काठमाडौं । सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले मंगलबार गोला प्रथामार्फत गरेको आईपीओ बाँडफाँटमा ६७ हजार ५८ जनाले सेयर हात पारेका छन् । जसमध्ये ६ जनाले ११/११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ । बाँकी १३ लाख ४६ हजार ५१४ जना आवेदकहरुको भने हात खाली भएको छ । कम्पनीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासहित ७ लाख २१ हजार ६० कित्ता सेयर आईपीओमा निष्कासन गरेको गरेको थियो । यसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात
इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरमा ट्रक कन्टेनरभित्र एक पुरुषको शव फेला परेको छ । केही दिनदेखि सडकमा रोकेर राखेको ना ३ ख ४७४३ नं को ट्रक कन्टेनरभित्र आज बिहान अन्दाजी ३०–३५ वर्षको पुरुषको शव फेला परेको हो । भित्रबाट ढोक लक गरेको अवस्थामा कन्टेनरको अगाडिको सिटमा शव रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन्।स्थानीयका अनुसार सडकमा पूर्वबाट पश्चिमतर्फ फर्काएर चार दिनअघि कन्टेनर राखिएको थियो। डीएसपी श्रेष्ठले घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोली पुगेर अनुसन्धान सुरु गरेको बताए। उनका अनुसार मृतक कन्टेनर
काठमाडौँ। सान्जेन जलविद्युत कम्पनीले ५ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आइपीओ बिक्री गर्ने भएको छ। कम्पनीले एक सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो।यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका ५ चिलिमे र आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका ४ गोल्जुङका बासिन्दा, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडा नम्बरहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरूले पनि आवेदन दिन सक्नेछन्।स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम सात सय कित्तासम्म आवेदन दिन सक्नेछन्। यसमा छिटोमा १९ भदौ
काठमाडौं । केही समययताबाट फुर्सदमा रहेका अभिनेता आर्यन सिग्देल ‘सायरा’मा अनुबन्धित भएका छन् । आइतबार मात्र निर्माण कम्पनी डीबिआर मिडिया एन्ड मुभिज प्रालिसँग नयाँ फिल्मका लागि उनले सम्झौता गरेका हुन् ।रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सोसल ड्रामा र लभस्टोरीमा तयार हुने जनाइएको छ । पछिल्लो समय पर्दामा नदेखिएका आर्यन फिल्मको विषयवस्तुले आकर्षित भएको बताउँछन् । आगामी असोजबाट छायांकनको तयारीमा रहेको फिल्म ‘सायरा’को ९० प्रतिशत छायांकन अस्ट्रेलिया र १० प्रतिशत नेपालमा हुने जनाइएको छ । यो चलचित्र दशैँपछिबाट छायांकन सुरु गरिने भएको छ ।फिल्मका अन्य कलाकार भने चाँडै नै चयन गरिने छ । चलचित्र
काठमाडौं । स्थानीय बजारमा आज (मंगलबार) सुन र चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा आज सुन तोलामा ६०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । सोमबार ९६ हजार ३०० रुपैैयाँमा कारोबार भएको थियो ।आज चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको छ । सोमबार तोलाको एक हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडासहित मकवानपुर जिल्लाभर डेङ्गुका बिरामी बढेका छन् । लामखुट्टेको टोकाइमा हुने डेङ्गुका बिरामीको संख्या पछिल्लो दुई सातामा ९४ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिएका छन् ।डेङ्गुका बिरामी बढ्दै गएपछि हेटौंडा अस्पताल तथा निजी स्वास्थ्य संस्थामा बिरामीको चाप बढेका छ । डेङ्गुको बिरामी बढेसँगै हेटौंडा उपमहानगरपालिकाले प्रभावित वडाहरुमा लामखुट्टे मार्ने स्प्रेसमेत नियमित गरिरहेको छ ।डेङ्गुसँगै मकवानपुरमा पछिल्लो दुई सातामा १५ जनामा स्क्रबटाइफस र एक जनामा कालाजार संक्रमण देखिएको छ ।मकवानपुरमा गत आर्थिक वर्ष २०७८/८९ मा
काठमाडौं । कुमारी आमा निहारिका राजपुत पक्राउ परेकी छन्। उनलाई सर्वोच्च अदालत अगाडिबाट प्रहरीले पक्राउ गरेको हो। अनसन बस्न भन्दै सर्वोच्च अदालत अगाडि पुगेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। न्यायको माग गर्दै राजपुत विगत तीन दिनदेखि अनसन बस्दै आएकी छन्। आफूलाई एक व्यक्तिले बलात्कार गरेको त्यसपछि बच्चाको जन्म भएको निहारिकाले दाबी गर्दै आएकी छन्। जिल्ला अदालतले दोषीलाई सफाई दिएपछि उनी आन्दोलन गर्दै आएकी छन्। उनले आरोपी र बच्चाको डीएनए जाँच गर्नुपर्ने भन्दै माग गरेकी छन्। जिल्लाका फैसलाविरुद्ध उनले उच्च अदालत जनकपुरमा पुनरावेदनसमेत गरेकी छन्।
मोरङ । जहदा गाउँपालिका ३ ठूलो हातिबन्दाबाट प्रहरीले लागूऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा शनिबार बेलुका साढे ६ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो। स्थानीय ४० वर्षीय भुसाराम राजवंशीको घरपछाडिको कटेरोमा प्लाष्टिकमा प्याक गरी बोरामा हाली लुकाई छिपाई राखिएको ३८ किलो गाँजा बरामद भएको हो।राजवंशीको घरबाट गाँजा बरामद भए पनि राजवंशी फेला नपरेको तथा उनको खोजतलास भइरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ।
काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको भाउ पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर ९६ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, शुक्रबार छापावाल सुन तोलाको ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । यस्तै, आइतबार चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर १२ सय ५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ कायम रहेको थियो ।
काठमाडौं । तेस्रो पटक प्रदर्शन गरिएको चलचित्र ‘चपली हाइट–३’ पुनः फ्लप भएको छ । अर्जुनकुमार निर्मित चलचित्र गत वर्ष पुस ३० गतेदेखि पहिलोपटक प्रदर्शनमा आएको थियो । त्यसबेला कोरोना भाइरसका कारण प्रदर्शनको तीन दिनमै हल बन्द हुँदा प्रदर्शन स्थगित हुन पुगेको थियो । निर्माता अर्जुनले फागुन १ गतेदेखि आफ्नो चलचित्रलाई दोस्रोपटक प्रदर्शनमा ल्याएका थिए । त्यसबेला कोरोनाका कारण एक महिना हल बन्द भएर भर्खरै खुलेको थियो । उक्त समय पनि चलचित्र हेर्न हलमा दर्शक पुगेनन् । दुुई पटक नै प्रदर्शनमा आउँदा कोभिडको मारमा परेका कारण चलचित्र गत शुक्रबारदेखि तेस्रोपटक प्रदर्शनमा ल्याइएको थियो । तर, तेस्रो