All Posts By खेमचन्द्र अधिकारी

    Showing १३१-१४० of १,३४४ items.
  • ‘चिठ्ठामा रमाउने सरकार आँखा खोल’ भन्ने साजिदा खातुनको अभिव्यक्तिमा सांसद आशिका तामाङको आपत्ति

    इटहरी । नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकार चिठ्ठामा रमाइरहेको टिप्पणी गरेपछि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नियमापत्ति गरेकी छिन् ।प्रतिनिधि सभाको बुधबारको बैठकमा एमाले सांसद सिद्धिकीले सरकार चिठ्ठामा रमाइरहेको टिप्पणी गरेकी थिइन् ।‘राजनीति भनेको केवल शक्ति र सत्ता प्राप्त गर्नु मात्र होइन, चुनावमा होमिएर केवल जीतहार प्राप्त गर्नुमात्र पनि होइन । चुनावको माध्यमबाट सरकार चलाउनु पनि हो । होइन र सरकार ?’, सिद्धिकीले भनिन्, ‘नागरिकको असल र सुखी जीवन सुनिश्चित गर्नु हो । सार्वजनिक हितमा रहेर कार्य गर्नु यो सरकारको पहिलो दायित्व र पहिलो कर्तव्य पन

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • १३७ पटक पढिएको
  • भारतीय स्वतन्त्रता दिवसको अवसरमा भएको कोशी प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा इलामकी एस्तर दियाली पहिलो

    इलामः भारतीय स्वतन्त्रता दिवसको अवसरमा नेपाल–भारत मैत्री संघले आयोजना गरेको कोशी प्रदेशस्तरीय निबन्ध लेखन प्रतियोगितामा इलामको अमर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा एस्तर दियाली पहिलो भएकी छिन् ।कोशी प्रदेशका विभिन्न जिल्लाका विद्यालयबाट सहभागी विद्यार्थीबीच भएको प्रतियोगितामा प्रथम भएकी एस्तरले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेकी छिन् ।सो प्रतियोगितामा झापाको धुलाबारी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रले द्वितीय स्थान हासिल गरेका छन् । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।सुनसरीको बालमन्दिर माध्यमिक विद्यालयमा

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • १२२ पटक पढिएको
  • आयुर्वेद स्वास्थ्यकर्मीका ५ बुँदे माग, मन्त्रालयमा बुझाए ज्ञापनपत्र

    विराटनगरः नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजले कोशी प्रदेश सरकारसमक्ष आयुर्वेद क्षेत्रको विकास र कर्मचारीको वृत्तिविकाससहित ५ बुँदे माग राखेको छ । समाजका कोशी प्रदेश अध्यक्ष वैजनाथ साह नेतृत्वको टोलीले प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा. कीर्तिपाल सुवेदीलाई ध्यानाकर्षण पत्र बुझाउँदै माग पूरा गर्न आग्रह गरेको हो ।प्रदेश सरकारले आयुर्वेदको दिगो विकासका लागि स्पष्ट गुरुयोजना र रणनीति तयार गर्नुपर्ने समाजको मुख्य माग छ । ज्ञापनपत्र बुझाउने क्रममा समाजकी मोरङ जिल्ला अध्यक्ष सरिता श्रेष्ठले प्रदेशमा आयुर्वेद क्षेत्र उपेक्षित भइरहेको भन्दै यसतर्फ सरकारको ध्यान जानु जरुरी रहेको बताउनुभयो ।यी हुन्

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • ११६ पटक पढिएको
  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन, राजकीय सम्मानका साथ गरियो अन्त्येष्टी

    इटहरी ।  नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठ (ख्वबिलु) को ९१ वर्षको उमेरमा आइतबार राति आफ्नै निवास बुढानीकण्ठमा निधन भएको छ ।उहाँको शव श्रद्धाञ्जलीका लागि मंगलबार नेपाल भाषा मंकाः खलः मा राखिएको थियो । उहाँका श्रीमती, एक छोरी र दुई छोरा हुनुहुन्छ ।वि.सं. १९९२ साउनमा जन्मनुभएका उहाँले लामो समय क्षेत्रपाटीस्थित कन्या मन्दिर विद्यालयमा अध्यापन गर्नुभएको थियो । कवि श्रेष्ठको पहिलो रचना सान्त्वना कविता धर्मोदय पत्रिकामा प्रकाशित भएको थियो ।२०६० सालमा नेपाल भाषा परिषदद्वारा ‘जनकवि’ को उपाधि हासिल गर्नुभएका उहाँ २०६१ सालमा नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको प्रज्ञा–सभासद् हुनुहुन्थ्यो ।स

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • १४७ पटक पढिएको
  • दुई घण्टामा १ अर्ब ४३ करोड रुपैयाँको मात्रै भयो शेयर किनबेच

    विराटचोकः आज २ घण्टाको अवधिमा १ अर्ब ४३ करोड रुपैयाँको मात्रै शेयर किनबेच भएको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से सूचक १५ अंकसम्म तल झरे पनि अहिले भने केही सम्हालिएर ४ अंकले मात्रै नकारात्मक रहेको छ ।नेप्से सूचक २६१८ आसपास रहेर कारोबार भइरहेको बजारमा सबैभन्दा धेरै सोलु हाइड्रोपावरको शेयर किनबेच भएको छ । दोस्रोमा माउण्टेन इनर्जीको उच्च कारोबार भएको छ ।

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • १४१ पटक पढिएको
  • २७०० रुपैयाँ घट्यो सुनको मूल्य, चाँदीको १६० रुपैयाँ

    इटहरी ।  आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १६० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ ।आज चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • ९४ पटक पढिएको
  • आज राष्ट्रिय सूचना दिवस

    इटहरी । आज नेपालमा राष्ट्रिय सूचना दिवस मनाइँदैछ । वि.सं. २०६४ भदौ ३ गते सूचनाको हकसम्बन्धी ऐन, २०६४ लागू भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।नागरिकलाई आफ्नो सूचनाको हकबारे जानकारी गराउने र सार्वजनिक निकायबाट सूचना प्राप्त गर्ने अधिकारप्रति सचेत बनाउने उद्देश्यले राष्ट्रिय सूचना दिवस मनाइन्छ ।नेपालको संविधान २०७२ को धारा २७ ले प्रत्येक नागरिकलाई सूचनाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । यसले नागरिकलाई सार्वजनिक सरोकार तथा सार्वजनिक निकायसँग सम्बन्धित सूचना माग्ने र प्राप्त गर्ने अधिकार प्रदान गरेको छ ।राष्ट्रिय सूचना आयोगको नेतृत्वमा हरेक वर्ष राष्ट्रिय सूचना दिवसका अवस

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • ८५ पटक पढिएको
  • २४ घण्टामा झापाको अर्जुनधारामा भारी वर्षा, ५ प्रदेशका पहाडी जिल्लाका केही स्थानमा आज भारी वर्षा हुने

    इटहरी । गत २४ घण्टामा झापाको अर्जुनधाराको सिस्नेमा सबैभन्दा धेरै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार त्यहाँ २४ घण्टामा १८४. ८ मिलिमिटर वर्षा भएको छ । सोही अवधिमा कास्कीको पोखरा र पञ्चमूलमा पनि १०० मिलिमिटरभन्दा धेरै पानी परेको छ ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।महाशाखाका अनुसार आज दिउँसो पनि साधारण

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • ८३ पटक पढिएको
  • वाल्मीकिको पुनर्जन्मका रूपमा लिइने तुलसीदासको जन्मजयन्ती आज मनाइँदै

    इटहरी ।  संस्कृत भाषाका आदिकवि वाल्मीकिको पुनर्जन्मका रूपमा समेत लिइने कवि तुलसीदासको जन्मजयन्ती आज मनाइँदैछ ।उहाँले लेख्नुभएको हनुमान चालिसाका श्लोकहरू नेपाल, भारत लगायत विश्वभरका वैदिक सनातन हिन्दू अनुयायीहरूले अर्चना गर्ने, गाउने अनि जप्ने गर्दछन् । आफ्नो जीवनको अधिकांश काल तुलसीदासले बनारसको वाराणसीमा बिताउनुभएको थियो ।बनारसमा अहिले पनि तुलसीदासको नाममा एउटा घाटको नामकरण गरिएको छ ।तुलसीदास १२ महिना आमाको गर्भमा रहेका थिए र जन्मिँद १२ वटा दाँत सहित जन्मिएका थिए भनिन्छ । जन्मनासाथ अरू बच्चाहरू झैँ नरोई ‘राम’ नामको उच्चारण गरेका थिए । त्यसै कारणले उनको नाम रम्बोला दास रहन गएको थियो

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • १४९ पटक पढिएको
  • आज विश्व फोटोग्राफी दिवस मनाइँदै

    इटहरी ।  आज विश्व फोटोग्राफी दिवस मनाइँदै छ । प्रत्येक वर्ष अगस्ट १९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।फोटोग्राफीमा रुचि राख्ने मानिसहरुलाई प्रोत्साहन गर्न र व्यवसायिक रुपमा फोटोग्राफी गरेर बसिरहेका मानिसहरुको सम्मान गर्न विश्व फोटोग्राफी दिवस मनाइन्छ ।नेपालमा सन् २०१० बाट औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो ।संसारको सबैभन्दा पहिलो तस्बिरसंसारमा सबैभन्दा पहिलो तस्बिर सन् १८२६ मा फ्रान्समा खिचिएको थियो । त्यसबेला जोसेफ नाइस्पÞmोर नाइप्सीले हेलियोग्राफीको सहायताबाट पहिलो तस्बिर खिचेका थिए । हेलियोग्राफी भनेको पनि फोटोग्राफीकै एक प्रक्रिय

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • १२२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल