इटहरी । आज विश्व बाघ दिवस हो । विश्वभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइन्छ । सन् १९७० देखि बाघ संरक्षण कार्यक्रमहरू भइरहेका छन् ।हालैमात्र एक सर्भेक्षणले नेपाललाई विश्वको प्रमुख बाघ गन्तव्यको रुपमा चित्रित गरेको छ । लोन्ली प्लानेट नामको विश्वको चर्चित पर्यटन पोर्टलले यस्तो गन्तव्य सूची सार्वजनिक गरेको हो । हालै सार्वजनिक भएको सूची अनुसार नेपालको चितवन राष्ट्रिय निकुन्ज बाघ हेर्न पाइने विश्वको शीर्ष तीन गन्तव्यमा परेको छ ।भारतको उत्तराखण्डको जिम कोर्बेट राष्ट्रिय निकुन्ज तथा बंगलादेशको सुन्दर वन क्षेत्र यस्तो सूचीको पहिलो र दोस्रो नम्बरमा रहेका छन् । यो सूचीकरणले नेपालको पर्यटनमा फाइदा
इटहरी । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षमा ८८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.६९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ६० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।सो बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै तथा इम्पेयरमेन्ट चार्ज घटेसँगै खुद नाफामा पनि सुधार देखिएको हो । समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा १ अर्ब ३५ करोड ३० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ८८ करोड ४४ लाख रुपैयाँ सञ्चालन नाफा थियो ।त्यस्तै, बैंकको खुद ब्याज आम्दानी बढेर २ अर्ब ४२ करोड
इटहरी । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२\८३ को चौथो त्रैमाससम्म १३ करोड ८२ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.७६ प्रतिशतले बढी हो ।समीक्षा अवधिमा संस्थाको खुद सञ्चालन नाफा २५ करोड २७ लाख ५८ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष २० करोड २० लाख ४४ हजार रुपैयाँ रहेको थियो ।खुद ब्याज आम्दानी भने २२ करोड ३६ लाख रुपैयाँबाट घटेर १९ करोड १५ लाख ४२ हजार रुपैयाँमा सीमित बनेको छ । ५ करोड ५० लाख रुपैयाँ रहेको सञ्चालन खर्च बढेर ५ करोड ६२ लाख पुगेको छ ।संस्थाको वितरणयोग्य मुनाफा ११ करोड ४१ लाख रुपैयाँ रहेको छ भने लाभांश
केराबारीः केराबारी गाउँपालिका उपाध्यक्ष तथा अपाङ्गता परिचयपत्र वितरण स्थानीय समन्वय समिति संयोजक मनमाया मगरको अध्यक्षतामा बसेको बैठकमा केराबारीका थप ८ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।विभिन्न वडाका अपाङ्गता भएका व्यक्तिलाई ती परिचयपत्र वितरण गरिएको हो । जसमा रातो (पूर्ण अशक्त ) १ थान, निलो (अति अशक्त) ६ थान र पँहेलो (मध्यम अशक्त) १ थान अपाङ्गता परिचय पत्र वितरण गरिएको हो ।केराबारी गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई परिचय–पत्र वितरण सहित बैठक सञ्चालन भएको थियो ।
इटहरी । आज गुरुपूर्णिमा तथा व्यास जयन्ती मनाइँदैछ । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाउने गरिन्छ ।वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल पूर्णिमाको दिन वैदिककालदेखि गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले यस दिन विभिन्न मिष्ठान्न भोजनका साथ सम्मान गर्ने परम्परा रही आएको छ ।गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः ।गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।।माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव
इटहरी । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२\८३ को असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले १९ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३.६४ प्रतिशत बढी हो ।गत आर्थिक वर्षमा खुद ब्याज आम्दानीतर्फ बैंकले ७.४७ ले वृद्धि गरी २२ करोड ७४ लाख रुपैयाँ पुर्याएको छ ।लघुवित्तको सञ्चालन नाफा १५ करोड ७६ लाखबाट वृद्धि भई २७ करोड २७ लाख पुगेको छ । लघुवित्तले खराब कर्जा फिर्ता र ब्याज खर्चलाई नियन्त्रण गरेर नाफा बढाएको उल्लेख गरेको छ ।लघुवित्त
इटहरीः जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका १० स्थानीय तहमा मङ्गलबार बेलुका ९ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव प्रसाद अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कफ्र्यु आदेश जारी गरेका हुन् ।प्रशासनका अनुसार कफ्र्यु अवधिभर तोकिएका क्षेत्रमा कुनै पनि व्यक्तिको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्ना लगायतका गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ । आदेश उल्लंघन गर्ने व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ ।यी हुन् कर्फ्य
इटहरीः इटहरी उपमहानगरपालिकाले नगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालय आइतबारसम्म बन्द रहने र सोमबारदेखि नियमित रूपमा सञ्चालन हुने जनाएको छ ।नगर प्रमुख हेमकर्ण पौडेलद्वारा जारी सूचनाअनुसार अत्यधिक मौसमी प्रतिकूलताका कारण विद्यार्थीको सिकाइ तथा विद्यालयका शैक्षिक गतिविधिमा प्रत्यक्ष असर परेकाले शैक्षिक सत्र २०८३ को बिदाबाट कट्टा हुने गरी साउन १३ गतेदेखि १५ गते (तीन दिन) सम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।१६ गते शनिबार र १७ गते आइतबार सार्वजनिक बिदाका दिन परेका हुनाले अब सोमबारदेखि मात्रै नगरका विद्यालय सञ्चालन हुने भएका हुन् ।
इटहरी । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र आयोजना हुने विभिन्न सार्वजनिक तथा निजी कार्यक्रमहरूमा डीजे प्रयोग गर्न रोक लगाएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सूचनामा जिल्लाभित्र हुने मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी उत्सव, श्राद्धपर्व, धार्मिक कार्यक्रम, पुराणलगायतका कार्यक्रम तथा अन्य कुनै पनि स्थानमा छुट्टै अनुमति वा सूचना जारी नगरिएको अवस्थामा डीजेको प्रयोग गर्न निषेध गरिएको उल्लेख छ ।प्रशासनले सूचना विपरीत डीजे प्रयोग गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।
इटहरी । २७०० बिन्दु कटेको नेप्से परिसूचकमा पुनः गिरावट आउन थालेको छ । आज ०.१७ प्रतिशत अर्थात् ४.६४ अङ्कले घटेर नेप्से २ हजार ६९६.६७ विन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३४२ कम्पनीको १ करोड ४ लाख २१ हजार ८६३ कित्ता शेयर ५५ हजार ५८० पटक किनबेच हुँदा ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार ५४२ रुपैयाँको शेयर किनबेच भएको छ । हिजो ६ अर्ब २६ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।बजार घटे पनि आज व्यापार समूह सर्वाधिक अर्थात ०.७४ प्रतिशतले बढ्दा फाइनान्स ०.०६, होटल ०.१८ र जलविद्युत समूह ०.१५ प्रतिशतले बढे । अन्य समूह आज सर्वाधिक अर्थात ०.८० प्रतिशतले घटेको छ ।आज सेन्ट्रल फाइनान्सको सर्वाधिक २७ करोड १४ लाख २७