All Posts By इटहरी खबर संवाददाता

    Showing ८७१-८८० of ३,०८६ items.
  • बराहक्षेत्रका कृषकहरू व्यावसायिक कोदो खेती तर्फ आकर्षित

    सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का अधिकांश किसान कोदोखेतीप्रति आकर्षित भएका छन्। यहाँका किसानले हाल धान र मकै लगाउने खेतबारीमा चारैतिर कोदो लगाएका छन् । स्थानीय अम्मरबहादुर विश्वकर्माले सात कठ्ठा जग्गामा बर्सेनि कोदो रोप्ने गरेको बताए ।अरु कृषिबालीको तुलनामा कोदोखेती लगाउन सहज र उत्पादन पनि राम्रो हुने भएको आफू यसतर्फ आकर्षित भएको उनको भनाइ छ । ‘विगत १७ वर्षदेखि कोदोखेती गर्दै आएको थिए । पछिल्लो समय यसैबाट घर खर्च पुग्ने गरी यही खेती गरिरहेको छु । व्यावसायिक रूपमा उत्पादन सुरु गरेपछि सन्तोषजनक आम्दानी भइरहेको छ’, विश्वकर्माले भने ।उनले कोदोको बहुउपयोगिताका कारण पनि किसानहरू यसतर्फ आक

    • प्रकाशित मितिः कार्तिक २२, २०८१
    • २८३ पटक पढिएको
  • कैद सजाय सुनाइएपछि मनाङे ‘सम्पर्कविहीन’

    काठमाडौं । दुई दशकअघिको घटनाले जेल जानु पर्ने अवस्थामा पुगेका गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे सम्पर्कविहीन भएका छन् । ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाए लगत्तै उनी हिजोदेखि बेपत्ता भएका हुन् । गुण्डा नाइके चक्रे मिलनलाई खुकुरी हानेर ज्यान लिन खोजेको २० वर्ष पुरानो मुद्दामा सर्वोच्चले हिजो मनाङेलाई दोषी ठहर गर्दै पाँच वर्ष जेल सजाय तोकेको थियो । त्यसलगत्तै प्रहरीले उनको खोजी गरेको थियो तर अहिलेसम्म फेला परेका छैनन् । उनलाई फरार सूचीमा राखेर खोजी गरिरहेको प्रहरीले जनाएको छ ।गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्र

    • प्रकाशित मितिः कार्तिक २२, २०८१
    • २९६ पटक पढिएको
  • छठ पर्वको आज मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा गरिंदै

    इटहरी । आज छठ पर्वको तेस्रो दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । विधिवत रुपमा चार दिनसम्म मनाइने छठ पर्वको तेस्रो दिन अर्थात मुख्य दिन आज साँझ तराई–मधेशको जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व मनाइँदैछ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ विधिवत रुपमा सम्पन्न हुन्छ ।सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्

    • प्रकाशित मितिः कार्तिक २२, २०८१
    • ३८२ पटक पढिएको
  • मोरङमा तास खेलिरहेको अवस्थामा २० जना पक्राउ

     विराटनगर - मोरङ प्रहरीले तास खेलिरहेको दुई स्थानमा छापा मारेर २० जनालाई पक्राउ गरेको छ। बुधबार राति विराटनगर महानगरपालिका-६ र कटहरी गाउँपालिका-२ मा प्रहरीले छापा हानेको थियो।विराटनगर महानगरपालिका-६ भट्टी मोडस्थित विशाल देवान राईको घरमा राति ११ः३० बजे तास खेलिरहेका १२ जनालाई पक्राउ गरिएको हो। प्रहरी टोलीले छापा मार्दा विराटनगर–२ का ३६ वर्षीय विशाल मण्डल, विराटनगर–६ का ५५ वर्षीय गंगाराम मण्डल, २८ वर्षीय शम्भु सहनी, ५५ वर्षीय मनबहादुर कार्की, ३२ वर्षीय भोला सहनी, रविकुमार महतो, ४१ वर्षीय रामकुमार सहनी, विराटनगर–११ का ३७ वर्षीय राजेश काफ्ले, ३६ वर्षीय शिवकुमार सहनी, २४ वर्षीय विशाल सहनी, ३०

    • प्रकाशित मितिः कार्तिक २२, २०८१
    • ३०८ पटक पढिएको
  • मानव तस्करीमा संलग्नताको आशंकामा कोशी प्रदेशका कानून मन्त्रीले दिए राजीनामा

    विराटनगर – कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले मानव तस्करीमा संलग्न भएको आशंकामा राजीनामा दिएका छन्। अधिकारीले मुख्यमन्त्री र प्रदेश सरकारलाई जानकारी नदिई कात्तिक १३ गते जापान यात्रा गरेका थिए, जसमा मन्त्रालयको नक्कली कागजात प्रयोग गरी अन्य तीन व्यक्तिहरूले समेत जापान जान प्रयास गरेका थिए। जापानको अध्यागमन विभागले ती व्यक्तिहरूलाई विमानस्थलबाटै फिर्ता पठाएको छ भने नेपाल फर्किएपछि प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएको छ।मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्री अधिकारीलाई राजीनामा दिन निर्देशन दिएका थिए। अधिकारीले बुधवार बिहान मुख्यमन्त्रीको निवासमा पुगेर आफ्नो र

    • प्रकाशित मितिः कार्तिक २१, २०८१
    • ४९९ पटक पढिएको
  • मित्र मिलन सहकारीका उपाध्यक्ष लम्साल ससुरालीबाटै समातिए

    पोखरा । पोखरास्थित मित्र मिलन बचत तथा ऋण सहकारी लिमिटेडका उपाध्यक्ष विजय लम्साल ससुराली घरबाटै पक्राउ परेका छन् । जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछि फरार भएका लम्साललाई मङ्गलवार पोखरा महानगरपालिका–२ अर्चलबोटस्थित ससुराली घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।सहकारी ठगीमा संलग्न रहेका लम्साल लामो समयदेखि फरार थिए । उक्त सहकारीमा ठगी प्रकरणमा अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारी, अर्जुन गिरी, सञ्चालक सदस्य गोपाल खनालसहित केही पुर्पक्षका लागि थुनामा छन् । सहकारीको ३१ करोड बिगो दाबीसहित ३२ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिलको कार

    • प्रकाशित मितिः कार्तिक २१, २०८१
    • ४६३ पटक पढिएको
  • नेपालमा पहिलो पटक टिकटक दर्ता, मेटा र एक्सलाई पनि सरकारको पत्र

    काठमाडौँ । नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक दर्ता भएको छ । तिहारअघि नै दर्ता प्रक्रिया पुरा भइसकेको भए पनि मंगलवार मात्रै टिकटकको कम्पनीले नेपालमा आधिकारिक रूपमा दर्ता भएको प्रमाण पत्र लिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको हो ।मन्त्रालयका अनुसार सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ को उपदफा ६ बमोजिमको व्यवस्था अनुसार मन्त्रालयमा दर्ता गरिएको हो । यस अघि नेपालमा टिकटक आधिकारिक नभए पनि अब भने आधिकारिक रूपमा नेपालको ऐन कानूनको परिपालना गर्ने प्रक्रियामा अघि बढेको छ ।यसअघि टिकटकमार्फत भइरहेका साइबर अपराधमा उक्त कम्पनीले कुनै पनि सूचन

    • प्रकाशित मितिः कार्तिक २१, २०८१
    • ६४३ पटक पढिएको
  • चुनाव जितेपछि ट्रम्पले भने : याे अमेरिकी जनताको ‘शानदार र अभूतपूर्व जित’ हाे

    एजेन्सी । अमेरिकाको ४७ औं राष्ट्रपति हुने निश्चित भएसँगै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकी जनताको शानदार र अभूतपूर्व जित भएको बताएका छन् । फ्लोरिडा राज्यको पाल्म बिचमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले ‘आफ्नो आगामी कार्यकाल अमेरिकाका लागि ‘स्वर्ण युग’ हुने दाबी गरे ।‘यो अमेरिकी जनताको एक शानदार विजय हो, जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन अनुमति दिनेछ,’ उनले भनेका छन् । आफू राष्ट्रपति पदमा विजयी मात्र नभएको अमेरिकाको लोकप्रिय मत पनि जितेको बताएका छन् । आफूले आधिकारिक रूपमा आवश्यक इलेक्टोरल कलेज भोटहरू प्राप्त नगरेको भएपनि त्यो प्राविधिक विषय भएको उनको भनाइ छ ।विभिन्न राज्यमा आफ्नो

    • प्रकाशित मितिः कार्तिक २१, २०८१
    • ४६१ पटक पढिएको
  • बिना अनुमति जापान भ्रमणको विवादपछि कोशी प्रदेशका मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिने तयारी

    विराटनगर  -कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले बिना अनुमति जापान भ्रमणमा गएको विवादपछि बुधबार पदबाट राजीनामा दिने तयारी गरेका छन्।मन्त्रालय स्रोतका अनुसार मन्त्री अधिकारीले आज नै मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिने घोषणा गर्नेछन्। अधिकारीले कार्तिक १३ गते टोकियो महानगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन जापान प्रस्थान गरेका थिए। तर, सो भ्रमणमा जानुअघि उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयबाट आवश्यक स्वीकृति नलिएको बताइएको छ।नेपालमा मन्त्रीहरूले विदेश भ्रमण गर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

    • प्रकाशित मितिः कार्तिक २१, २०८१
    • २०९ पटक पढिएको
  • मोरङको बूढीगंगामा रोकेर राखेको म्याजिक भेनमा आगलागी, करिब ७ लाखको क्षति

    मोरङ — मोरङ जिल्लाको बूढीगंगा गाउँपालिका–२ मुस्लिम टोलमा मंगलबार राति रोकेर राखिएको एक म्याजिक भेनमा आगलागी भएको छ। प्रहरीका अनुसार, उक्त भेन प्रदेश १–०२–००१ ज ३९४१ नम्बरको थियो र यो सुनसरीको दुहबी नगरपालिका–२ निवासी ४६ वर्षीय अजुवा मियाँको रहेको बताइएको छ।मियाँले भेनलाई छोरी रोजितनी खातुनको घर अगाडि रोकेर राखेका थिए। राति करिब ८ बजे अचानक भेनमा आगलागी भएको खबर पाउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर दीपक लिम्बू र इलाका प्रहरी कार्यालय नेमुवाबाट सई प्रवीण खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिन सफल भए पनि भेनको इन्जिन, सीट, र ब

    • प्रकाशित मितिः कार्तिक २१, २०८१
    • २२२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल