All Posts By खेमचन्द्र अधिकारी

    Showing ६२१-६३० of १,३५४ items.
  • चट्याङमा परी भोजपुरका श्रेष्ठको झापामा मृत्यु

    गौरीगञ्जः झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री टोलमा अस्थायी रुपमा बसोबास गर्दै आएका ३० वर्षीय बलबहादुर श्रेष्ठ रहेका छन् ।भोजपुरको आमचोक–९ घर भएका श्रेष्ठ स्थानीय चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका थिए ।आज बिहान खेतमा आली खन्ने क्रममा उनलाई चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार ९, २०८३
    • १९७ पटक पढिएको
  • २८ वर्षपछि विश्वकप खेलेको नर्वे नकआउट चरणमा प्रवेश

    इटहरी ।  न्युयोर्कको न्यु जर्सी स्टेडियममा आज बिहान भएको खेलमा सेनेगललाई ३–२ ले हराउँदै नर्वे २८ वर्षपछि नकआउट चरण प्रवेश गरेको छ ।नर्वेको जीतमा एर्लिङ हाल्यान्डले दुई र मार्कस होल्मग्रेन पेडरसनले एक गोल गरे । सेनेगलका इस्माइला सारले दुई गोल गरेका थिए ।खेलको ४३ औं मिनेटमा मार्कसले गोल गर्दै नर्वेलाई पहिलो अग्रता दिलाएका थिए । नर्वेका एर्लिङ हाल्यान्ड ४८ औं मिनेटमा गोल गर्दै टोलीलाई २ गोलको अग्रता दिलाएका थिए ।५३ औं मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगललाई खेल फर्काउने कोसिस गरे पनि ५८ औं मिनेटमा नर्वेका हाल्यान्डले व्यक्तिगत दोस्रो गोल गरेका थिए ।मध्यान्तरपछिको अतिरिक्त समयमा इस्मा

    • प्रकाशित मितिः असार ९, २०८३
    • १६६ पटक पढिएको
  • लगातार दोस्रो जीतसँगै साविक उपविजेता फ्रान्स नकआउट चरणमा प्रवेश

    इटहरी । लगातार दोस्रो जीतसँगै साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।फिलाडेल्फिया स्टेडियममा भएको खेलमा इराकलाई ३–० ले हराउँदै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो ।खेलको १४ औं मिनेटमा कप्तान किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । मध्यान्तरअघिको खेल सकिँदा भारी वर्षा भएपछि २ घन्टा खेल रोकिएको थियो ।खेलको ५४ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए ।उस्मान डेम्बेलेले ६६ औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रतालाई तेब्बर बनाएका थिए ।समूह चरणको पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले पराजित गरेको थि

    • प्रकाशित मितिः असार ९, २०८३
    • १४० पटक पढिएको
  • विश्वकपमा मेसीका कीर्तिमान थपिँदै, नयाँ इतिहास रच्दै अर्जेन्टिनी कप्तान

    इटहरी ।  अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा पनि कीर्तिमानमाथि कीर्तिमान थपिरहेका छन् । विश्व फुटबलका महान् खेलाडीमध्ये एक मानिने मेसीले विश्वकप इतिहासका थुप्रै महत्वपूर्ण रेकर्ड आफ्नो नाममा लेखाएका छन् ।अस्ट्रियाविरुद्ध दुई गोल गरेपछि मेसी विश्वकप इतिहासकै सर्वाधिक १८ गोल गर्ने खेलाडी बनेका छन् । यससँगै उनले विभिन्न दुर्लभ कीर्तिमान समेत कायम गरेका छन् ।मेसीका प्रमुख विश्वकप कीर्तिमानहरूःविश्वकप इतिहासका सर्वाधिक गोलकर्ता – १८ गोललगातार ६ खेलमा गोल गर्ने तेस्रो खेलाडी५ फरक विश्वकपमा गोल गर्ने खेलाडीमध्ये एकविश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाडी (३८ वर्ष)स

    • प्रकाशित मितिः असार ९, २०८३
    • २६७ पटक पढिएको
  • सातामा करिब १ प्रतिशत घट्यो नेप्से

    इटहरी ।  गत साता नेप्से परिसूचक करिब १ प्रतिशत अर्थात् ०.८० प्रतिशत घटेको छ । अघिल्लो साता २७२४.०३ विन्दुमा बन्द भएको नेप्से गत साता ०.८० प्रतिशत अर्थात २१.९२ अंक घटेर २७०२.११ विन्दुमा बन्द भएको छ ।पाँच कारोबार दिनका लागि बजार खुल्दा दुई कारोबार दिन नेप्से सामान्य अंक बढेको थियो भने तीन कारोबार दिन घटेको थियो ।गत साता कारोबार रकम पनि घटेको छ । अघिल्लो साता दैनिक औसतमा ४ अर्ब ६१ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा गत साता दैनिक औसतमा ४ अर्ब ९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।नेप्सेको कुल बजार पूँजीकरण पनि करिब १ प्रतिशत घटेको छ ।१३ उपसमूहमध्ये १ उत्पादन तथा प्रशोधन उपसमूहको पर

    • प्रकाशित मितिः असार ८, २०८३
    • २०५ पटक पढिएको
  • ४–० गोलअन्तरले साउदी अरेबियामाथि स्पेनको जीत

    इटहरी ।  फिफा विश्वकप २०२६ को खेलमा स्पेनले साउदी अरेबियालाई ४–० को फराकिलो अन्तरले पराजित गरेको छ ।स्पेनका मिकेल ओयार्जाबलले दुई तथा लामिन यमालले एक गोल गरे भने साउदीका हसन अल्ताम्बक्तिले एक आत्मघाती गोल गरेका थिए ।यो जीतसँगै दुई खेलबाट ४ अंक जोडेर स्पेन समूह ‘एच’ को शीर्ष स्थानमा उक्लिएको छ ।स्पेनले नकआउट पुग्ने सम्भवना बलियो बनाएको छ । उरुग्वे, साउदी अरेबिया र केप भर्डेको समान एक अंक छ ।

    • प्रकाशित मितिः असार ८, २०८३
    • २१५ पटक पढिएको
  • लेटाङ–९ को प्रशासनिक भवन उद्घाटनमा जग्गादातालाई सम्मान

    लेटाङः मोरङको लेटाङ नगरपालिका–९ नम्बर वडा कार्यालयको प्रशासनिक भवन उद्घाटनमा जग्गादातालाई सम्मान गरिएको छ ।कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावतीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला, जनप्रतिनिधि, समाजसेवी, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा वडा कार्यालयको प्रशासनिक भवन निर्माणका लागि जग्गा उपलब्ध गराई महत्वपूर्ण योगदान पुर्याउने ९ जना जग्गादातालाई सम्मान गरिएको थियो । भवन निर्माणका लागि जग्गादान गर्नेमा तारानाथ भण्डारी, स्वर्गीय टीकाराम तिम्सिना, स्वर्गीय गणेशबहादुर थापामगर, लाखेन्द्र थापामगर, स्वर्गीय वि

    • प्रकाशित मितिः असार ८, २०८३
    • १३७ पटक पढिएको
  • सुन्दरहरैँचाको बजेट १ अर्ब ४२ करोड रुपैयाँ

    विराटचोकः सुन्दरहरैँचा नगरपालिकाको १८ औँ नगरसभामा आर्थिक वर्ष २०८३\०८४ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ ।नगरप्रमुख केदारप्रसाद गुरागाईंले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको थियो भने उपप्रमुख अकली चौधरीले बजेट प्रस्तुत गर्नुभएको थियो ।जसअनुसार चालुतर्फ रु. ९४ करोड २४ लाख, पूँजीगततर्फ रु. ४५ करोड २६ लाख तथा वित्तीय व्यवस्थापनतर्फ रु. २ करोड ५० लाख विनियोजन गरिएको छ । आर्थिक वर्ष २०८३\०८४ का लागि नगरपालिकाले कुल रु. १ अर्ब ४२ करोड १ लाख ७ हजार २८५ रुपैयाँको बजेट प्रस्तुत गरिएको हो ।क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा बढी बजेट सामाजिक विकास क्षेत्र मा छुट

    • प्रकाशित मितिः असार ८, २०८३
    • १७९ पटक पढिएको
  • नेदरल्याण्ड्सले स्वीडेनलाई हराउँदा बनेको दुर्लभ रेकर्ड

    इटहरी ।  नेदरल्याण्ड्सले स्वीडेनलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै विश्वकपको नकआउट चरण (अन्तिम ३२) मा आफ्नो स्थान लगभग निश्चित गरेसँगै सो खेलले विश्वकप इतिहासमा धेरै दुर्लभ कीर्तिमानहरू बनाएको छ ।खेलको सबैभन्दा रोचक पक्ष के रह्यो भने, खेलमा भएका सबै ६ गोल इंग्लिस प्रिमियर लिगमा खेल्ने खेलाडीहरूले गरे । नेदरल्याण्ड्सका लागि सन्डरल्याण्डका ब्रायन ब्रोबे र लिभरपुलका कोडी गाक्पोले दुई–दुई गोल गरे भने वेस्ट ह्यामका क्राइसेन्सियो समरभिलले पाँचौं गोल थपे । स्वीडेनका तर्फबाट गरिएको एक मात्र सान्त्वना गोल न्युक्यासलका एन्थोनी एलाङ्गाको नाममा रह्यो ।खेलको ५४ औं मिनेटमा कोडी गाक्पोले गोल ग

    • प्रकाशित मितिः असार ८, २०८३
    • ७९ पटक पढिएको
  • कुरासाओसँग गोलरहित बराबरीमा रोकियो इक्वेडर

    इटहरी । फिफा विश्वकप २०२६ मा इक्वेडरले कुरासाओसँग बराबरी खेलेको छ । गोलरहित बराबरी खेलेपछि इक्वेडर दबाबमा देखिएको छ ।उसको एक अंक मात्रै हुँदा समान खेल खेलेका आइभोरी कोस्ट ३ अंकसहित दोस्रो स्थानमा छ । दुवै खेल जितेको जर्मनी शीर्ष स्थानमा छ ।अब इक्वेडरले जर्मनीसँग समूह चरणको अन्तिम खेल खेल्नेछ । कुरासाओले आइभोरी कोस्टसँग खेल्नेछ ।

    • प्रकाशित मितिः असार ८, २०८३
    • ७८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल