All Posts By खेमचन्द्र अधिकारी

    Showing १,७६१-१,७७० of २,०८६ items.
  • सुकुना बहुमुखी क्याम्पसमा भएको निःशुल्क स्वास्थ्य शिविरमा एक सय जना लाभान्वित

    विराटचोकः सुकुना बहुमुखी क्याम्पसको आयोजना तथा सान्वी सिटी हस्पिटल इटहरीको प्राविधिक सहयोगमा बुधबार भएको निःशुल्क स्वास्थ्य शिविरमा एक सय जना लाभाग्राहीले सेवा लिएका छन् ।सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको शिविरमा सर्वसाधारण, स्थानीयवासी, विद्यार्थी, कर्मचारी तथा प्राध्यापकहरूले स्वास्थ्य सेवा लिएका थिए ।स्वास्थ्य शिविरमा रक्त परीक्षण, इसिजी तथा विभिन्न स्वास्थ्य जाँच सेवा प्रदान गरिएको थियो ।शिविराम स्त्रीरोग विशेषज्ञ डा. रामविश्वेश्वर शाह, फिजिसियन डा. दीपक चौधरी र जितेश यादवले स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • २३६ पटक पढिएको
  • अध्यादेश आउनुअघि नै त्रिविका पदाधिकारीले दिए राजीनामा

    काठमाडौंः सरकारले सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्नेगरी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएको छ । सो अध्यादेश आउनुअघि नै नेपालको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिएका छन् ।आज बिहान बैठक बसी त्रिविका उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले सामुहिक राजीनामा दिएका हुन् ।उनीहरुले कर्मचारीमार्फत् राजीनामा पठाएको बताइएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारको ह्वाट्सअपमा पनि सो राजीनामा पत्र पठाइएको बताइएको छ ।उपकुलपति अर्याल केप

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • २०० पटक पढिएको
  • लेटाङमा चरनमा छोडिएका ३० मध्ये १० वटा मृत भेटिए, २० वटा बिरामी अवस्थामा

    लेटाङः मोरङको लेटाङमा बैशाख १४ गते चरनका लागि छोडिएका ३० वटा बाख्रा बेलुका खोरमा नफर्किएपछि खोजी गर्ने क्रममा १० वटा मृत अवस्थामा र २० वटा बिरामी अवस्थामा फेला परेका छन् ।लेटाङ नगरपालिका–५ खेरुवास्थित आर्मी क्याम्पनजिकैबाट मोरङे खोला डिल क्षेत्रमा चरनमा पठाइएका बाख्रा आज बिहान फेला परेका हुुन् ।स्थानीयवासी, प्रहरी तथा बाख्राधनीले विभिन्न क्षेत्रमा खोजी गर्ने क्रममा बाख्रा फेला परेका थिए । बिरामी अवस्थामा भेटिएका बाख्राहरूको उपचारको तयारी भइरहेको र घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • २४२ पटक पढिएको
  • २ घण्टामा २ अर्ब ३६ करोडको शेयर कारोबार, उच्च मूल्य बढ्नेमा डिबेञ्चर शेयर

    विराटचोकः साताको अन्तिम शेयर कारोबार दिन आज बजार खुलेदेखि नै बजार हरियो हुन सकेको छैन । २ घण्टाको अवधिमा बजार १९ अङ्क घटेर २७२६ हाराहारीमा नेप्से सूचक रहेर शेयर किनबेच भइरहेको छ । घटेको बजारमा ऋणपत्र (डिबेञ्चर) हरूको मूल्य बढेको छ ।घटेको बजारमा ऋणपत्रहरु आरबीबी फोकस ४०, सुपर खुदी हाइड्रोपावर, हिमालयन बैंक लिमिटेड बोण्ड २०८६, ९ प्रतिशत कामना सेवा विकास बैंक लिमिटेड डिबेञ्चर २०८७ र ८.५ प्रतिशत नेपाल इन्भेष्टमेण्ट बैंक डिबेञ्चरको शेयरमूल्य उच्च बढेको छ ।कर्पाेरेट डेभलपमेण्ट बैंक, झापा इनर्जीलगायतको शेयरमूल्यमा धेरै गिरावट आएको छ ।२ घण्टाको अवधिमा २ अर्ब ३६ करोड २३ लाख रुपैयाँभन्दा धेरैको शेय

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • २२० पटक पढिएको
  • पाँचथरमा हावाहुरी र वर्षाले दर्जन बढी घरमा क्षति

    फिदिमः हिजो साँझ ५ बजे आएको हावाहुरी सहितको वर्षाले पाँचथरका विभिन्न स्थानमा घरमा क्षति पुर्याएको छ ।जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फिदिम नगरपालिका–१ शनिबारेस्थित टीकाराम भट्टराईको दुई तले घरको छानो उडाएको छ । सोही घरमा सञ्चालनमा रहेको किराना पसलका सामान, अन्नपात तथा लत्ताकपडासमेत नोक्सान भएको छ । जसका कारण १ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । सात सदस्यीय परिवार हाल सोही स्थानमा पाल टाँगेर बसिरहेको बताइएको छ ।फिदिम नगरपालिका–१ किराँत चोकका मदनकुमार नेम्वाङको पक्की घरको माथिल्लो तलाको टिनको छाना र काठ उडाउँदा करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको छ । उनको १२

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • १६३ पटक पढिएको
  • आज पनि घट्यो सुन र चाँदी दुवैको भाउ

    इटहरी ।  आज पनि सुन र चाँदी दुवैको भाउ घटेको छ । आज सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँ र चाँदीको भाउ तोलामा १०५ रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला २ लाख ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।चाँदीको भाउ प्रतितोला ४ हजार ८१० रुपैयाँ कायम भएको छ ।

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • २०८ पटक पढिएको
  • निजामती कर्मचारीलाई १५ दिनमा तलब दिन शुरु

    काठमाडौंः निजामती कर्मचारीलाई सरकारले १५ दिनमै तलब दिन थालेको छ । पाइलट परियोजनाको रुपमा उक्त कार्य हिजोदेखि कार्यन्वयनमा आएको अर्थ मन्त्रालयले जनाएको छ ।हिजो बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले १५ दिनमै कर्मचारीलाई तलब दिने कार्यको शुरु गरेका हुन् ।महालेखा नियन्त्रक कार्यालयको कर्मचारीहरूलाई तलब प्रविष्ट गर्ने प्रणाली कम्प्युटरराइज्ड गभरमेन्ट एकाउन्टिङ सिस्टम (सिगास) मार्फत कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेश पठाई अर्थमन्त्री वाग्लेले १५ दिनमै तलब दिने कार्यको सुरुआत गरेका हुन् । अर्थमन्त्रीको सो आदेशसँगै अर्थ मन्त्रालयका कर्मचारीहर

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • १६४ पटक पढिएको
  • गत चुनावमा असहयोग गर्ने सात नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण

    इटहरी । नेपाली कांग्रेसले गत निर्वाचनमा पार्टीको आधिकारिक उम्मेद्वारलाई असहयोग गर्ने ५ जना नेतालाई स्पष्टीकरण सोधेको छ । मंगलबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने नेताहरूलाई ५ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको समितिका संयोजक तारामान गुरुङले जानकारी दिए ।यी हुन् स्पष्टीकरण सोधिएका नेताहरू१. देवकरण प्रसाद कलवार (सन्तु), महासमिति सदस्य, कांग्रेस एवं वनमन्त्री, लुम्बिनी प्रदेश२. कोशी प्रदेशका सांसद, पूर

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • १३९ पटक पढिएको
  • स्थानीयवासी तथा वैदेशिक रोजगारीमा रहेकाहरुका लागि माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले आजदेखि आईपीओ बेच्ने

    इटहरी ।  माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आजदेखि आईपीओ बिक्री गर्ने भएको छ ।कम्पनीले ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत बराबर २५ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । यसमध्ये ८ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ । प्रभावित क्षेत्रभित्र पनि अति प्रभावित र अन्य प्रभावित क्षेत्रका बासिन्दाबीच छुट्टै अनुपातमा सेयर बाँडफाँट गरिने व्यवस्था गरिएको छ ।सर्वसाधारणका लागि छुट्याइएको कोटाभित्रबाट १०

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • १९३ पटक पढिएको
  • आज पनि देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना

    इटहरी ।  आज पनि देशका धेरै भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।विभागका अनुसार हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम छ । तल्लो वायुमण्डलको न्यून चापीय क्षेत्रको प्रभावले अहिले देशका अधिकांश स्थानमा बादल लागेको छ ।बागमती र गण्डकी प्रदेशका धेरै तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित मध्यम वर्षा भइरहेको छ भने मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि यस्तै प्रकृतिको वर्षा भइरहेको महाशाखाले जनाएको

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • १८३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल