All Posts By इटहरी खबर संवाददाता

    Showing ३,०५१-३,०६० of ३,०८७ items.
  • विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु

    विराटनगर । विराटनगरमा बिजुलीको बोर्डमा तार जोड्ने क्रममा करेन्ट लागेर शनिबार राति एक जनाको मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार करेन्ट लागेर विराटनगर महानगरपालिका–८ का ३० वर्षीय राजु मुखियाको मृत्यु भएको हो ।  आफ्नै घरको बिजुलीको बोर्डमा तार जोड्ने क्रममा राति ९ बजेतिर करेन्ट लागेर मुखिया घाइते भएका थिए । घाइते मुखियालाई उपचारका लागि विराटनगरको कोसी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको डीएसपी श्रेष्ठले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन २२, २०७९
    • ५९ पटक पढिएको
  • कारागार भित्र आर्थिक चलखेलमा चौकीदार सारेको आरोप

    इटहरी । सुनसरी स्थित झुम्का कारागारमा कैदी सरुवा प्रकरणमा ठुलो आर्थिक चलखेल भएको स्रोतले दाबी गरेको छ । केही साता देखि यता झुम्का कारागारमा अस्वाभाविक ढङ्गले कारागारबाट कैदी सरुवा गरेको घटनालाई लिएर कैदी बन्दीहरूले गुनासो गर्दै आएका छन् । सामान्यतया कैदी बन्दीहरूको सरुवा गर्दा कैद भुक्तान गरिरहेको कार्यालयबाट कैदी बन्दीहरूलाई निवेदन दिन लगाएर सम्बन्धित कार्यालयको सिफारिसमा कारागार व्यवस्थापन विभागले कैदी बन्दीहरूको सरुवा गर्ने नियम छ । तर, कारागार व्यवस्थापन विभागका महानिर्देशक वासुदेव घिमिरेले बिचौलियासँग मिलेर आर्थिक प्रलोभनमा परि अप्रत्याशित रूपमा कैदी बन्दीहरूको सरुवाको पत्र पठाएपछि झ

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • १,२४६ पटक पढिएको
  • अध्यक्ष ओलीसँग बसेर चुनावी रणनीति बनाउँदै इनरुवाका मेहता

    सुनसरी । आसन्न स्थानीय निर्वाचनमा इनरुवा नगरपालिकाकाको उम्मेदवारमा सशक्त दाबेदारका रूपमा हेरिएका एमालेका नेता मनोज मेहता यति बेला चुनावी मैदानमा छाएका छन् ।एमालेका तर्फबाट करिब आधा दर्जन नेताहरू मेयर पदको आकांक्षी देखिए पनि मनोजको सशक्त दावे दारी रहेको स्रोतको दाबी छ।काङ्ग्रेसबाट उम्मेदवार हालका मेयर राजन मेहता नै  बन्ने सम्भावना रहेकोले मनोजलाइ एमालेमा  बलियो उम्मेदवारको रुपमा हेरिएको छ ।हाल सामाजिक कार्यमा अग्रसर मेहता व्यक्तिगत रूपमा पार्टीका स्थानीय नेतृत्व, समाजका अगुवा, सामाजिक अभियन्ताहरूलाई भेटेर चुनावको विषयमा चर्चा गरिरहेका छन् ।

    • प्रकाशित मितिः चैत २१, २०७८
    • ४५६ पटक पढिएको
  • रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा वडासचिवको मृत्यु

    इटहरी ।सुनसरीको रामधुनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा वडासचिवको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका वडा नं. ६ मा कार्यरत वडासचिव नन्दकुमार श्रेष्ठ रहेका छन् ।आज (बुधबार) विहान  श्रेष्ठ सवार को २४ प ९४५६ नम्बरको मोटरसाइकल वडाकार्यालय जाने क्रममा रामधुनी–६ आदर्श टोल स्थित भित्रि सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो ।उक्त दुर्घटनामा परी श्रेष्ठ गम्भीर घाइते भएका थिए । उनको  उपचारकालागी धरान स्थित घोपा क्याम लैजादै गर्दा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ ।  घटनाको विषयमा थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १६, २०७८
    • २५७ पटक पढिएको
  • अस्पतालले ओभर डोज सिरिन्ज दिएका कारण बालकको मृत्यु भएको भन्दै बिहानदेखि एपेक्स अस्पताल क्षेत्र तनावग्रस्त

    इटहरी । इटहरीको एपेक्स  अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएपछि अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ । इटहरी बरगाछीका साढे ३ वर्षिया बालक सन्देश शाहको मृत्यु अस्पतालको लापरबाहीले भएको आरोप लगाउँदै बालकको शव सडकमा राखेर पीडित र स्थानीयले प्रदर्शन गरेका छन् । पीडितको न्याय र अस्पताललाई कारबाहीको माग राख्दै बिहान देखि हाल सम्म सडक अवरोध गरिएको छ । पटक पटक स्थानीय आन्दोलनकारी र प्रहरी बिच झडप भइरहेको छ । झडपमा परि केही आन्दोलनकारी र प्रहरी सामान्य घाइते भएका छन् ।  आन्दोलनको क्रममा केही आन्दोलनकारीलाई प्रहरीले हिरासतमा समेत लिएको छ ।प्रदर्शनपछि प्रहरी परिचालन गरिएको छ । मृतकका आफन्तले ब

    • प्रकाशित मितिः चैत ३, २०७८
    • ६१२ पटक पढिएको
  • घट्यो सुनको मूल्य

     काठमाडौं । आज सुनको मूल्य तोलामा १८०० रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार)  छापावाल सुनको मूल्य तोलामा १८०० रुपैयाँले घटेर १ लाख १ लाख ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। हिजो (सोमबार) छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ रहेको थियो ।यस्तै, आज तेजाबी सुन तोलामा १ लाख रुपैयाँ कायँम भएको छ ।त्यस्तैँ, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १ हजार ३८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १, २०७८
    • १३६ पटक पढिएको
  • संखुवासभा दुर्घटनाः उद्धारका लागि हेलिकप्टर पठाइँदै

    संखुवासभा । संखुवासभाको मादी नगरपालिका–६ स्थित सात घुम्तीमा भएको बस दुर्घटनामा घाइते भएकाको उद्धारका लागि हेलिकप्टर पठाइने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि उद्धारका लागि होलिकप्टर पठाइने भएको हो ।गृहसचिव टेकनारायण पाण्डे र सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई दुर्घटनामा घाइते भएकाको हेलिकप्टर प्रयोग गरेर यथाशीघ्र उद्धार गर्न निर्देशन दिएका छन् । सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुने १४ पुगेको छ । पाँच जना गम्भीर घाइते छन् । घाइतेलाई घटनास्थलबाट अहिले चैनपुर लगिएको छ । चैनपुरबाट हेलिकप्टरमा धरान पु¥याउने तयारी

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • १५९ पटक पढिएको
  • सङ्खुवासभा बस दुर्घटना : मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो, पाँच गम्भीर घाइतेको उद्धार

    सङ्खुवासभा । सङ्खुवासभामा यात्रुवाहक बस  दुर्घटना हुँदा १४ जनाको  मृत्यु भएको छ । भने  ५ जना गम्भीर घाइते भएका छन् ।आज (बिहिबार) विहान साढे ७ बजे बा ४ ख ७३५ नम्बरको सङ्खुवासभाको मादी रामबेनीबाट झापाको दमक आउँदै गरेको यात्रुवाहक बस  कच्ची सडकबाट अन्दाजी ३ सय मिटर तल झर्दा दुर्घटना भएको हो ।प्रहरीका अनुसार दुर्घटना पिलुवा खोला देखि ३ किलोमिटर माथि मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा भएको भएको हो । उक्त दुर्घटनामा परी १४ जना यात्रुको मृत्यु भएको छ ।सोहि  दुर्घटनामा परी  ५ जना गम्भीर घाइते भएका छन् । दुर्घटना स्थलबाट प्रहरीले १९ जनालाई उद्धार गरी चैनपुर अस्पता

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • ११७ पटक पढिएको
  • बर्दियामा आगलागीपरी घरभित्र सुतिरहेका एक जनाको मृत्यु

    बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका–९ खैरैनीमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १४ वर्षीय दिनेश चौधरी छन् ।मंगलबार राति १०ः१० मा सानु चौधरीको टिनले छाएको घरमा आगलागी हुँदा घर भित्र सुतिरहेका चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानएको छ ।आगलागी भएको समयमा १४ वर्षीय चौधरी घरमा एक्लै सुतिरहेका र आगलागी भएको थाहा नभएकाले उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरी चौकी कतर्नियाघाट र इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले टोलीले १०: ५५ मा आगो नियन्त्रणमा लिएको थियो । चौधरीको शव पोस्टमार्टमका लागि बर्दिया अस्पताल गुलरियामा राखिएको

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • १०६ पटक पढिएको
  • साउदी अरबमा जेल जीवन बिताएका ३० नेपाली स्वदेश फिर्ता

    काठमाडौं । साउदी अरबमा जेल जीवन बिताएर ३० नेपाली स्वदेश फर्किएका छन् । उनीहरूलाई गैर कानुनी रूपमा कार्यरत रहँदा साउदी प्रहरीले पक्राउ गरेको थियो ।रियादस्थित नेपाली दूतावासको पहलमा त्यहाँको अलहासा जेलमा रहेका २७ र खोबरमा रहेका तीन जना नेपालीलाई अल जजिरा एयरलाइन्सको उडानमार्फत स्वदेश फर्काइएको दूतावासले जानकारी दिएको छ ।दूतावासका स्थानीय जनसम्पर्क अधिकारी नारायण पासवानका अनुसार कम्पनीको उजुरीको आधारमा पक्राउ परेका उनीहरु विगत ३ महिनादेखि जेल जीवन बिताइरहेका थिए । साउदी सरकारसँगको समन्वयमा एकै पटक यति ठुलो संख्याका नेपालीलाई जेल मुक्त गरी स्वदेश फर्काउन सफल भएको उनले बताए ।यसरी स्वदेश फर्किनेहरू

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • १५६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल