इटहरी । नयाँ आर्थिक वर्ष २०८३\८४ को पहिलो कारोबार दिन आज नेप्से परिसूचक ७९.७४ अङ्क अर्थात् ३.०६ प्रतिशतले बढेर २६७७.५४ बिन्दुमा अडिएको छ ।बढेको बजारमा आज ३३५ कम्पनीको १ करोड ३ लाख ८९ हजार ७७ कित्ता शेयर ५८ हजार ९४ पटक किनबेच हुँदा ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार ७२३ रुपैयाँको कारोबार भएको छ ।सामुहिक लगानी कोषबाहेक सबै समूहमा हरियाली छाएको दिन आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ४.६० प्रतिशतले बढेको छ ।सर्वाधिक कमाउनेमा श्रीनगर एग्रिटेक इन्डष्ट्रिजको शेयरभाउ १५ प्रतिशत बढ्दा सूर्यकुण्ड हाइड्रोको १४.८३ प्रतिशत, शिखर पावरको १२.५४ प्रतिशत, रिज लाइन इनर्जीको १२.०६ प्रतिशत, मिड सोलु हाइड्रोको १२
विराटचोकः आजदेखि सुन्दरहरैंचाको विराटचोकमा नेपाल स्काउट स्थानीय समिति सुन्दरहरैंचाको आयोजना तथा हिमालय इङ्लिस स्कुल, सुन्दरहरैंचा १० को सहआयोजना एवं व्यवस्थापनमा ‘हिमालय मनसुन स्काउट क्याम्प २०८३’ शुरु भएको छ ।‘प्रकृतिसँग सङ्गत, स्काउटिङको जगत’ भन्ने नारासहित साउन १ देखि ३ गतेसम्म सञ्चालन हुने क्याम्पमा नगरका विभिन्न विद्यालयका ५० भन्दा बढी स्काउट विद्यार्थी सहभागी भएको आयोजकले जनाएको छ ।क्याम्पको सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले स्काउटले विद्यार्थीमा अनुशासन सिकाउनुका साथै घरबाहिरको वातावरणमा घुलमिल हुन सहयोग गर्ने बताउनुभयो ।विद्यार्थीमा अनुशासन, नेतृत्व, आत्मनिर्भरत
केराबारीः सडक पार गर्दै गरेकी महिलालाई आज टिपरले ठक्कर दिँदा मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकमा ७० वर्षीया विष्णुमाया मगरको ज्यान गएको छ ।केराबारीबाट धरानतर्फ जाँदै गरेको को १ ख ६७९० नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएकी मगरको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।दुर्घटनामा संलग्न टिपर र चालक सङ्खुवासभाको चैनपुर नगरपालिका–११ घर भई हाल सुनसरी धरान उपमहानगरपालिका–१३ बस्ने २३ वर्षीय विक्रम माझीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको सम्बन्धमा अनुसन्धान शुरु भएको छ ।
इटहरी । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट भएको छ । सुन प्रतितोला ३ हजार १०० रुपैयाँ र चाँदी प्रतितोला १२५ रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।चाँदी प्रतितोला ४ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
विराटचोकः मोरङको सुन्दरहरैंचा–१२ स्थित इन्द्रपुर नमुना माध्यमिक विद्यालयले ‘द भ्वाइस किड्स नेपाल’को ब्याटल राउन्डसम्म पुग्न सफल प्रतिभाशाली विद्यार्थी प्रनिसजंग केसीलाई एक वर्षको पूर्ण छात्रवृत्तिसहित सम्मान गरेको छ । कोसी कक्षा ३ मा अध्ययनरत छन् ।कक्षा ३ मा अध्ययनरत केसीले सानै उमेरमा गायन क्षेत्रमा उल्लेखनीय प्रतिभा प्रदर्शन गर्दै ‘द भ्वाइस किड्स नेपाल’को ब्याटल राउन्डसम्मको यात्रा तय गरी विद्यालयको गौरव बढाएको भन्दै विद्यालयले सम्मानपत्रसहित ३४ हजार ८०० रुपैयाँबराबरको पूर्ण छात्रवृत्ति प्रदान गरेको जनाएको छ ।सम्मान कार्यक्रममा प्रनिसजंगका सङ्गीत शिक्षक देवराज ढकाल तथा उनको परिवारलाई समेत वि
विराटचोकः मोरङ र सुनसरीमा लामो समयदेखि निष्क्रिय रहेका ७ वटा सहकारी संस्थाको दर्ता खारेज भएको छ ।कार्यालयका अनुसार नियमन क्षेत्राधिकारभित्र रहेका ती सहकारी संस्थाले विगत दुई वर्षदेखि नियमित विवरण नबुझाई निष्क्रिय रहेका थिए ।कार्यालयले २०८२ भदौ २ गते ३५ दिने र २०८२ पुस २ गते २१ दिने सूचना जारी गर्दै संस्था अद्यावधिक हुन आह्वान गरेको थियो । त्यसपछि स्थलगत अनुगमन र आवश्यक कानुनी प्रक्रिया पूरा गरी २०८३ असार ३२ गतेको निर्णयअनुसार दर्ता खारेज गरिएको कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार दर्ता खारेज भएसँगै ती संस्थाको दर्ता प्रमाणपत्र स्वतः रद्द भएको छ ।खारेज गरिएका सहकारी संस्थामा कोशेली बचत तथा ऋ
इटहरी । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र असुल भएको ब्याजलाई नियमनकारी कोषमा सार्नुनपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थासँगै वित्तीय संस्थाले साउन १५ सम्म असुल गरेको ब्याज लाभांशमा गणना गर्न पाउने भएका छन् ।नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थालाई जारी गरेको सर्कुलरमार्फत् ब्याज आम्दानी र नियमनकारी कोषसम्बन्धी व्यवस्था संशोधन गरेको हो । नयाँ व्यवस्थाले आर्थिक वर्ष सकिएलगत्तै ब्याज असुली गर्न सक्ने बैंक तथा वित्तीय संस्थाको वितरणयोग्य नाफा र लाभांश क्षमता सुधारिने देखिएको छ ।यसअघि बैंकले आम्दानीका रूपमा लेखांकन गरेको तर आर्थिक वर्षको अन्त्यसम्म अ
विराटचोकः आजदेखि तीन दिनसम्म स्थानीय स्काउट कमिटीको आयोजना तथा हिमालय इङ्लिस स्कुलको सह–आयोजनामा ‘हिमालय मनसुन स्काउट क्याम्प–२०८३’ सञ्चालन हुने भएको छ ।सो क्याम्पबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा जनाइएअनुसार तीन दिनसम्म चल्ने क्याम्पमा स्काउटका आधारभूत सिद्धान्त, नेतृत्व विकास, अनुशासन, टोलीगत कार्य, प्राथमिक उपचार, विपद् व्यवस्थापन, वातावरण संरक्षण, सामुदायिक सेवा तथा व्यवहारिक शिक्षासम्बन्धी विविध गतिविधि सञ्चालन गरिने भएको छ ।सो क्याम्पले विद्यार्थीमा आत्मविश्वास, जिम्मेवारीबोध, सहकार्यको भावना र नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको सुन्दरहरै
ठडियाः लायन्स क्लब अफ गोठगाउँ रोयल सिटीले बिहीबार ठडिया आधारभूत विद्यालय सुन्दरहरैंचा–७ को प्राङ्गणमा फलफूलका साथै अन्य विभिन्न जातका बिरुवा रोपेको छ ।सो अवसरमा चिउरी, अमला, म्याङ्गो क्याटस, मोरिङ्गा (शीतल चिनी), अनार, जामुन, फणिर, कागती, नीम र धुपीका बिरुवा रोपिएको हो ।विद्यालयको प्राङ्गणमा आयोजित वृक्षरोपण तथा डस्बिन हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि ३२५ सी का डिस्ट्रिक्ट गर्भनर लीला चिमरिया हुनुहुन्थ्यो । कार्यक्रममा लायन पीएमसीसी राजन खत्रीलगायत लायन्सका विभिन्न पदका पदाधिकारी, लायन्स क्लब अफ गोठगाउँ रोयल सिटीका पदाधिकारी तथा विद्यालयका शिक्षक र विद्यार्थीको सहभागिता रहेको थियो ।
उर्लाबारीः नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा ‘स्थानीय सञ्चारमाध्यमको सुदृढीकरण, दिगोपना तथा प्रभावकारी सञ्चालनका लागि सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम बिहीबार मोरङको उर्लाबारीमा सम्पन्न भएको छ ।सञ्चार क्लब नेपाल उर्लाबारीको समन्वय तथा कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा आयोजित कार्यक्रममा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतम प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री गौतमले कोशी प्रदेश सरकारले सञ्चारसम्बन्धी विधेयक ल्याएर पत्रकार तथा सञ्चार क्षेत्रको हितमा काम गरिरहेको बताउनुभयो ।अन्तरक्रिया कार्यक्रमलाई