All Posts By खेमचन्द्र अधिकारी

    Showing ७४१-७५० of १,३५४ items.
  • इन्द्रपुर जेसीजले गर्याे वातावरण दिवसमा वृक्षरोपण

    विराटचोकः इन्द्रपुर जेसीजले विश्व वातावरण दिवसको अवसर पारेर मोरङको सुन्दरहरैँचा–९ स्थित जेसीज भवन परिसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम भएको छ ।इन्द्रपुर जेसीज, सुन्दरहरैंचा उद्योग वाणिज्य संघ, लायन्स क्लब, पूर्वाञ्चल ल्युुब आयल प्रालि लगायत संघ संस्थाको संयुक्त आयोजनामा इन्द्रपुर जसीज परिसरमा वृक्षारोपण गरी सरसफाइ गरिएको इन्द्रपुर जेसीजका अध्यक्ष समीर बस्नेतले बताउनुभयो ।

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • १६२ पटक पढिएको
  • इटहरी पुग्यो सुन्दरहरैंचा मेयर गोल्डकपको फाइनलमा, आज उपाधिका लागि केराबारीसँग भिड्ने

    विराटचोकः चौथो सुन्दरहरैंचा मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमीफाइनल खेलमा इटहरी उपमहानगरपालिका बेलका नगरपालिकालाई टाइब्रेकरमा ४ का विरुद्ध ५ गोल गरी फाइनलमा पुगेको छ ।सुन्दरहरैंचा नगरपालिका–१२ स्थित शुक्रबारे खेल मैदानमा भएको खेलमा दुवै टिमले २–२ गोलको बराबरी गरेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो ।सबै ४ गोल खेलको मध्यान्तरपछि भएका थिए । मध्यान्तरपछिकोे पाँचौं मिनेटमा श्याम मुर्मुले उत्कृष्ट फिनिसिङ गर्दै बेलकालाई अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि दिशान्त रानाले विवेक राईको कर्नरमा हेडमार्फत गोल गर्दै बेलकाको अग्रता २–० बनाएका थिए ।इटहरीका असिम राईले डिबक्स बाहिरबाट प्रहार

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • ४३० पटक पढिएको
  • फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक

    विराटचोकः यस वर्षको फिफा विश्वकप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । सो खेलतालिका अनुसार सबै खेल नेपाली समय अनुसार रातिको समयमा परेका छन् ।यस्तो छ खेलतालिकासमूह एः मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, चेक रिपब्लिकजेठ २९ः मेक्सिको–द.अफ्रिका १२ः४५, कोरिया–चेक ७ः४५असार ४ः चेक–द.अफ्रिका ९ः४५असार ५ः मेक्सिको–कोरिया ६ः४५असार ११ः द.अफ्रिका–कोरिया ६ः४५, चेक–मेक्सिको ६ः४५समूह बीः क्यानडा, बोस्निया, स्वीट्जरल्यान्ड, कतारजेठ ३०ः क्यानडा–बोस्निया १२ः४५जेठ ३१ः कतार–स्वीस १२ः४५असार ५ः स्वीस–बोस्निया १२ः४५, क्यानडा–कतार ३ः४५असार ११ः स्वीस–क्यानडा १२ः४५, बोस्निया–कतार १२ः४५समूह सीः ब्राजिल, मोरोक्को, स्

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • ४५६ पटक पढिएको
  • आजदेखि एभरेष्ट कलरको आईपीओ बिक्री शुरु

    इटहरी ।  एभरेष्ट कलर लिमिटेडले आज जेठ २२ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ ।कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशतले हुन आउने ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशतले हुन आउने ७९ लाख रुपैयाँ बराबरको ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले ३९ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र १५ हजार ८०० कित्ता शेयर कर्मचारीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।आजदेखि कम्पनीले दोस्रो चरणमा प्रतिकित्ता १०० र

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • २९५ पटक पढिएको
  • डिग्री हातमा, अवसर टाढाः बेरोजगारीको मारमा नेपाली युवा

    मिनकुमार विश्वकर्माकुनै समय युवाशक्ति राष्ट्र निर्माणको प्रमुख आधार मानिन्थ्यो । तर आजको नेपालमा हजारौं युवा उच्च शिक्षा हासिल गरेपछि पनि उपयुक्त रोजगारीको खोजीमा भौँतारिन बाध्य छन् । विश्वविद्यालयबाट डिग्री प्राप्त गरेपछि सम्मानजनक जागिर पाउने आशामा रहेका युवाहरू बेरोजगारी, न्यून तलब र सीमित अवसरका कारण निराश बन्दै गएका छन् । फलस्वरूप विदेश पलायनको लहर झन् तीव्र बनेको छ ।नेपालमा बेरोजगारीको समस्या नयाँ होइन, तर पछिल्ला वर्षहरूमा यसले गम्भीर सामाजिक तथा आर्थिक चुनौतीको रूप लिएको छ । विश्व बैंकको तथ्याङ्कअनुसार सन् २०२४ मा नेपालमा १५ देखि २४ वर्ष उमेर समूहको युवा बेरोजगारी दर २०.८२ प्रतिशत पुगे

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • २८३ पटक पढिएको
  • साढे १३ अंकले घट्यो शेयर बजार, कारोबार रकम पनि सङ्कुचन

    इटहरी । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.४८ प्रतिशत अर्थात् १३.४६ अंकले घटेर २७६६.७८ बिन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३५३ कम्पनीको १ करोड ६ लाख १७ हजार ४८३ कित्ता शेयर ५१ हजार ६०१ पटक किनबेच हुँदा ४ अर्ब ७० करोड ३३ लाख २६ हजार ९४७ रुपैयाँको कारोबार भएको छ ।आज सामुहिक लगानी कोष समूह मात्रै ०.३२ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक अर्थात १.७१ प्रतिशतले घटेको छ ।सूचक घटेको बजारमा एभरेष्ट बैंक डिबेञ्चर ०८६ को सर्वाधिक अर्थात् ३४ करोड रुपैयाँको शेयर किनबेच भएको छ । आँखुखोला जलविद्युत, सेन्ट्रल फाइनान्स, नेपाल पुनर्बीमा र सप्तकोशी डेभलपमेन्ट बैंक उच्च कारोबार गर्ने कम्पनीमा परेका

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • २२८ पटक पढिएको
  • सुकुनामा शैक्षिक संस्था र उद्योगबीचको सहकार्य विषयक संवाद कार्यक्रम सम्पन्न

    विराटचोकः क्युएए प्रमाणपत्र प्राप्त मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ स्थित सुकुना बहुमुखी क्याम्पसमा ‘शैक्षिक संस्था र उद्योगबीचको सहकार्यः सुदृढ तथा लचिलो जनशक्ति विकास’ विषयक दुई दिवसीय शैक्षिक–उद्योग संवाद कार्यक्रम सम्पन्न भएको छ ।विश्वविद्यालय अनुदान आयोगको सहयोग तथा सुकुना बहुमुखी क्याम्पसको आयोजनामा सम्पन्न कार्यक्रममा शिक्षा र उद्योग क्षेत्रबीचको सहकार्य विस्तार, रोजगारमुखी शिक्षा, उद्यमशीलता प्रवद्र्धन तथा बजारको आवश्यकता अनुरूप दक्ष जनशक्ति उत्पादनका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्य

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • २०४ पटक पढिएको
  • सुनको मूल्य २०० रुपैयाँ घट्यो, चाँदीको ८५ रुपैयाँ

    इटहरी ।  आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा २०० रुपैयाँ र चाँदीको भाउ तोलामा ८५ रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ ।चाँदी आज प्रतितोला ५ हजार २८५ रुपैयाँमा किनबेच भइरहेको छ ।

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • ३५३ पटक पढिएको
  • बाटेको धुप, अगरबत्ती र मैनबत्ती बनाउने तालिम शुरु

    गोठगाउँः सुन्दरहरैंचा नगरपालिकाको आर्थिक सहयोग र ऊर्जा सामुदायिक विकासको आयोजनामा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ गोठगाउँमा बाटेको धुप, अगरबत्ती तथा मैनबत्ती बनाउने तालिम हिजोदेखि शुरु भएको छ ।१५ दिनसम्म सञ्चालन हुने तालिममा सुन्दरहरैंचाका ३२ जना महिला सहभागी छन् । प्रशिक्षार्थीलाई सुनिता छाराहाङ राईले सहजीकरण गरिरहनुभएको छ । सो तालिमको सुन्दरहरैंचा नगरपालिकाका सामाजिक शाखा प्रमुख गुणनिधि दाहालले हिजो उद्घाटन गर्नुभएको हो ।तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि दाहालले चालु आर्थिक वर्षमा नगरपालिकाले सिटिइभिटीसँग समन्वय गरेर बढी तालिम सञ्चालन गरेको जनाउनुभयो । टेलरिङ, ब्युटी

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • १६८ पटक पढिएको
  • हालसम्म जारी भएका कानुनको डिजिटल अभिलेखीकरणका लागि कोशीका गाउँपालिकालाई तालिम दिँदै गाउँपालिका राष्ट्रिय महासंघ

    इटहरीः कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले स्थानीय र प्रदेशबाट हालसम्म जारी भएका कानुनको डिजिटल अभिलेखीकरण कार्यसम्बन्धी तालिम इटहरीमा सम्पन्न भएको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपालसँगको सहकार्यमा कोशी प्रदेशका मोरङ, उदयपुर र सुनसरीका गाउँपालिकाका सम्बन्धित जनप्रतिनिधि र कर्मचारीलाई तालिम दिइएको हो ।इटहरीको स्काइ लक्स होटलमा भएको कानुन अभिलेखीकरण प्रणालीसम्बन्धी तालिममा तीन जिल्लाका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सूचना प्रविधि शाखाका प्रमुख तथा कर्मचारीलगायतको उपस्थिति थियो ।तालिम उद्घाटन समारोहका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • १८१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल