काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको भाउ पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर ९६ हजार ३०० रुपैयाँ कायम भएको छ । 

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।
 
यसअघि, शुक्रबार छापावाल सुन तोलाको ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । 

यस्तै, आइतबार चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर १२ सय ५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ कायम रहेको थियो ।