इटहरी । आज बिहान अमेरिकाको बोस्टन स्टेडियममा भएको फिफा विश्कप २०२६ को खेलमा नर्वेले इराकलाई ४–१ गोलअन्तरले पराजित गरेको छ ।नर्वेको जीतमा एर्लिङ हाल्याण्डले दुई र लियो ओस्टिगार्डले एक गोल गरेका थिए । एक गोल आत्मघाती गोल भएको थियो । इराकका आयमन हुसेनले सान्त्वना गोल गरेका थिए ।हाल्याण्डले खेलको २९ औं मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । त्यसको १० मिनेटपछि इराकका हुसेनले गोल गर्दै खेललाई बराबरीमा फर्काएपछि खेल रोमाञ्चक बनेको थियो ।खेलको ४३ औं मिनेटमा हाल्याण्डले दोस्रो गोल गरे भने ७६ औं मिनेटमा नर्वेका लियोले गोल गरे ।मध्यान्तरको इन्जुरी समयमा आत्मघाती गोल हुँदा नर्वेले ४–१
इटहरी । विश्वकप फुटबलको साविक उपविजेता फ्रान्सले फिफा विश्वकप २०२६ मा समूह चरणको पहिलो खेलमा सेनेगललाई पराजित गरेको छ ।आज बिहान अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रंगशालामा भएको खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले हराएको हो । फ्रान्सको जीतमा कप्तान केलिएन एमबाप्पेले २ र ब्राडली बारकोलाले एक गोल गरे । सेनेगलका इब्राहिम म्बायेले सान्त्वना गोल फर्काएका थिए ।खेलको ६६ औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाएका थिए । त्यसपछि ८२ औं मिनेटमा बारकोलाले गोल गर्दै फ्रान्सलाई दोब्बर अग्रता दिलाएका थिए ।मध्यान्तरपछिको इन्जुरी समयमा सेनेगलका इब्राहिम म्बायेले सान्त्वना गोल गरे ।
इटहरी । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको विवरणअनुसार घरजग्गा (रियल इस्टेट) बजार पछिल्लो समय क्रमिक रूपमा सुधारिँदै गएको छ । जेठले घरजग्गा कारोबारको परिमाण (भोल्युम) बढे पनि राजस्व भने घटेको छ ।उच्च मूल्य भएका घरजग्गाको खरिदबिक्री कम हुँदा राजस्व सङ्कलन भने वैशाखको तुलनामा जेठ महिनामा केही गिरावट आएको छ । विभागको तथ्याङ्कअनुसार वैशाख महिनामा देशभरका मालपोत कार्यालयहरूबाट ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । जेठ महिनामा करिब १६.२८ प्रतिशत अर्थात १ अर्ब १ करोड ९५ लाख रुपैयाँले घटेर ५ अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ रुपैयाँ मात्रै राजस्व सङ्कलन
इटहरी । फिफा विश्वकप पहिलो पटक तीन राष्ट्रले आयोजना गर्नेदेखि अहिलेसम्मकै धेरै ४८ राष्ट्रले खेल्दैछन् भने १०४ खेल हुने भएका छन् । जुन एकै संस्करणमा हुन लागेको अहिलेसम्मकै धेरै खेल हो । विश्वकप फुटबलको इतिहासमा यी कीर्तिमान थपिएका छन् ।मेक्सिकोको एज्टेका रंगशाला तीन फरक विश्वकप आयोजना गर्ने विश्वकै पहिलो रंगशाला बन्ने भएको छ । मेक्सिको तीन पटक विश्वकप आयोजना गर्ने पहिलो राष्ट्र बनेर पनि कीर्तिमान राख्दैछ ।यी हुन् फिफा विश्वकप २०२६ मा तोडिन सक्ने पाँच कीर्तिमान१. सर्वाधिक गोल सङ्ख्यायस विश्वकपमा टिम सङ्ख्या र खेल सङ्ख्या बढेपछि अहिले कीर्तिमान बन्ने सम्भावना पनि धेरै छ । त्यसमा पनि एक
इटहरी । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक आज पनि घटेको छ । आज नेप्से परिसूचक ०.२३ प्रतिशत अर्थात ६.३१ अंकले घटेर २७०५.४५ अंकमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३५५ कम्पनीको १ करोड ७ लाख ८ हजार ५९६ कित्ता शेयर ४८ हजार ११६ पटक किनबेच हुँदा ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार ८४ रुपैयाँको शेयर किनबेच भएको छ ।व्यापार र सामुहिक लगानी कोष समूहहरु क्रमशः०.३१ र ०.०५ प्रतिशतले बढ्नुबाहेक अन्य समूह ओरालो लागेका छन् । फाइनान्स समूह सर्वाधिक अर्थात् ०.६० प्रतिशतले घटेको छ ।आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात ३१ करोड ९९ लाख ४५ हजार ९५ रुपैयाँको शेयर किनबेच भएको छ । सिद्धार्थ बैंक, रिलायन्स स्पिनीङ मिल्स, रावा
इटहरी । आज बिहान भएको फिफा विश्कपको समूह चरणको खेलमा इरान र न्युजिल्याण्डले दुईदुई गोलको बराबरी नतिजा निकालेपछि अंक बाँडेका छन् ।अमेरिकाको क्यार्लिफोर्नियास्थित लस एन्जलस स्टेडियममा भएको खेलमा खेलको सुरुवातमा नै न्युजिल्यान्डका एलिजाह जस्टले सुरुवाती गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए ।खेलको ३१ औँ मिनेटमा इरानका डिफेन्डर रामिन रेजैयानले गोल गर्दै खेललाई १–१ को बराबरी स्थितिमा ल्याएका थिए ।मध्यान्तरपछि खेल शुरु भएको केही समयमै एलिजाह जस्टले व्यक्तिगत दोस्रो गोल गर्दै न्युजिल्यान्डलाई पुनः २–१ को अग्रता दिलाएका थिए ।खेलको ६३ औं मिनेटमा इरानका मोहम्मद मोहेबीले उत्कृष्ट हेडरमार
इटहरी । आज कोशी प्रदेशका पहाडी तथा तराईका भूभागमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेशको तराई भूभागमा साधारणतया बदली छ भने पहाडी तथा हिमाली क्षेत्रमा पनि बादल लागेको छ । आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा पनि मेघगर्जन र चट्याङ्गसहित वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन् ।कोश
इटहरी । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत भएको समूह चरणको खेलमा सन् २०१० को विश्वकप विजेता स्पेनले पहिलो पटक विश्कपमा सहभागी भएको अफ्रिकन राष्ट्र केप भर्डेसँग गोलरहित बराबरी खेलेको छ ।अमेरिकाको एटलान्टास्थित एट्लान्टा रंगशालामा सम्पन्न खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न सकेनन् ।यो बराबरी खेलसँगै विश्वकपको समूह ‘एच’मा रहेका दुवै टोलीले समान एक÷एक अङ्क जोडेका छन् ।
इटहरी । फिफा विश्वकप २०२६ अन्तर्गत आज बिहान अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा उरुग्वे र साउदी अरब दुवै १–१ बराबरीमा रोकिएपछि १–१ अङ्क बाँडेका छन् । उरुग्वे विश्कप फुटबलको पहिलो विजेता देश हो । सन् १९३० को पहिलो विश्वकप फुटबल उरुग्वेले जितेको थियो ।साउदीले खेलको ४१ औं मिनेटमा अग्रता लिएको थियो । अब्दुल्लाह अलाम्रीले गोल गर्दै साउदीलाई अग्रता दिलाएका थिए । खेलको ८० औं मिनेटमा उरुग्वेका लागि म्याक्सी अराजोले गोल गरेका थिए । त्यसपछि दुवै टिमबाट गोल नभएपछि खेल बराबरीमा रोकिएको थियो ।
विराटचोकः विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिको आयोजनामा तथा सुन्दरहरैंचा नगरपालिकाको आर्थिक सहयोगमा सुन्दरहरैंचा नगरपालिका–१२ का महिलालाई लक्षित गरी उद्घोषण तथा माइन्युट लेखन तालिम सम्पन्न भएको छ ।महिलाहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा सार्वजनिक कार्यक्रममा सक्रिय सहभागिता बढाउने उद्देश्यले आयोजित तालिममा उद्घोषणकला र माइन्युट लेखनका विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो ।तालिममा प्रशिक्षक सीमा बस्नेतले उद्घोषणकलासम्बन्धी सहजीकरण गर्दै प्रभावकारी सञ्चार, मञ्च सञ्चालनका आधारभूत सीप, आत्मविश्वास विकास तथा कार्यक्रम सञ्चालनका विभिन्न पक्षबारे प्रशिक्षण दिनुभएको थियो ।त्यसैगरी स