इटहरीः कोशी प्रदेशका प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक गन्तव्यको अनुभव र पर्यटन सम्भावनालाई समेटेर पर्यटन व्यवसायी बासुदेव बरालद्वारा लिखित ‘कोशी (गन्तव्य अनुभव र सम्भावना)’ पुस्तकमाथि शनिबार इटहरीमा परिचर्चा भएको छ ।संगीत साधना प्रतिष्ठान नेपाल, इटहरीको आयोजनामा भएको कार्यक्रममा सहभागी वक्ताहरूले कोशी प्रदेशमा पर्यटनको अपार सम्भावना रहे पनि त्यसको प्रभावकारी प्रचार–प्रसार, अध्ययन तथा प्रवर्द्धनका क्षेत्रमा अझै पर्याप्त काम हुन नसकेको बताएका थिए ।कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले कोशी प्रदेश प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा स
विराटचोकः आज बिहान साढे ६ बजे विराटचोक दक्षिणलाइनस्थित लायन्स स्तम्भ अगाडिबाट ‘रन सुन्दरहरैंचा–२०८३’ हुने भएको छ ।नगरमा स्वास्थ्य, एकता, पर्यटन प्रवद्र्धन र समृद्धिको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक सुन्दरहरैंचा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष भोलेश्वर दुलालले बताउनुभयो ।आयोजक सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीका अनुसार नगरवासी, उद्योगी, व्यवसायी, बुद्धिजीवी, युवालगायतको कार्यक्रममा उपस्थिति रहनेछ ।रन सुन्दरहरैंचाअन्तर्गतको दौड हरैंचा बजारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । करीब १० हजार मानिस दौडमा सहभागी हुने आयोजकको अनुमान छ ।
इटहरी । आज असार १५ गते । कृषिप्रधान देश नेपालमा आजको दिन रोपाइँ गर्ने र दहीचिउरा खाने दिनका रुपमा प्रख्यात छ ।कृषिसँग सम्बन्धित विभिन्न सहकारी तथा संघसंस्थाका साथै पछिल्लो समय विद्यालयहरुले पनि विद्यार्थीलाई धान रोप्न सिकाउने अभ्यास गराउने गरेका छन् । स्थानीय तहका कृषि शाखाले पनि विभिन्न कार्यक्रम गरेर दिवस मनाउने गर्छन् ।
इटहरी । मनसुन सक्रिय भएसँगै कोशी प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ ।आज राति कोशी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुनुका साथै केही स्थानमा ‘धेरै भारी’ वर्षा समेत हुन सक्ने महाशाखाले जनाएको छ । वर्षासँगै कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना रहेको जनाइएको छ ।आज राति देशभर साधारणतया बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा पनि मध्यम वर्
विराटचोकः उदीयमान शहरको रुपमा रहेको मोरङको ऐतिहासिक महत्त्व बोकेको सुन्दरहरैंचा नगरपालिकाको विकास, वर्तमान अवस्था तथा आर्थिक समृद्धिका भावी सम्भावनाबारे आज विराटचोकमा बहस हुने भएको छ ।सुन्दरहरैंचा उद्योग वाणिज्य संघले आज ‘कृषि, पर्यटन, उद्योग र व्यापारः आर्थिक समृद्धिको मूल आधार’ नारासहित आयोजना गर्न लागेको कार्यक्रममा नगरको समग्र विकासका लागि सरोकारवालाबीच खुला छलफल गरिने भएको हो ।आज दिउँसो ४ बजे मंगलस्मृति प्रतिष्ठानको सामुदायिक भवनको सभाहलमा हुने कार्यक्रममा पूर्व अर्थमन्त्री रामेश्वर खनाल, युवा उद्योगी सुयस प्याकुरेल, सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं, जलविद्युत क्षेत
लेटाङः लेटाङ नगरपालिकाको १९औँ नगरसभा अधिवेशनबाट आर्थिक वर्ष २०८३\८४ का लागि ६९ करोड ५० लाख ३० हजार ४०५ रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम सार्वजनिक भएको छ ।बजेटले स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा पर्यटन विकासलाई प्राथमिकतामा राखेको छ । आगामी वर्ष १० शैय्याको अस्पताल सञ्चालन, अन्तरधार्मिक शान्ति पार्क तथा पर्यटन प्रवद्र्धन, सडक कालोपत्रे, खानेपानी आयोजनाको स्तरोन्नति, विद्यालय भवन तथा छात्रावास निर्माणलगायतका योजना अघि बढाइने जनाइएको छ ।नगर प्रमुख भुपेन्द्रकुमार लावतीले सीमित स्रोत–साधनको प्रभावकारी उपयोग गर्दै नागरिकको आवश्यकता, विकास र सुशासनलाई केन्द्रमा राखेर बजेट तर्जुमा गरिएको बताउनुभयो ।
विराटचोकः जनचेतना सामुदायिक वन उपभोक्ता समूह सुन्दरहरैंचाले शनिबार नगरप्रमुख केदारप्रसाद गुरागाईंको प्रमुख आतिथ्यतामा सो सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका ८ हजार बिरुवा रोप्ने काम शुरु गरेको छ ।वन उपभोक्ता समूहका अध्यक्ष सीताराम पाण्डेका अनुसार करिब ५ दशमलव १० हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरिने भएको हो । सो क्षेत्रमा ४ हजार साल, ३ हजार आस्ना तथा करिब १ हजार ९ सय फलफूल र अन्य प्रजातिका बिरुवा रोपिने जानकारी दिनुभयो ।वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा वन संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापा, वडा नं. ९ का वडाअध्यक्ष प्रकाश श्र
विराटचोकः असार १५ गते धान दिवसको दिन मोरङको सुन्दरहरैंचा नगरपालिकामा ‘रन सुन्दरहरैंचा’ कार्यक्रम आयोजना हुने भएको छ ।सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा सुन्दरहरैंचाको ऐतिहासिक विकास, वर्तमान अवस्था तथा आर्थिक समृद्धिका सम्भावनाबारे व्यापक बहस सिर्जना गर्ने उद्देश्यका साथ ‘रन सुन्दरहरैंचा–२०८३’ आयोजना हुने भएको हो ।कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जनाइएअनुसार असार १५ गते बिहान साढे ६ बजे विराटचोकदेखि हरैंचासम्म ‘रन सुन्दरहरैंचा’ सञ्चालन हुने भएको हो । करीब १० हजार मानिसको सहभागितामा हुने दौड सुन्दरहरैंचाको दक्षिणी बजार हरैंचासम्म सञ्चालन हुने भएको हो ।सहभागीको स्वास्थ्
विराटचोकः मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा आज ‘श्री जगन्नाथ रथयात्रा महोत्सव’ आयोजना हुने भएको छ ।नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोन इटहरी र विराटचोकका भक्तजनको संयुक्त आयोजनामा रथयात्रा हुने भएको हो । आयोजकका अनुसार रथयात्रा आज दिउँसो २ बजे विराटचोकस्थित पीएलओ गेटबाट शुरु भई खोर्साने, सुकुना क्याम्पस, भागवत मार्ग हुँदै काली मन्दिरमा पुगेर समापन हुनेछ ।सुरक्षा निकायले रथलाई सुरक्षा दिने भएको छ । काली मन्दिरमा भण्डारासहित महाप्रसाद वितरण गरिने कार्यक्रम रहेको छ । रथयात्रा अवधिभर महा–संकीर्तन, भजन–कीर्तन तथा महाप्रसाद वितरण निरन्तर सञ्चालन हुने जनाइएको छ ।आयोजकले भक्तजनलाई धार्मिक
इटहरी । नेपालमा इन्टरनेट सेवाका प्रयोगकर्ताको सङ्ख्या साढे ४ करोड नाघेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले जेठ २०८३ मा सार्वजनिक गरेको ‘दूरसञ्चार सूचकहरू (वैशाख २०८३)’ सम्बन्धी प्रतिवेदन अनुसार नेपालको कुल जनसङ्ख्याको तुलनामा ब्रोडब्यान्डको पहुँच बढी छ ।सो प्रतिवेदन अनुसार २०८३ बैशाख मसान्तसम्म नेपालमा कुल ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या ४ करोड ५२ लाख १९ हजार ९६ जना पुगेको छ । यस्तै, भ्वाइस टेलिफोनी (टेलिफोन तथा मोबाइल) सेवाका कुल सक्रिय ग्राहकको सङ्ख्या ३ करोड २ लाख ४८ हजार ९ सय ५८ पुगेको छ । जुन नेपालको कुल जनसङ्ख्याको १०३.७१ प्रतिशत हो ।दूरसञ्चार प्राधिकरणको प्रतिवेदन अ