इटहरी । यो साता नेप्से परिसूचक १.१४ प्रतिशत अर्थात् ३१.३८ अंक घटेर २७२४.०३ विन्दुमा बन्द भएको छ । पाँच दिन बजार खुल्दा एक दिनमात्रै नेप्से सामान्य बढेको थियो ।सातामा कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औसतमा ५ अर्ब ३८ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यो साता दैनिक औसतमा ४ अर्ब ६१ करोड रुपैयाँको शेयर किनबेच भएको छ । नेप्सेको कुल बजार पूँजीकरण पनि १ प्रतिशतभन्दा बढी घटेको छ ।नेप्सेमा सूचीकृत सबै १३ वटै उपसमूहको परिसूचक घटेको यो साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.४३ प्रतिशत घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा कम ०.०८ अंक घटेको छ ।सातामा कालिञ्चोक हाइड्रोपा
इटहरी । हिजोदेखि शुरु २०२६ को विश्वकपमा रातो कार्ड पाउने खेलाडीले अर्को एक खेल खेल्न पाउने छैनन् । रातो कार्ड पाउने खेलाडीका लागि एक खेलको प्रतिबन्ध लाग्ने नियम बनाइएको छ ।यो नियम सिधै रातो कार्ड पाउने वा दुईवटा पहेंलो कार्ड खाएर मैदान बाहिरिने दुवै खेलाडीका हकमा लागू हुने भएको छ । फिफाले आवश्यक ठानेमा गल्तीको गम्भीरता हेरेर एक खेलभन्दा बढीको प्रतिबन्ध वा अन्य थप कारबाही पनि गर्न सक्ने अधिकार दिइएको छ ।जारी विश्वकपको उद्घाटन खेलमै तीनवटा रातो कार्ड देखाइएको छ । जसका कारण तीन जना खेलाडीहरूले आफ्नो टोलीको आगामी खेल खेल्न पाउने छैनन् । दक्षिण अफ्रिकाका स्पेफेलो सिथोले र थाम्बा ज्वानेले
पोखराः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति सभापतिमा नवीन त्रिपाठी अन्य तीन उम्मेद्वारलाई पछि पार्दै निर्वाचित हुनुभएको छ ।शुक्रबार शुरु भएको रास्वपाको पहिलो गण्डकी प्रदेश अधिवेशनमा सभापति पदका लागि ४ जनाले उम्मेद्वारी दिएका थिए । त्रिपाठीले २३४ मत पाएका थिए । निवर्तमान सभापति प्रतिनिधि सभा सांसद राजन गौतमले १८२ मत पाएका थिए । सभापतिकै उम्मेदवार माधव पनेरुले ११ मत र डा. हरि कार्कीले २ मत पाएका थिए ।७८० अधिवेशन प्रतिनिधिमध्ये ४३७ जनाले मतदान गरेका थिए ।
इटहरी । फिफा विश्वकप–२०२६ को चौथो खेलमा पाराग्वेलाई ४–१ गोल अन्तरले पराजित गर्दै आयोजक अमेरिकाले शानदार विजयी शुरुवात गरेको छ ।अमेरिकाका लागि फोलारिन बालोगुनले दुई तथा जियोभानी रेयनाले एक गोल गरे भने पाराग्वेका मौरिसियोले एक सान्त्वना गोल फर्काए । पाराग्वेका एक खेलाडीले आत्मघाती गोल गरेका थिए ।जीतसँगै समूह ‘डी’ मा तीन अङ्क जोड्दै घरेलु टोली अमेरिका समूहको शीर्ष स्थानमा पुगेको छ ।खेलको ७ मिनेटमै आत्मघाती गोलमार्फत अमेरिकाले पहिलो अग्रता लिएको थियो । स्टन म्याकेनीले गरेको प्रहार रोक्न खोज्दा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाले हानेको बल आफ्नो गोलपोष्टमा छिरेपछि अमेरिकाले अग्रता लिएको थि
इटहरी । आज कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ ।महाशाखाका अनुसार अहिले कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा बाँकी भू–भागमा आंशिक बादल लागेको छ ।आज कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले
इटहरी । फिफा विश्वकप–२०२६ को चौथो खेलमा अमेरिकाले पाराग्वेविरुद्ध खेलको ७ औं मिनेटमै अग्रता लिएको छ । घरेलु मैदानमा खेल खेलिरहेको अमेरिकाले मध्यान्तरअघि ३ गोल गरेको छ ।अमेरिकाको लस एन्जल स्टेडियममा जारी खेलमा घरेलु टोलीले पाराग्वेविरुद्ध ७ मिनेटमै आत्मघाती गोलमार्फत पहिलो अग्रता लिएको थियो ।अमेरिकी खेलाडी स्टन म्याकेनीले गरेको प्रहार रोक्न खोज्दा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाले हानेको बल आफ्नै गोलपोष्टमा छिरेको हो ।त्यसपछि अमेरिकाका खेलाडीले मध्यान्तरअघि थप २ गोल गरेका थिए । मध्यान्तरपछिको खेल शुरु भएको छ ।
इटहरी । फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गतको आज बिहान भएको तेस्रो खेलमा सह–आयोजक क्यानडाले बोस्निया–हर्जगोभिनासँग १–१ गोलको बराबरी खेलेको छ । योसँगै दुवै टिमले १–१ अंक पाएका छन् ।क्यानडाले घरेलु टोरन्टो रङ्गशालामा ४३ हजारभन्दा बढी दर्शकमाझ खेलेको खेलमा विश्वकप इतिहासमै आफ्नो पहिलो अङ्क जोड्न सफल भएको हो ।खेलको २१ औँ मिनेटमा बोस्निया–हर्जगोभिनाका जे. लुकिचले हेडिङमार्फत उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।मध्यान्तरअघि १–० ले पछि परेको क्यानडाका लागि मध्यान्तरपछि मैदान प्रवेश गरेका खेलाडी काइल लारिनले खेलको ७८ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
विराटचोकः हालै सम्पन्न अधिवेशनमार्फत् राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेश समिति चन्द्र राईको नेतृत्वमा गठन भएको छ ।समितिको उपसभापतिमा होमराज दाहाल, महामन्त्रीमा निरज कटुवाल र सहमहामन्त्रीमा सुरेन्द्र कार्की तथा मञ्जरी घिमिरे निर्वाचित हुनुभएको छ ।६१ सदस्यीय प्रदेश समिति रहने व्यवस्था भए पनि पूर्णता भने पाएको छैन । कोषाध्यक्ष र प्रवक्ता प्रदेश सभापतिले मनोनित गर्ने व्यवस्था छ ।खुला र समावेशीतर्फ सदस्य हुनेहरूमा ईश्वर तामाङ, निष्मा कोइराला, राधिका कार्की, विन्दु सिटौला ‘लक्की’, गोमादेवी कटुवाल, निसार मिया, एमिलिया कार्की, सम्पतलाल राई, भगवती रोका कार्की, प्रमोद रोका कार्की, प्रमोदकुमार मण्ड
विराटचोकः आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.१४ प्रतिशत अर्थात ४ अंकले घटेर २७२४.०३ विन्दुमा सीमित बनेको छ ।नेप्सेमा सूचीकृत ३४२ कम्पनीको ९८ लाख ५६ हजार ५२५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३४ करोड १० लाख ९४ हजार ७६४ रुपैयाँको शेयर किनबेच भएको छ ।कारोबारमा आएका १३ वटा समूहमध्ये ४ वटा समूहमा हरियाली छाउँदा सामुहिक लगानी कोष समूह सर्वाधिक अर्थात् ०.३८ प्रतिशतले बढेको छ ।उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात् ०.४९ प्रतिशतले घटेको छ ।घटेको बजारमा आज सेन्ट्रल फाइनान्सको सर्वाधिक अर्थात २५ करोड ५३ लाख २४ हजार १६८ रुपैयाँको शेयर किनबेच भएको छ । सिटी होटल, आँखुखोला जलविद्युत, हिमाल दोखला हाईड
विराटचोकः सुन्दरहरैंचा उद्योग वाणिज्य संघले युवालाई स्वरोजगार तथा उद्यमशीलतासँग जोड्ने उद्देश्यसहित “युवाबाट उद्यमी बन्ने यात्रा” नारासहित १५ दिने युवा उद्यमशीलता विकास तालिम कार्यक्रम सञ्चालन गरेको छ ।जेठ २५ गतेदेखि शुरु भएको तालिम असार ८ गतेसम्म सञ्चालन हुने भएको छ । सो तालिममा उद्यमशीलता, नवप्रवर्तन, डिजिटल मार्केटिङ, कर तथा लेखा, उद्योग अवलोकन, पर्यटन प्रवद्र्धन, शेयर बजार शिक्षा लगायतका विषय समेटिएका छन् । तालिममा सहभागी युवालाई व्यवसाय शुरु गर्न आवश्यक आधारभूत ज्ञान, अनुभव र प्रेरणा प्रदान गरिने आयोजकले जनाएको छ ।तालिमको दोस्रो दिन मंगलबार “सार्थक जीवनः उद्यमशील यात्रा” विषयमा ओम शान्तिक