All Posts By खेमचन्द्र अधिकारी

    Showing ४१-५० of १,३३१ items.
  • भोटेकोशीको बाढीमा परी घाइते भएका तथा जोखिममा रहेका बाँकी नागरिकलाई आज बिहानैदेखि हेलिकप्टरमार्फत् उद्धार गरिने

    काठमाडौंः भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत् उद्धार गरिने भएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले प्रभावित क्षेत्रबाट घाइतेको उद्धार गरी प्रारम्भिक उपचारका लागि रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने शिविरमा लैजाने निर्णय गरेको छ ।गम्भीर घाइतेलाई भने तत्काल उद्धार गरी काठमाडौं ल्याउने तयारी गरिएको छ । घाइतेको अवस्थाअनुसार प्राथमिकता निर्धारण गरी उद्धार तथा उपचार अघि बढाइने प्राधिकरणले जनाएको छ ।बाढी प्रभावित नागरिकका लागि आवश्यक राहत स

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • ११८ पटक पढिएको
  • वरुण नदीमा जलविद्युत आयोजना रोक्न जिससले पठायो प्रधानमन्त्री कार्यालयमा पत्र

    खाँदबारीः जिल्ला समन्वय समितिले सङ्खुवासभाले भोटखोला–४ स्याक्सिलास्थित वरुण नदीमा १३२ मेगावाटको तल्लो वरुण खोला जलविद्युत आयोजना निर्माण अनुमति नदिन प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएको छ ।भोटखोला गाउँपालिकाको १३ औँ कार्यपालिका बैठकले वरुण नदीलाई धार्मिक सम्पदाका रूपमा संरक्षण गर्दै मकालु–वरुण राष्ट्रिय निकुञ्जभित्र जलविद्युत निर्माण रोक्ने निर्णय गरेको छ । समितिले वरुण नदीमा आयोजना बने धार्मिक आस्था, वातावरण र क्षेत्रीय असर पर्ने भन्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार अनुमति नदिन आग्रह गरेको छ ।समितिका अनुसार सङ्खुवासभामा अरुण नदीबाहेक विभिन्न नदीबाट करिब ६ हजार मेगावा

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • ११७ पटक पढिएको
  • भोटेकोशीमा आएको बाढीका कारण १४ जलविद्युत् आयोजनामा ठूलो क्षति

    काठमाडौंः स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले भोटेकोशी र त्रिशूली नदी बेसिनमा आएको भीषण बाढीका कारण जलविद्युत् क्षेत्रमा अपुरणीय क्षति पुगेको जनाएको छ ।बुधबार आएको आकस्मिक बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा रहेका दर्जनौँ जलविद्युत् आयोजना, मानव बस्ती र भौतिक संरचनामा गम्भीर असर पारेको भन्दै इप्पानले गहिरो दुःख व्यक्त गरेको छ ।प्रारम्भिक विवरण अनुसार बाढीले सञ्चालनमा रहेका र निर्माणाधीन गरी कम्तीमा १४ वटा ठूला आयोजनामा क्षति पुगेको छ । रसुवा जिल्लामा सञ्चालनमा रहेका ५ आयोजना (२३६ मेगावाट) र निर्माणाधीन ३ आयोजना (३४२.४२ मेगावाट) मा क्षति पुगेको छ । सञ्चालनमा रहेका

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • १०९ पटक पढिएको
  • भोटेकोशी बाढीमा परी मृत्यु भएका १५७ जनाको शव फेला

    काठमाडौंः हिजो राति ११ बजेसम्मको तथ्याङ्कअनुसार भोटेकोशीमा अचानक आएको बाढीमा परी मृत्यु भएका व्यक्तिको ७ जिल्लाका विभिन्न ठाउँमा १५७ शव फेला परेको छ ।प्रहरीका अनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा २७, चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको छ ।प्रहरीका अनुसार २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कमा आएका छैनन् । ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।२० जनाको त्रिवि शिक्षण अस्पतालमा, ४ जनाको ट्रमा सेन्टरमा, ३ जनाको वीर अस्पतालमा, १ जनाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा, ३ जनाको नर्भिक अस्पतालमा र ९ जनाकाु त्रिशुली अस्पतालमा उपचार भइरहेको छ ।

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • १३० पटक पढिएको
  • कोशी प्रदेशका १ हजार २२७ पत्रकारको दुर्घटना बीमा

    विराटनगरः कोशी प्रदेशका १ हजार २२७ पत्रकारको दुर्घटना बीमा कार्यक्रम शुभारम्भ गरिएको छ । ‘सुरक्षित पत्रकार, निर्भीक पत्रकारिता’ भन्ने मूल नाराका साथ शुरु गरिएको कार्यक्रमको उद्घाटन मंगलबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नुभयो ।समाचार सङ्कलनदेखि घटनास्थलसम्म पत्रकारले भोग्नुपर्ने जोखिमलाई मध्यनजर गर्दै पत्रकारिता पेशालाई थप सुरक्षित, मर्यादित र जिम्मेवार बनाउने उद्देश्यले अघि बढाइएको यो कार्यक्रमले समाचार सङ्कलन, रिपोर्टिङ तथा सम्प्रेषणका क्रममा पत्रकारले सामना गर्नुपर्ने सम्भावित जोखिम न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • ८८ पटक पढिएको
  • पूर्वाञ्चल सेकेन्डरी स्कुल तरहराले जित्यो अन्तरविद्यालय फुटसल प्रतियोगिता

    इटहरीः स्वर्गीय बुद्धरानी चेम्जोङ लिम्बू स्मृति ७–ए साइड अन्तरविद्यालय फुटसल प्रतियोगिता–२०८३ को उपाधि पूर्वाञ्चल सेकेन्डरी स्कुल, तरहराले जितेको छ ।अल स्पोर्टस कलेक्सनको आयोजनामा इटहरी–५, काव्यबाटिकास्थित पाथीभरा फुटसल प्रालिमा भएको प्रतियोगितामा सुनसरीका ३२ विद्यालय सहभागी थिए ।प्रतियोगिताको फाइनलमा पूर्वाञ्चल सेकेन्डरी स्कुल, तरहरा र सयपत्री सेकेन्डरी स्कुल, इटहरी–१९ बीच प्रतिस्पर्धा भएको थियो ।निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेपछि टाइब्रेकरमा पूर्वाञ्चलले सयपत्रीलाई ३–२ गोलले पराजित गर्दै उपाधि हात पारेको हो ।समापन कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष दिवस पोखरेल प्

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • ११५ पटक पढिएको
  • निरन्तर घट्दै शेयर बजारको सूचक

    इटहरी ।  मंगलबार पनि नेपालको शेयरबजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.२० प्रतिशत अर्थात ५.३० अंकले घटेर २ हजार ५९४.९७ विन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३५७ स्टकको १ करोड ४४ हजार १६४ कित्ता शेयर ४६ हजार ५८९ पटक किनबेच हुँदा ४ अर्ब १० करोड ९७ लाख ५१ हजार ७३० रुपैयाँको शेयर किनबेच भएको छ ।कारोबारमा आएका १३ समूहमध्ये विकास बैंक र निर्जीवन बीमा समूह मात्रै क्रमशः ०.०८ र ०.३६ प्रतिशतले बढेका छन् । फाइनान्स समूह सर्वाधिक अर्थात ०.९१ प्रतिशतले घटेको छ ।मकर जितुमाया सुरी हाईड्रोको सर्वाधिक ९० करोड ७ लाख ९७ हजार २८ रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पी

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • ९४ पटक पढिएको
  • विराटचोकमा विश्व बन्धुत्व रक्तदान महाअभियान

    विराटचोकः मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा राजयोगिनी दादी प्रकाशमणिज्यूको १९ औँ पुण्यतिथिको अवसरमा ‘विश्व बन्धुत्व रक्तदान महाअभियान’ अन्तर्गत हिजो रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।समाज सेवा प्रभाग, ब्रह्माकुमारीज सुन्दरहरैंचा, विराटचोकको आयोजनामा भएको रक्तदान कार्यक्रमको सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले उद्घाटन गर्नुभयो । ‘सेवा नै प्रेम हो’ भन्ने भावनाका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको बताइएको छ ।आयोजक ब्रह्माकुमारीजले रक्तदानलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवाको महत्वपूर्ण कार्यका रूपमा लिँदै आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाए

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • ९४ पटक पढिएको
  • १९ अर्बमा ११० मेगावाटको दूधकोशी पाँचौं निर्माण हुने

    काठमाडौंः सोलुखुम्बु जिल्लाको दूधकोशी नदीमा ११० मेगावाटको दूधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।माप्य दुधकोशी गाउँपालिकाको वडा नम्बर २, ३, ४, ६ र ७ मा आयोजनास्थल रहने गरी सो आयोजना प्रस्ताव गरिएको हो । आयोजनाको विद्युतगृह माप्य दूधकोशी गाउँपालिका–४ काँकुखोला र दूधकोशी नदीको सङ्गमबाट ७३० मिटर माथि रहने जनाइएको छ ।आयोजना निर्माण सम्पन्न भएपछि राष्ट्रिय प्रशारण प्रणालीमा ६१७.८६ गिगावाट घण्टा प्रतिवर्ष विद्युत् आपूर्ति हुने बताइएको छ । निर्माणको चरणमा ६० दक्ष, १५० अर्धदक्ष र ३५५ अदक्ष जनशक्तिले रोजगारी प्राप्त गर्ने भएका छन् ।विद्युत् विकास विभागले सो आयोजनालाई अर्ध जलाशययुक्त प्रक

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • ७६ पटक पढिएको
  • सिक्रेटारको १ हजार ५ सय रोपनी सुक्खा क्षेत्रमा सिँचाइ सुविधा

    भोजपुरः पोखरी निर्माणपछि भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारको सुख्खाग्रस्त क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ । पानीको अभावका कारण वर्षौँदेखि खेतीयोग्य जमिन बाँझै रहने समस्या समाधान गर्ने उद्देश्यसहित स्थानीय तहले पोखरी निर्माणको काम अघि बढाएको थियो ।वडाध्यक्ष कुमार थापाले बर्सेनि खडेरीका कारण कृषि उत्पादनमा गिरावट आउन थालेपछि योजनाबद्ध सिँचाइ पोखरी निर्माण गरिएको बताउनुभयो । हालसम्म यहाँ छ वटा पोखरी निर्माण गरिएका र त्यसबाट सिक्रेटार क्षेत्रका करिब १ हजार ५ सय रोपनी जमिनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सिँचाइ सुविधा पुगेको उहाँले बताउनुभयो ।निर्माण गरिएका पोखरीलाई सिँचाइमा मात्र सीमित

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • ८९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल