सोलुखुम्बु । सोलुखुम्बुको तेञ्जिङ हिल्लारी विमानस्थल लुक्लामा आज एकै दिन एक सय ८४ वटा हवाई उडान भएको छ। उक्त विमानस्थलमा हेलिकप्टर र जहाज गरी एक सय ८४ वटा उडान भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । कार्यालयका प्रमुख उमेश पन्थीका अनुसार मौसम खुलेसँगै आज हेलिकप्टरले एक सय ५२ तथा जहाजले २३ वटा उडान भरेका हुन् । जहाजको उडानमा तारा एयरलाइन्स र समिट एयरलाइन्सले १२-१२ उडान तथा सीता एयरलाइन्सले आठ वटा उडान भरेको प्राधिकरण प्रमुख पन्थीले बताए । आज हवाई सेवाबाट मात्रै तीन सय ९६ जना विदेशी र एक सय ३६ जना नेपाली गरी कूल पाँच सय ३२ जना पर्यटक लुक्ला भित्रिएका जिल्ला प्रहरी
इटहरी । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङकोसहित एक दर्जन बढी निर्माण कम्पनी कालोसूचीमा परेको छ ।प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तामाङ रहेको कान्छाराम कन्सट्रक्सनसहित एक दर्जन बढी कम्पनीहरुलाई कालोसूचीमा राखेको हो ।दुई कम्पनीलाई साढे दुई वर्ष, दुई कम्पनीलाई दुई वर्ष, तीन कम्पनीलाई डेढ वर्ष र अन्य ६ कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो । कालोसूचीमा पर्नेमा कांग्रेस नेता समेत रहेका उर्जा राज्यमन्त्री तामाङ मुख्य व्यक्ति रहेको कान्छाराम कन्सट्रक्सन, रमिला लामा मुख्य व्यक्ति रहेको एन.बी. कन्स्ट्रक्सन, टेन्डी शेर्पा मुख्य व्यक्ति भएको द कञ्चनजंघा कन्स
इटहरी । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठपर्व सम्पन्न भएको हो ।पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको भीड लागेको थियो । बर्तालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सूर्योपासनाको यो पर्वको प्रारम्भ गरेका थिए ।त्यस्तै पर्वको दोस्रो दिन
काठमाडौं- दोलखाको ओराङलाई केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, यो भूकम्प बिहीबार साँझ ७:५६ बजे महसुस गरिएको हो। भूकम्पको कम्पन दोलखा र आसपासका क्षेत्रहरूमा अनुभव गरियो।यो भूकम्पले कुनै ठूला क्षति गरेको छ वा छैन भन्ने विषयमा यकिन जानकारी अझै प्राप्त भएको छैन। सम्बन्धित निकायहरूले स्थिति विश्लेषण गरिरहेको र आवश्यक परेमा थप सहयोगको व्यवस्था गरिने जानकारी दिएको छ।नेपाल भूगर्भीय दृष्टिकोणले जोखिमपूर्ण क्षेत्र भएकाले यस्तो प्रकारका भूकम्पहरू सामान्य मानिन्छन्। यस प्रकारका घटनाहरूमा सावधानी अपनाउन र आपतकालीन स्थितिमा सुरक्ष
पथरी शनिश्चरे- माेरङ्गकाे पथरी शनिश्चरेमा `द व्युटी वल्र्ड पथरी शाखा´ काे `द व्युटी मेकअप पार्लर एण्ड टेनिङ सेन्टर बिर्तामोड झापाकाे ४० अाै शाखाको रूपमा बिस्तार भएको छ ।एक कार्यक्रमकाे बीच प्रमुख अतिथि पथरी शनिश्चरेकी पूर्व उपप्रमुख यमुना विष्ट लगायतले संयुक्त रूपमा उद्घाटन गर्नु भएकाे हाे।३० लाख भन्दा बढी लगानीमा खाेलिएकाे वल्र्ड व्युटी पार्लरमा १२ जनालाई प्रत्यक्ष राेजगारी दिइएको पथरी शाखाकी प्रमुख रेखा वस्नेत भट्टराईले जानकारी दिइन्।`द व्युटी वल्र्ड मेकपअ पार्लर एण्ड टेनिङ सेन्टर बिर्तामोड -४ झापा केन्द्रीय कार्यलयले दमक,पथरी ,इटहरी, हेटौंडा,काेहलपुर ,नेप
कोशी, नेपाल – नेकपा माओवादी केन्द्रको कोशी प्रदेश संसदीय दलले कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीमाथि छानबिनको माग गरेको छ। अधिकारीमाथि जापान भ्रमणका क्रममा कूटनीतिक मर्यादा उल्लङ्घन गर्दै मानव तस्करी र सरकारी कागजात किर्तेको आरोप लागेको छ।माओवादी केन्द्रले बिहीबार जारी गरेको विज्ञप्तिमा मानव तस्करी र नक्कली कागजातको गम्भीर छानबिनका लागि सरकारलाई ध्यानाकर्षण गराउँदै तत्काल छानबिन प्रक्रियामा अघि बढ्न आग्रह गरेको छ। दलकी प्रमुख सचेतक गिता तिम्सिनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “जापान भ्रमणसँगै मन्त्रालयकै कर्मचारीको नक्कली परिचयपत्र र अन्य विषय सार्व
फिदिम - पाँचथरको सदरमुकाम फिदिममा आगलागीमा परी घाइते भएका एक वृद्धको उपचारका क्रममा निधन भएको छ। फिदिम नगरपालिका–२ निवासी ६२ वर्षीय जयप्रसाद राईको बिहीबार बिहानको राति कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो।मंगलबार दिउँसो आफ्नै घरमा लागेको आगो निभाउने र सामान निकाल्ने क्रममा राई गम्भीर रूपमा घाइते भएका थिए। आगलागीपछि उनलाई तत्कालै फिदिमस्थित गणेशमान सिंह अस्पतालमा भर्ना गरिएको थियो। अवस्था गम्भीर भएपछि उनलाई बिर्तामोडको बी एन्ड सी अस्पतालमा रिफर गरिएको थियो। त्यहाँ पनि सम्भव नभएपछि थप उपचारका लागि बुधबार कीर्तिपुर बर्न अस्पताल लगिएको थियो।उपचारकै क्रममा बिहीबार बिहान १ बजे राईको मृत्यु भएको उ
इटहरी । देशमा रहेको सबै संस्कृति र रीतिरिवाजको संरक्षण् गरेमात्रै आपसी सद्भाव र एकतालाई मजबुद बनाउन सकिने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।आज छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले बुहभाषी, बहुजातीय तथा बहुसंस्कृति रहेको मुलुकमा भएका सबै संस्कृति संरक्षण गर्नु पर्ने उल्लेख गरेका छन् ।मुख्यमन्त्री कार्कीले भने ‘सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न छठ पर्वका माध्यमबाट प्रेरणा मिल्नेछ भन्ने अपेक्षा गरेको छु ।’अस्ताउँदो र उदाउँदो सूर्यको आराधना गरी मनाइने छठ पर्
इटहरी । कोशी प्रदेशका दुई मन्त्रालय मन्त्रीविहीन भएका छन् । यसअघि नेपाली कांग्रेसको भागमा परेको स्वास्थ्य मन्त्रालयमा कांग्रेसकै आन्तरिक विवादका कारण मन्त्री नियुक्त हुन सकेको थिएन भने बुधबार एमालेबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएपछि सो मन्त्रालय पनि मन्त्रीबिहीन बनेको हो ।दुवै मन्त्रालयमा छिट्टै मन्त्री नियुक्त हुने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिएका छन् । संचारकर्मीसँगको छोटो कुराकानीका क्रममा उनले रिक्त रहेको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले नै सम्हालिरहेको बताए । बुधबारबाटै रिक्त भएक
विराटनगर, मोरङ – विराटनगर महानगरपालिका–५, सम्झना चोकस्थित एक घरमा बिहीबार बिहान एक भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन्। भारतको सिलिगुडी निवासी ५० वर्षीय सपन दास, जो गणेश शर्माको घरमा डेरा गरी बस्दै आएका थिए, सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएका हुन्।अघिल्लो साँझ खाना खाएर सुतेका दास बिहान ७ बजेसम्म नउठेपछि साथी गणेश राजवंशीले बोलाउने प्रयास गरेका थिए। दासले कुनै प्रतिक्रिया नदिएपछि राजवंशीले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा वडा प्रहरी कार्यालय विराटनगरबाट इन्स्पेक्टर राजेश दत्त नेतृत्वको प्रहरी टोली पुगेको थियो। प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल