All Posts By इटहरी खबर संवाददाता

    Showing ८५१-८६० of ३,०८६ items.
  • मोरङमा भाउजूमाथि खुकुरी प्रहार, देवर पक्राउ

    मोरङ, कानेपोखरी — मोरङको कानेपोखरी गाउँपालिका–४ बयरवनमा भाउजूमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले देवरलाई पक्राउ गरेको छ। ५५ वर्षीया भाउजु शिवा श्रेष्ठ (सार्की) लाई खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले देवर वसन्तलाई नियन्त्रणमा लिएको हो।घटनाबारे जानकारी दिँदै मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले खुकुरी प्रहारबाट शिवा गम्भीर घाइते भएकी र उनको दाहिने हातको नाडी र पातामा गहिरो चोट लागेको बताएका छन्। घाइते शिवाको दाहिने हात लगभग छिन्नै परेको र थप उपचारका लागि उनलाई विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ।प्रहरीले वसन्तविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन थप अनुसन्ध

    • प्रकाशित मितिः कार्तिक २६, २०८१
    • २३० पटक पढिएको
  • मोरङ चेम्बर अफ कमर्सको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

    विराटनगर,  – मोरङ चेम्बर अफ कमर्सले बिराटनगरमा एक विशेष स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा मोरङ चेम्बर अफ कमर्सका अध्यक्ष श्री यादब पोखरेलको सभापतित्वमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नारायण प्रसाद चिमरियालाई सम्मान गरियो।कार्यक्रममा अध्यक्ष पोखरेलले एसपी चिमरियालाई स्वागत सम्मान पत्र प्रदान गरी सम्मानित गरेका थिए। उनले प्रहरी र सर्वसाधारणबीच मैत्रीपूर्ण सम्बन्ध कायम गर्नुपर्ने र सर्वसाधारणले सहज सेवा प्राप्त गर्नुपर्ने धारणा व्यक्त गरे।प्रमुख अतिथि एसपी नारायण प्रसाद चिमरियाले प्रहरी र व्यापारी समुदायबीच हातेमालो गरेर काम गर्न र सुरक्षा

    • प्रकाशित मितिः कार्तिक २५, २०८१
    • ३६५ पटक पढिएको
  • विराटनगरमा अन्तर्राष्ट्रिय कवि एवंम सांस्कृतिक सम्मेलन हुँदै

    विराटनगर,  – विराटनगरमा यही आउँदो २०२४ डिसेम्बर २० र २१ (२०८१ पुस ५ र ६) मा अन्तर्राष्ट्रिय कवि एवं सांस्कृतिक सम्मेलन आयोजना हुने भएको छ। यो विशेष कार्यक्रम विराटनगरको सिटी प्यालेस होटल एण्ड रिसोर्टमा सम्पन्न हुने छ। कार्यक्रमको आयोजना नेपालका आभा फाउण्डेसन र भारतको राष्ट्रिय कला सेवा संस्थानले संयुक्त रूपमा गर्दैछन्।आयोजक संस्थाका प्रतिनिधिहरू—आभा अनुपमा (आभा फाउण्डेसन नेपालकी अध्यक्ष), अरविन्द श्रीवास्तव (राष्ट्रिय कला सेवा संस्थान भारतका अन्तर्राष्ट्रिय संयोजक), र संजयकुमार पाण्डे (आइडियल जर्नालिस्ट एसोसिएसन भारतका राष्ट्रिय महासचिव)—ले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै यस कार्य

    • प्रकाशित मितिः कार्तिक २५, २०८१
    • ३४९ पटक पढिएको
  • राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइँदै, कोशी प्रदेशमा सार्वजनिक बिदा

    कोशी — किराँत धर्मका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४० औं जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ। फाल्गुनन्दको योगदानको सम्मान स्वरूप कोशी प्रदेश सरकारले कात्तिक २५ गते सार्वजनिक बिदा दिएको छ भने संघीय सरकारले भने किराँत समुदायका लागि मात्र बिदा दिएको छ।महागुरु फाल्गुनन्दको जन्म विक्रम संवत १९४२ साल कात्तिक २५ गते इलामको साविक इभाङ–५ चुक्चिनाम्बा गाउँमा भएको थियो। सामान्य परिवारमा जन्मिएका फाल्गुनन्दले किराँत धर्म, भाषा, लिपि, संस्कार, संस्कृति, तथा समाज सुधारमा महत्वपूर्ण योगदान गरेका थिए। विशेष गरी किराँत समुदायको सांस्कृतिक र धार्मिक एकतामा बल पुर्याउन, तथा परम्परागत

    • प्रकाशित मितिः कार्तिक २५, २०८१
    • २९५ पटक पढिएको
  • २०७२ सालदेखि फरार कर्तव्य ज्यान मुद्दाका दोषी यादव पक्राउ

    सुनसरी – २०७२ सालदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका दोषी विनायककुमार यादवलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। यादव इनरुवा नगरपालिका–१०, बलाहाका बासिन्दा हुन्। उनी २०६९ सालमा झुम्का कारागारबाट सुरुङ खनेर फरार भएका थिए भने २०७२ सालमा भूकम्पको मौका छोपेर सिन्धुपाल्चोक कारागारबाट भागेका थिए।२०६५ साल बैशाखमा यादवले सुनसरीको साविक प्रकाशपुर–६ का ३९ वर्षीय केशव कार्कीको गोली हानी हत्या गरेका थिए। त्यसपछि जिल्ला अदालत, सुनसरीले उनलाई २० वर्ष ८ महिना १४ दिनको कैद सजाय सुनाएको थियो। तर, यादव दुई पटक जेलबाट भाग्न सफल भएका थिए र त्यसपछि भारतको सुपोलमा लुकेर बसेका थिए।प्रहरीले छठ पर्व मनाउन नेपाल आउँदै

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • २५६ पटक पढिएको
  • चितवनको सत्रकिलोमा हाइस र बस ठोकिँदा ४ जनाको मृत्यु

    काठमाडाैं । नारायणगढ-मुग्लिन सडकअन्तर्गत सत्रकिलो भन्ने स्थानमा बस र इलेक्ट्रिक हाइस गाडी ठोकिँदा ४ जनाको मृत्यु भएको छ।मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा प्र ०६–००१ ज ०२९८ नम्बरको हाइस र नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बा प्र ०३–००१ ख २८१२ नम्बरको बस आज बिहान करिब ३ बजे ठोकिएका हुन्।प्रहरीका अनुसार दुर्घटनामा तीन पुरुष र एक महिलाको मृत्यु भएको हो। मृतक सबै हाइसका यात्रु हुन्।मृतकमध्ये गोर्खाको आरुघाट गाउँपालिका १ मान्बु बस्ने अन्दाजी ४०/४२ वर्षीय राजबहादुर गुरुङको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।मृतकमा हायसका चालक पनि रहेको चितवन प्रहरी प्रवक्ता डीएसपी भेषराज

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • ३८१ पटक पढिएको
  • ‘कबड्डी ४’ लाई उछिन्दै विराजको ‘१२ गाउँ’ ले बनायो बक्सअफिसमा नयाँ रेकर्ड

    इटहरी । विराज भट्टको फिल्म ‘१२ गाउँ’ बक्सअफिसमा नयाँ रेकर्ड बनाएको छ। ‘कबड्डी ४’ रेकर्ड तोड्दै यो फिल्म सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको हो।यस फिल्मले चार सातामा २५ करोड ५० लाख कमाइ गरेको वितरक गोविन्द्र शाहीले जानकारी दिए। ‘यस फिल्मले चार सातामा २५ करोड ५० लाख कमाइ गरिसकेको छ। पाँचौं हप्तामा पनि दर्शकको साथ राम्रै छ। हिजोको शोहरु हाउसफुल थिए’, उनले भने।जुन कलेक्सन यसअघिकै सर्वाधिक कमाइ गर्ने फिल्म ‘कबड्डी ४’को लाइफटाइम कलेक्सनभन्दा बढी छ। यस फिल्मले नेपालभर जम्मा २५ करोड हाराहारीमा कमाइ गरेको निर्माण टिमको जनाएको थियो। रामबाबु गुरुङ निर्देशित यस फिल्ममा दयाहाङ राई, मिरुना मगर र सौगात मल

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • ४९३ पटक पढिएको
  • विजय बरालको फिल्म ‘पूर्ण बहादुरको सारंगी’ले सातामै कमायो सवा ८ करोड

    इटहरी । विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘पूर्ण बहादुरको सारंगी’ ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ।यस फिल्मले एक सातामै ८ करोड २५ लाख कमाइ गरेको हो। एक साताको कमाइबारे फिल्म निर्माण टिमले जानकारी दिएको हो। यो कमाइ पहिलो हप्ताको सबैभन्दा ठूलो कलेक्सनमध्ये एक हो।त्यसैगरी ‘पूर्ण बहादुरको सारंगी’ले सबैभन्दा बढी शो पाउने फिल्मको रेकर्ड पनि बनाएको छ। बिहिबार यो फिल्म देशभरिका ८९ हलबाट ३८० शोसहित प्रदर्शन भएको थियो। यसअघि ‘बेहुली फ्रम मेघौली’ ले ३४० शो पाएको थियो।कात्तिक १५ गते लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनरत यस फिल्मले सुरुवाती दिनमा सुस्त व्यापार गरेको थियो। ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’क

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • ३४० पटक पढिएको
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो ।प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ । यी काम पूरा गर्न रु १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ । स्तरोन्नतिका क्रममा राति १०ः०० देखि बिहान ८ः०० बजेसम्मका सबै उडान कटौती

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • २०९ पटक पढिएको
  • खाेटाङमा मृग भनेर हानेको गोली आफ्नै साथीलाई लागेपछि ...

    खोटाङ । सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ । फेदीको हात्तीढुङ्गे जङ्गलमा सिकार खेल्न सँगै गएका स्थानीय २५ वर्षीय चेतन राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर बुधबार राति जगतप्रसादको घटनास्थलमै मृत्यु भएको हो ।मृग भनेर आफूले हानेको गोली लागेर साथी (जगतप्रसाद) को घटनास्थलमै मृत्यु भएको चेतनले स्वीकार गरेको फेदीका स्थानीयवासी एवं स्थानीय नेता लक्ष्मण साम्पाङले जानकारी दिए । ‘रातको समयमा दुई जना मिलेर सिकार गर्न गएका रहेछन् । चरणमा आउने मृग भनेर चेतनले गोली चलाएको रहेछ । तर आफूले

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • ३३७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल