लोज अप दन्तमन्जनको विज्ञापन हुँदै रंगिन दुनियाँमा प्रवेश गरेकी दीपिकाले लामो समयदेखि बलिउडमा धमाका पिटिरहेकी छन् । 

    • प्रकाशित मितिः साउन २९, २०७९
    • १५० पटक पढिएको
  • आज प्रदेश १ सहित विभिन्न क्षेत्रमा भारी वर्षा हुँदै

    काठमाडौं । आइतबार  बिहान गण्डकी, लुम्बिनी र प्रदेश १, कर्णाली प्रदेश र बागमती प्रदेशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षितमा अवस्थित रहेको छ ।     जसका कारण गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको विभागले जनाएको छ ।आज दिउँसो देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।  आज राति प्रदेश १, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एकरदुई स्थानमा मेघ गर्जन

    • प्रकाशित मितिः साउन २९, २०७९
    • ६३ पटक पढिएको
  • यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौं । देशभर आज पनि मौसम आंशिकदेखि सामान्य बदली भई केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी क्षेत्र र अन्य केही क्षेत्रमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।प्रदेश १ र बागमती प्रदेशका थोरै ठाउँमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भारी वर्षाको सम्भावना भएका क्षेत्रमा बाढी र पहिरोको जोखिम रहेको छ ।गण्डकी प्रदेशका थोरै र प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा शनिबार राति भारी वर्षाको सम्भावना छ ।पहाडी क्षेत्र र प्रदेश नं १, बागमती, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा राति च

    • प्रकाशित मितिः साउन २८, २०७९
    • ५७ पटक पढिएको
  • सिरहामा जंगली हात्तीले भत्काए ७ घर

    सिरहा । गएराती जंगलबाट भागेर आएका दुई वटा हात्तीले लहान नगरपालिका १५ सिसवनी र मोहनपुर गाउँका ७ घर भत्काएका छन्। माटोले लेपेको र फुसको छानो भएका घरहरु भत्काएका हुन्।  स्थानीय लक्ष्मी सदाय, शिवकुमारी सदाय, राम सदाय, श्याम कुमार सदाय, दिपेन सदाय, सरोज सदाय र कपले यादवका घर भत्काएको वडाअध्यक्ष तेजनारायण चौधरीले जानकारी दिएका छन् । उनका अनुसार जंगलबाट आएका हात्तीले अन्नबाली पनि खाएका छन् । राती नै स्थानीयहरुले आगो बालेर हात्तीलाई गाउँबाट भगाएका छन् ।  वर्षातमा घर भत्काएपछि उनीहरुलाई समस्या भएको छ । स्थानीयवासीबाट जानकारी पाएलगतै मेयर महेश चौधरी गाउँ पुगेका थिए । पीडितहरुलाई तत्क

    • प्रकाशित मितिः साउन २८, २०७९
    • ६७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल