All Posts By खेमचन्द्र अधिकारी

    Showing २०१-२१० of १,३४५ items.
  • पहिलो पाइला नेपाल सुन्दरहरैंचाले गरेको वक्तृत्वकलामा साजीलालकी समृद्धि लुइँटेल पहिलो

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पहिलो पाइला नेपाल सुन्दरहरैंचा शाखाले बुधबार आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा साजीलाल माध्यमिक विद्यालयकी छात्रा समृद्धि लुइँटेल पहिलो भएकी छिन् ।प्रतियोगितामा सुकुना बहुमुखी क्याम्पसकी रेमिका चौधरी दोस्रो, टेन्डरफिट बोर्डिङ स्कुलकी प्रशंसा भण्डारी तेस्रो तथा माउण्ट मकालुकी सोनिका सुवेदीले सान्त्वना स्थान हासिल गरे । सिद्धार्थ सेकेण्डरीकी प्रतियोगी शरण परियारलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।प्रतियोगितामा ‘धार्मिक सहिष्णुता र सामाजिक सद्भाव प्रवद्र्धनमा युवा विद्यार्थीको भूमिका’ विषयमा विद्यार्थीहरूले आफ्ना धारणा प्रस्तुत गरेका थिए ।पहिलो पाइल

    • प्रकाशित मितिः साउन २८, २०८३
    • ९१ पटक पढिएको
  • नेप्सेको सीईओका लागि ८ जनाको पर्याे आवेदन

    काठमाडौंः नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आठ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता अमृत लम्सालका अनुसार आवेदन दिने अन्तिम समयसम्म आठ जनाको आवेदन परेको हो ।सीईओ छनोटका लागि गठित सिफारिश समितिले आवेदकहरूले पेश गरेको व्यावसायिक कार्ययोजना (बिजनेस प्लान) को मूल्याङ्कन प्रक्रिया अघि बढाउनेछ । बिजनेश प्लानको मूल्याङ्कन सकिनासाथ ८ जनाबाट सर्टलिस्ट तयार हुने बताइएको छ ।सर्टलिस्टमा परेका उम्मेद्वारहरूले आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ । त्यसपछि उनीहरू अन्तर्वार्तामा सहभागी हुनेछन् । प्रस्तुतीकरण र अन्तर्वार्तासहितको छनोट प

    • प्रकाशित मितिः साउन २८, २०८३
    • १३६ पटक पढिएको
  • उपचारका लागि गएका देउवा ५ महिनापछि फर्किए स्वदेश

    काठमाडौंः पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा ५ महिनापछि स्वदेश फर्केका छन् ।केहीबेर अघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका देउवालाई विमानस्थलमै नेताहरू पूर्णबहादुर खड्का, शशांक कोइराला, विमलेन्द्र निधी, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेत, मीनबहादुर विश्वकर्मा, जीतजंग बस्नेत, कान्तिका सेजुवाल, ईश्वरी न्यौपाने लगायतले स्वागत गरेका थिए ।निर्वाचनभन्दा केही दिन अघि देउवा गत फागुनमा उपचारका लागि भनेर सिंगापुर र हङकङ बसेका थिए । हङकङबाट थाइल्याण्ड हुँदै देउवा आज नेपाल आएका हुन् ।देउवालाई बाजागाजासहित स्वागत गरि

    • प्रकाशित मितिः साउन २८, २०८३
    • १४२ पटक पढिएको
  • २ घण्टामा १ अर्ब ७१ करोड रुपैयाँको मात्रै शेयर किनबेच

    इटहरी ।  आज दुई घण्टामा शेयर बजारमा जम्मा १ अर्ब ७१ करोड ९ लाख रुपैयाँको मात्रै शेयर किनबेच भएको छ ।सबैभन्दा धेरै घलेम्दी हाइड्रोपावरको २१ करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।दिउँसो १ बज्दा बजार मापक परिसूचक नेप्से साढे १३ अंकभन्दा बढी बढेर २६५६ आसपास पुगेको छ ।बढेको बजारमा आजदेखि दोस्रो बजारमा किनबेच हुन थालेको सर्वाेत्तम पेन्ट्स र हिजोदेखि बजार किनबेच हुन थालेको माउण्ट एभरेष्ट पावर डेभलमपेण्टको शेयरमूल्य सर्वाधिक १५ प्रतिशत बढेको छ ।बजार बढे पनि इमर्जिङ नेपाल लिमिटेड र अप्पर लोहोरे खोलाका लगानीकर्ता सर्वाधिक गुमाउने लगानीकर्तामा परेका छन् ।

    • प्रकाशित मितिः साउन २८, २०८३
    • ११४ पटक पढिएको
  • आज पनि घट्यो सुनको दाम, चाँदीको बढ्यो ५ रुपैयाँ

    इटहरी । आज पनि सुनको दाम घटेको छ । चाँदीको मूल्य भने बढेको छ ।आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ घटेको हो । चाँदीको मूल्य प्रतितोला ५  रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।चाँदीको मूल्य प्रतितोला ४ हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।

    • प्रकाशित मितिः साउन २८, २०८३
    • १०० पटक पढिएको
  • उर्लाबारीवासीलाई नोबेल मेडिकल कलेजमा उपचारमा २० प्रतिशत छुट

    उर्लाबारीः मोरङको उर्लाबारी नगरपालिकावासीले विराटनगर–४, कञ्चनबारीमा रहेको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा उपचारमा सहुलियत पाउने भएका छन् ।नगरपालिका र सो हस्पिटलबीच नगरवासीलाई उपचारमा सहुलियत उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौताअनुसार उर्लाबारी नगरपालिकामा बसोबास गर्ने नागरिकले नोबेल मेडिकल कलेजमा उपचार गराउँदा तोकिएका सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।सम्झौतामा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका महाप्रबन्धक दिपेश राई र उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले हस्ताक्षर गर्नुभएको छ । सो कार्यक्रममा अस्पतालका जनसम्पर्क अधिकृत नवीन दाहाललगायतको उपस्थिति थियो ।नेपाल सरकारबाट

    • प्रकाशित मितिः साउन २८, २०८३
    • १४८ पटक पढिएको
  • आज विश्व सुलेखन दिवस मनाइँदै

    इटहरी ।  आज अगस्ट महिनाको दोस्रो बुधबार । नेपालसहित विश्वभर आज विश्व सुलेखन दिवस मनाइँदै छ ।अक्षर लेखनसँग सम्बन्धित विभिन्न कार्यक्रम गरी यो दिवस मनाइन्छ । हरेक वर्ष अगस्टको दोस्रो बुधबार विश्व क्यालिग्राफी (सुलेखन) दिवस मनाइन्छ । दिवसमार्फत् अक्षर लेखनको सुनौलो प्रभावको विश्वव्यापी चर्चा गरिन्छ ।यो दिवस सन् २०१७ देखि मनाउन थालिएको हो । राम्रा अक्षरहरू लेख्ने कलालाई नै क्यालीग्राफी भनिन्छ । ब्रस (कुची) या कलमले यसरी राम्रा अक्षरहरू लेख्ने कलालाई नै क्यालिग्राफी भनिन्छ । यस्ता क्यालिग्राफीहरुको डिजिटल फन्टहरूको सिर्जनामा ठूलो योगदान रहन्छ ।इतिहास हेर्दा राम्रा र विशेष अक्षरहरू देवताको

    • प्रकाशित मितिः साउन २८, २०८३
    • १४३ पटक पढिएको
  • बुधबार झिनो अंकले बढ्यो नेप्से, कारोबारमा आयो गिरावट

    इटहरी ।  बुधबार शेयर बजार मापक नेप्से परिसूचक ०.०२ प्रतिशत अर्थात् ०.५५ अंकले बढेर २ हजार ६४२.४० विन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३४८ स्टकको ८७ लाख १ हजार ९४४ कित्ता शेयर ४३ हजार ९९० पटक किनबेच हुँदा ३ अर्ब ५३ करोड २१ लाख ५ हजार ५१८ रुपैयाँको शेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब ११ करोड ९ लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।कारोबारमा आएका ५ वटामा हरियाली छाउँदा लगानी समूह सर्वाधिक अर्थात २.२१ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात ०.७० प्रतिशतले घटेको छ ।एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ३१ करोड ६० लाख रुपैयाँको शेयर किनबेच भएको छ । दोस्रो बजारमा का

    • प्रकाशित मितिः साउन २८, २०८३
    • ६९ पटक पढिएको
  • कोशीमा कांग्रेसका मन्त्रीले दिए मुख्यमन्त्री कार्कीसमक्ष सामुहिक राजीनामा

    विराटनगरः कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी मन्त्रीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष सामुहिक राजीनामा दिएका छन् ।राजीनामा बुझाउनेमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवार, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ पालुङ्वा रहेका छन् ।यससँगै मुख्यमन्त्री कार्की नेतृत्वको सरकारको आगामी स्वरूप र नयाँ राजनीतिक समीकरणबारे चासो बढेको छ । राजीनामापछि मुख्यमन्त्री कार्कीले सरकार पुनर्गठन तथा आगामी राजनीतिक सहकार्यबारे आवश्यक निर्णय लिने

    • प्रकाशित मितिः साउन २८, २०८३
    • २१३ पटक पढिएको
  • पत्रकार किशोर श्रेष्ठ पक्राउ

    काठमाडौंः जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका छन् ।श्रेष्ठलाई ललितपुरको नख्खुबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।एक जना सांसदको महिलासँगको यौन आशययुक्त तस्बिर सामाजिक सञ्जालमा प्रकाशन गरेको विषयमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको जनाइएको छ ।

    • प्रकाशित मितिः साउन २८, २०८३
    • १०९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल