All Posts By इटहरी खबर संवाददाता

    Showing ९०१-९१० of ३,०८६ items.
  • हिरासतमा रहेका रास्वपा सभापति लामिछानेलाई स्वर्णिम वाग्लेले दिए पुस्तक उपहार

    काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उपसभापति स्वर्णिम वाग्लेले भेटेका छन् । सहकारीको रकम अपचलन प्रकरणमा हिरासतमा रहेका सभापति लामिछानेलाई उपसभापति वाग्लेले भेटेका हुन् । शुक्रबार साँझको भेटमा उनले लामिछानेलाई ‘एज अफ रिभोल्युसन्स’ पुस्तक पनि उपहार पनि दिएका छन् ।पुस्तकमा उनले लेखेका छन्, ‘रविजी, तपाईंले आफ्नो असामान्य साहस प्रमाणित गरिसक्नु भएको छ । यो कठिन परिस्थितिलाई पार गर्न तपाईंसँग पर्याप्त दृढता र रणनीतिक धैर्यता होस् भन्ने कामना गर्दछौं । हामी तपाईंसँग छौँ ।  सबै कुरा राम्रो हुनेछ । अर्को तीन वर्ष ओली–राणा–देउवाकै सेरोफे

    • प्रकाशित मितिः कार्तिक १७, २०८१
    • २८७ पटक पढिएको
  • कार्तिक शुक्ल प्रतिपदा : विधिपूर्वक गरियो गाई पूजा

    काठमाडौँ । तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज विधिपूर्वक गाईको पूजा आराधना गरिएको छ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । हाम्रो समाजमा गाई माताका रुपमा पूजिन्छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईलाई राष्ट्रिय जनावरका रुपमा पनि सम्मान गरिन्छ ।गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधै

    • प्रकाशित मितिः कार्तिक १७, २०८१
    • २१८ पटक पढिएको
  • नेपाल संवत् ११४५ प्रारम्भ भएको खुशीयालीमा शुभकामना र्‍याली

    काठमाडौँ । नेपाल संवत् ११४५ प्रारम्भ भएको खुशीयालीमा आज राजधानीसहित देशभरका मुख्य सहरमा शुभकामना र्‍याली निकालिएको छ । विविध सांस्कृतिक झाँकीसहित विभिन्न कार्यक्रमका साथ ‘न्हुँदया भिन्तुना’ भन्दै कतै मोटरसाइकल, कतै साइकल तथा कतै पैदलयात्रामा र्‍याली निकालिएको हो । राजधानीका विभिन्न स्थानमा अहिले निकालिएको र्‍यालीले सहर परिक्रमा गरिरहेको छ । र्‍यालीमा बालकदेखि वृद्धसम्म सांस्कृतिक वेषभुषामा खुशी साट्दै हिँडेको देखिन्छ ।नेपाल संवतलाई हाल विशेष रुपमा नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतक

    • प्रकाशित मितिः कार्तिक १७, २०८१
    • १८९ पटक पढिएको
  • भाइटीकामा कुन–कुन स्थानमा हुँदैछ वर्षा ? आज तीन प्रदेशमा बर्षाको सम्भावना

    काठमाडौं । यस पटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको छ । हाल देशभर पश्चिमी र स्थानीय वायुसँगै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीकोसमेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावस्वरुप यतिबेला (शनिबार बिहान) कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँस

    • प्रकाशित मितिः कार्तिक १७, २०८१
    • १८० पटक पढिएको
  • विश्वकप लिग २ : नेपाल आज अमेरिकासँग भिड्दै

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले आज (शनिबार) घरेलु टोली अमेरिकासँग खेल्दैछ । टेक्सासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार राति सवा नौ बजे सुरू हुनेछ ।लिग २ मा हालसम्म निरासाजनक प्रदर्शन गरे पनि यसै त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले बलियो टोली स्कटल्याण्डलाई पाँच विकेटले हराउँदै पुनः लयमा फर्किएको छ । तर, यस सिरिजको पहिलो खेलमा नेपाललाई अमेरिकाले तीन विकेटले पराजित गरेको थियो । नेपाल सोही हारको बदला लिने लक्ष्यमा हुनेछ ।यस सिरिजअघि नेपालले अमेरिकाविरुद्ध उसकै मैदानमा ३ खेलको टी–ट्वेन्टी आई सिरिज क्लिन स्विप गरेको थियो । दुई टोलीबीच हालसम्म खेलिएक

    • प्रकाशित मितिः कार्तिक १७, २०८१
    • ३६४ पटक पढिएको
  • मुकुन्देश्वरी गढीलाई पर्यटकीय गन्तव्य बनाइँदै

    तनहुँ । पर्यटकीय नगरी तनहुँको बन्दीपुर नजिकै रहेको मुकुन्देश्वरी गढीलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने भएको छ । बन्दीपुर गाउँपालिकाले यस क्षेत्रको संरक्षण, पुनर्निर्माण र प्रबर्द्धन गर्न लागेको हो । चालु आर्थिक वर्षमा मुकुन्देश्वरीको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार गरी ऐतिहासिक र पुरातात्विक सम्पदाहरूको निर्माण पुरातत्व विभागले र अन्य पूर्वाधार गाउँपालिकाले प्रदेश र सङ्घीय सरकारको साझेदारीमा पूर्वाधारहरू तयार गरिने गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए । यस वर्ष मुकुन्देश्वरी गढी र थानीमाई मन्दिरको डिपीआरका लागि रु छ लाख विनियोजन गरिएको थापाले बताए । यस्तै चाल

    • प्रकाशित मितिः कार्तिक १७, २०८१
    • १३८ पटक पढिएको
  • प्रथम वडाध्यक्ष भेट्रान्स गोल्डकपमा पथरी शनिश्चरे प्रथम र उर्लाबारी दोस्रो

    पथरी शनिश्चरे - प्रथम वडाध्यक्ष भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता २०८१ को उपाधि पथरी शनिश्चरे भेट्रानले जितेको छ। बुधबार पथरीशनिश्चरेको जातेँमोडस्थित खेल मैदानमा सम्पन्न फाईनल खेलमा पथरीले उर्लाबारी भेट्रानको टिमलाई २-० को अन्तरले हराउँदै उपाधि चुमेको हो।जितको लागि पथरीका खेलाडी विक्रम लिम्बूले दुई गोल गर्दै आफ्नो टिमलाई विजयी बनाएका थिए। उपाधिसँगै पथरी शनिश्चरेले नगद १ लाख रुपैयाँ, ट्रफी र मेडल जितेको छ। पथरीको जितमा लिम्बूको प्रदर्शन प्रशंसनीय रहेको थियो, जसले आफ्नो टिमलाई उत्साह र उत्कृष्ट खेल प्रदर्शन गरेको देखायो।प्रतियोगितामा उपविजेता बनेको उर्लाबारी भेट्रान्स टिमले नगद ५५ हजार रुपैयाँ

    • प्रकाशित मितिः कार्तिक १७, २०८१
    • ४३३ पटक पढिएको
  • मोरङको रंगेलीमा घाँस काट्न गएका वृद्ध पानीमा मृत फेला

    मोरङ, रंगेली — मोरङको रंगेली नगरपालिका–९ महिनाबारीका ६४ वर्षीय लखन सतार शुक्रबार राति मृत अवस्थामा फेला परेका छन्। घाँस काट्न गएका सतार घर नफर्किएपछि खोजी गर्दा स्थानीय खेतको पानीमा डुबेको अवस्थामा उनी मृत भेटिएका हुन्।सातार अपरान्हमा घाँस काट्न हिँडेका थिए तर रात परे पनि घर नफर्किएपछि परिवारले खोजी थाल्यो। खोजीका क्रममा उनी स्थानीय झमक मगरको खेतको पानीमा डुबेको अवस्थामा भेटिएका हुन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार, स्थानीयले राति ११ः३० बजे घटनाको जानकारी प्रहरीलाई दिएका थिए।इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले कानुनी प्रक

    • प्रकाशित मितिः कार्तिक १७, २०८१
    • १७५ पटक पढिएको
  • टंकीसिनवारीमा भएको चोरी प्रकरणमा सुनका गहना र नगदसहित एकजना पक्राउ

    मोरङको बूढीगंगा गाउँपालिका–२, बिराटनगर   टंकीसिनवारीमा भएको चोरी प्रकरणमा प्रहरीले सुनका गहना र नगदसहित एकजनालाई पक्राउ गरेको छ। बूढीगंगा–२ का ३१ वर्षीय किशोर खड्कालाई प्रहरीले पक्राउ गरेको जानकारी मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले दिएका छन्।स्थानीय निर्मल बस्नेतको घरमा बिहीबार राति सबै सुतिरहेका बेला कोठाको दराजमा राखिएको डेढ तोलाको सुनको सिक्री, कानमा लगाउने आठ आनाको रिङ, एक तोलाको सुनको औंठी एक जोडी, चार आनाको सुनको पेन्डल र ३० हजार रूपैयाँ नगद चोरी भएको थियो। प्रहरीका अनुसार, चोरीमा ५ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल लुटिएको हो।घटनास्थलमा अभियुक्तले प्रयोग गरेको मोब

    • प्रकाशित मितिः कार्तिक १७, २०८१
    • ३२० पटक पढिएको
  • जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए

    रौतहट । रौतहटको पश्चिम उत्तरी भेग फतुवा विजयपुर नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । फतुवा विजयपुर–११  बुट्वा राङि गाउँमा आज (शुक्रबार)  बिहान  आफ्नै घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा वर्ष  ७० कि पातली तामाङको मृत्यु भएको हो । हात्तीले मृतकको घरमा पूर्णरूपमा क्षति पुर्‍याएको छ । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर इन्द्रमणि अधिकारीले घटनाको पुष्टि गरेका छन् । जङ्गली हात्तीले एक्कासी घर माथि आक्रमण गर्दा मृतकको श्रीमान भागेर ज्यान बचाएका थिए ।हात्तीले एउटा अर्को घरमा पनि क्षति पुर्‍याएको इन्स्पेक्टर

    • प्रकाशित मितिः कार्तिक १६, २०८१
    • ३१५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल