All Posts By खेमचन्द्र अधिकारी

    Showing १,१९१-१,२०० of १,३५८ items.
  • नेप्से सर्किट ब्रेकरको माथिल्लो सीमा ८ प्रतिशत बनाइने

    इटहरी ।  नेपाल धितोपत्र बोर्डले शेयर बजार परिसूचक (नेप्से) मा उच्च अङ्कको उतारचढाव नियन्त्रण गर्ने (सर्किट ब्रेकर) केही खुकुलो बनाउने भएको छ । हाल ६ प्रतिशतको सीमालाई बढाएर ८ प्रतिशत पुर्याइने भएको छ ।बोर्डले नेप्सेको कारोबार विनियमावलीको संशोधनलाई अन्तिम रूप दिँदै सर्किट ब्रेकरको सीमा थप २ प्रतिशत बिन्दुले बढाउने भएको हो । पूर्व अर्थमन्त्री रामेश्वर खनालको पहलमा गठन भएको सेयर बजार सुधार सुझाव कार्यदलको सुझावअनुसार सर्किट ब्रेकरको सीमा परिवर्तन हुन लागेको हो । बोर्डका कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित कार्यदलले हाल प्रचलनमा रहेको नेप्से सूचकांङ्लाई इक्वीटी इन्डेक्सको र

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • १६७ पटक पढिएको
  • नेपालले प्रस्ताव गरेको विश्व आरोग्य दिवस आज पहिलो पटक विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै

    इटहरी ।  नेपालको मौलिक अभ्यासलाई कूटनीतिको सौम्यशक्तिका रूपमा अगाडि बढाउँदै नेपालले अघि सारेको ‘अन्तर्राष्ट्रिय आरोग्यता दिवस’ अर्थात् ‘इन्टरनेसनल वेलनेस डे’ को सङ्कल्प प्रस्तावलाई संयुक्त राष्ट्र सङ्घको महासभाले पारित गरेसँगै आज विश्वभर विश्व आरोग्य दिवस मनाइँदैछ । अब हरेक वर्ष अप्रिल १५ मा उक्त दिवस विश्वभर मनाइने भएको छ ।नेपालको वैश्विक प्रयास निर्णय भएर विश्वव्यापी रूपमा आरोग्यता दिवस मनाउने घोषणा संयुक्त राष्ट्र सङ्घले गर्नु नेपाल र यस क्षेत्रकै लागि गौरवको विषय मानिएको छ ।हालै संयुक्त राष्ट्र संघको महासभाले नेपालको प्रस्तावलाई भारी मतका साथ पारित गरेको थियो । निवर्तमान परराष्ट्

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • १७० पटक पढिएको
  • अब सार्वजनिक बिदामा पनि हुलाकमार्फत् कुरियर हुने

    इटहरी । अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा उपलब्ध हुने भएको छ । सञ्चारमन्त्री तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले विभिन्न निकायहरुसँगको समन्वयमा हुलाकबाट हुने वस्तु आयातनिर्यातका लागि थप सहज बनाएको बताएको छ ।हुलाक सेवा विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नागरिक उड्डयन प्राधिकरणबीच समन्वयमा एक्सप्रेस वे प्रणाली लागू गरिएको हो ।

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • १५१ पटक पढिएको
  • शैक्षिक सत्र बैशाख १५ मा शुरु हुने, यी शीर्षकमा लिन पाइन्छ शुल्क

    इटहरी ।  सरकारले २०८३ को शैक्षिक सत्र बैशाख १५ गतेबाट शुरु गर्ने निर्णय गरेको छ । गत २२ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले १५ बैशाखबाट शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरेको थियो ।सरकारले जारी गरेको शुल्क निर्धारण मापदण्डमा १४ वटा शीर्षकमा शुल्क लिन पाइने व्यवस्था छ । मासिक पढाइ शुल्क, वर्षिक शुल्क, भर्ना शुल्क, धरौटी शुल्क, परीक्षा शुल्क, कम्प्युटर शुल्क, स्थानान्तरण शुल्क, विशेष प्रशिक्षण शुल्क, आवास शुल्क, भोजन शुल्क, परिवहन शुल्क, शैक्षिक भ्रमण, अन्तर विद्यालय प्रतियोगिता सञ्चालन र शैक्षिक सामग्री शुल्क लिन पाइने भएको हो ।मासिक पढाइ शुल्क १२ महिनाको लिन सकिने मापदण्डमा उल्लेख छ ।

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • २५५ पटक पढिएको
  • बैशाखमा पनि झर्याे ब्याजदर तल, व्यक्तिगत मुद्दति निक्षेपमा १९ बैंकहरुको अधिकतम ब्याजदर ५ प्रतिशतभन्दा कम

    इटहरी ।  वाणिज्य बैंकहरुले बैशाख महिनाका लागि पनि ब्याजदर घटाएका छन् । व्यक्तिगत मुद्दति निक्षेपमा १९ वाणिज्य बैंकहरुको अधिकतम ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ ।बैंकहरुले २०८३ बैशाख महिनाका लागि प्रकाशित गरेको नयाँ ब्याजदर औसतमा ० दशमलव ०९४ प्रतिशतले घटेको हो ।चैत महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा ४ बैंकहरुले अधिकतममा ५ प्रतिशत ब्याजदर दिँदै आएकोमा तीन बैंकहरुले ब्याजदर घटाएपछि १९ बैंकहरुको अधिकतम ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको हो । चैत महिनाका लागि हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक र एनएमबि बैंकले ५ व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ५ प्रतिशतसम्म ब्

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • १६० पटक पढिएको
  • कोशी प्रदेशका ५६९ जना सहायक हवल्दारको एकसाथ सरुवा

    विराटनगरः नेपाल प्रहरीका ५६९ जना सहायक हवल्दारको सरुवा कोशी प्रदेशमा एकैपटक गरिएको छ ।सोमबार प्रदेश प्रहरी कार्यालय विराटनगरले ती सहायक हवल्दारको सरुवा गरेको हो । सरुवा भएकाहरुले वैशाख महिनादेखिको तलबभत्ता हाल कायम भएकै दरबन्दीबाट पाउने बताइएको छ ।

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • २०६ पटक पढिएको
  • मोरङको जीवन विकास, बाँकेको युनिक नेपाल र काभ्रेको मानुषी लघुवित्तबीच भयो मर्जर सम्झौता

    इटहरी ।  मोरङस्थित जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, बाँकेको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र काभ्रेपलाञ्चोकको मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर हुने भएको छ ।मर्जरपश्चात् ‘जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार हुने र केन्द्रीय कार्यालय मोरङको कटहरीमा रहने सम्झौता भएको छ । जीवन विकासका हालका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले नै एकीकृत संस्थाको नेतृत्व गर्ने भएका छन् ।मर्जर प्रक्रियालाई व्यवस्थित रूपमा अघि बढाउन ६ सदस्यीय संयुक्त समिति गठन गरिएको र २०८३ असार मसान्तभित्र मर्जर सम्पन्न भइसक्ने बताइएको छ ।

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • १२३ पटक पढिएको
  • सुन्दरहरैंचाको गछिया युवा समाज विदेशी टोली नाइजेरियालाई हराउँदै पुग्यो इटहरी गोल्डकपको सेमीफाइनलमा

    इटहरीः १६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत भएको खेलमा जस्ट जोन फुटबल क्लब नाइजेरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै युवा समाज सुन्दरहरैंचा सेमीफाइनलमा प्रवेश गरेको छ ।सोमबार राति सम्पन्न उद्घाटन खेलको चौथो मिनेटमै श्रीजन गौतमले गोल गर्दै मोरङलाई अग्रता दिलाएका थिए । विपक्षी डिफेन्डर तायो एक्किरिन्ससोयबाट रिबाउन्ड भएको बललाई उनले जाली चुमाएका हुन् । दबाबमा रहेको नाइजेरियन टिमका लागि ३५ औँ मिनेटमा डिबोला हामजामले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।दोस्रो हाफको ३८ औँ मिनेटमा सुजन डंगोलले उत्कृष्ट गोल गर्दै युवा समाज सुन्दरहरैंचालाई २–१

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • १९६ पटक पढिएको
  • छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

    इटहरी ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक विद्यालयलाई नियमबमोजिम प्रदान गरिएका छात्रवृत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावली बमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिए बमोजिम १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण अध्यावधिक गरेको तथा नगरेको सम्बन्धमा अनुगमन र सहजीकरण गर्न स्थानीय तहलाई अनुरोधसमेत गरेको छ ।अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ मा उल्लेख भएअनुसार निजी लगानीका विद्यालय र सार्वजनिक शैक्षिक गुठीअन्तर्गत

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • १८२ पटक पढिएको
  • नयाँ वर्षमा शिक्षा निकेतन मावि २०६५ एसएलसी ब्याचद्वारा शुभकामना आदनप्रदान

    सलकपुरः मोरङको सुन्दरहरैंचा–८ मा रहेको शिक्षा निकेतन मावि २०६५ एसएलसी ब्याच समूहको आयोजनामा सलकपुरस्थित भुल्के चिल्ड्रेन पार्कमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ ।शनिबार आयोजित कार्यक्रममा विद्यालयका सहायक प्रधानध्यापक घनश्याम ढकालको प्रमुख आतिथ्यता रहेको थियो । वसन्त पाख्रिन तामाङको संयोजकत्वमा भएको शुभकामना आदनप्रदान कार्यक्रममा विभिन्न क्षेत्रबाट समूहलाई सहयोग गर्ने व्यक्तिहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले पुनर्मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रमले आपसी सम्बन्धलाई मजबुत बनाउने र सामाजिक एकता अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • १६९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल