इटहरी । वाणिज्य बैंकहरूले असार महिनामा मुद्दति निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश बैंकले ब्याजदर घटाएका छन् वा स्थिर राखेका छन् । कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन् ।यस्तो छ असार महिनाका लागि बैंकको ब्याजदरएनआईशी एशिया बैंकको घट्योव्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशत र संस्थागततर्फ अधिकतम ३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.५ प्रतिशत र संस्थागततर्फ अधिकतम ३.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।एनएमबी बैंकले व्यक्तिगतम
विराटनगरः उद्योग व्यवसाय क्षेत्रलाई आवश्यक जनशक्ति र बजारमा उपलब्ध मानव स्रोतबीच रहेको दक्षताको अन्तरका साथै सीप विकासका विविध पक्षलाई उजागर गर्ने उद्देश्यले उद्योग संगठन मोरङले ‘सीप उत्सव २०८३’ को आयोजना गर्ने भएको छ ।स्वीस सरकारको आर्थिक सहयोग, इन्स्योर–हेल्भेटास नेपालको प्राविधिक सहयोग तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा सीप उत्सव २०८३ हुने भएको हो ।आज उद्योग संगठन मोरङको सचिवालय विराटनगरमा बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुने उत्सवमा अन्तर शिक्षालय सीप प्रतियोगिता, लाइभ तालिम, वृत्ति परामर्शका गतिविधि सञ्चालन गरिने भएको छ । सोही दिन अपराह्न साढे ४ बजे अन्तिम चरणको सीप प्र
इटहरी । यो साता नेप्से परिसूचक १.१४ प्रतिशत अर्थात् ३१.३८ अंक घटेर २७२४.०३ विन्दुमा बन्द भएको छ । पाँच दिन बजार खुल्दा एक दिनमात्रै नेप्से सामान्य बढेको थियो ।सातामा कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औसतमा ५ अर्ब ३८ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यो साता दैनिक औसतमा ४ अर्ब ६१ करोड रुपैयाँको शेयर किनबेच भएको छ । नेप्सेको कुल बजार पूँजीकरण पनि १ प्रतिशतभन्दा बढी घटेको छ ।नेप्सेमा सूचीकृत सबै १३ वटै उपसमूहको परिसूचक घटेको यो साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.४३ प्रतिशत घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा कम ०.०८ अंक घटेको छ ।सातामा कालिञ्चोक हाइड्रोपा
विराटचोकः आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.१४ प्रतिशत अर्थात ४ अंकले घटेर २७२४.०३ विन्दुमा सीमित बनेको छ ।नेप्सेमा सूचीकृत ३४२ कम्पनीको ९८ लाख ५६ हजार ५२५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३४ करोड १० लाख ९४ हजार ७६४ रुपैयाँको शेयर किनबेच भएको छ ।कारोबारमा आएका १३ वटा समूहमध्ये ४ वटा समूहमा हरियाली छाउँदा सामुहिक लगानी कोष समूह सर्वाधिक अर्थात् ०.३८ प्रतिशतले बढेको छ ।उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात् ०.४९ प्रतिशतले घटेको छ ।घटेको बजारमा आज सेन्ट्रल फाइनान्सको सर्वाधिक अर्थात २५ करोड ५३ लाख २४ हजार १६८ रुपैयाँको शेयर किनबेच भएको छ । सिटी होटल, आँखुखोला जलविद्युत, हिमाल दोखला हाईड
विराटचोकः सुन्दरहरैंचा उद्योग वाणिज्य संघले युवालाई स्वरोजगार तथा उद्यमशीलतासँग जोड्ने उद्देश्यसहित “युवाबाट उद्यमी बन्ने यात्रा” नारासहित १५ दिने युवा उद्यमशीलता विकास तालिम कार्यक्रम सञ्चालन गरेको छ ।जेठ २५ गतेदेखि शुरु भएको तालिम असार ८ गतेसम्म सञ्चालन हुने भएको छ । सो तालिममा उद्यमशीलता, नवप्रवर्तन, डिजिटल मार्केटिङ, कर तथा लेखा, उद्योग अवलोकन, पर्यटन प्रवद्र्धन, शेयर बजार शिक्षा लगायतका विषय समेटिएका छन् । तालिममा सहभागी युवालाई व्यवसाय शुरु गर्न आवश्यक आधारभूत ज्ञान, अनुभव र प्रेरणा प्रदान गरिने आयोजकले जनाएको छ ।तालिमको दोस्रो दिन मंगलबार “सार्थक जीवनः उद्यमशील यात्रा” विषयमा ओम शान्तिक
इटहरी । दुई दिन उच्च अंकले घटेको सुनको भाउ आज भने बढेको छ । बिहीबार तोलामा ५१०० र बुधबार १०१०० रुपैयाँले घटेको सुनको भाउ आज भने ५३०० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा किनबेच भएको छ ।आज चाँदीको भाउ १९० रुपैयाँले बढेर ४८४० रुपैयाँ पुगेको छ ।हिजो सुनको भाउ तोलामा ५१०० रुपैयाँ र चाँदीको भाउ तोलामा ९० रुपैयाँ घटेको थियो ।
विराटचोकः रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको लक इन अवधि आज सकिने भएको छ । कम्पनीले एक सचूना जारी गर्दै संस्थापक, कर्मचारी तथा स्थानीय बासिन्दाको नाममा रहेको शेयरको लक इन अवधि आज सकिने जनाइएको हो ।२० लाख ६२ हजार ७१७ कित्ता शेयरको लक इन अवधि सकिन लाग्दा संस्थापक शेयरको संख्या १९ लाख ६० हजार कित्ता, कर्मचारीलाई बाँडफाँट गरिएको १५ हजार ४७ कित्ता र स्थानीय बासिन्दाको नाममा रहेको ८७ हजार ६७० कित्ता रहेको छ ।कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर २०८० जेठ १८ गतेदेखि जेठ २२ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको थियो । २०८० जेठ ३० गते शेयर बाँडफाँट भएको थियो । धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३
इटहरी । आज शेयरबजार परिसूचक नेप्से र कारोबार रकम दुवैमा गिरावट आएको छ । आज नेप्से ८.१४ अंकले घटेर २७२८.०३ विन्दुमा अडिँदा ३५० कम्पनीको शेयर किनबेच भएको छ ।९२ लाख ३१ हजार २१६ कित्ता शेयर ५८ हजार ३९१ पटक किनबेच हुँदा ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार ८९४ रुपैयाँको शेयर किनबेच भएको छ ।होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूहबाहेक बाँकी सबै समूहका परिसूचक आज राताम्य भएका छन् । सबैभन्दा धेरै वित्त समूहको परिसूचक १.४५ प्रतिशतले घटेको छ ।आज सोपान फर्मास्युटिकल्स् लिमिटेड र एपोलो हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १५ प्रतिशत बढेको छ ।सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै साढे १३ प्र
इटहरी । आजदेखि सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक साधारण शेयर (आईपीओ) जारी गरेको छ ।धितोपत्र बोर्डबाट सो कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । त्यस्तै, कम्पनीले ४२ हजार कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ ।१७ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याई बाँकी रहेको ७ करोड ५ लाख ५० हजार रुप
इटहरी । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०५ प्रतिशत अर्थात १.५४ अंकले घटेर २७३३.५९ बिन्दुमा सीमित भएको छ ।नेप्सेमा सूचीकृत ३५७ वटा कम्पनीको १ करोड २३ लाख ८२ हजार १७ कित्ता शेयर ६३ हजार ७३२ पटक किनबेच हुँदा ६ अर्ब ४४ करोड ३१ लाख ९० हजार २९१ रुपैयाँको शेयर किनबेच भएको छ ।कारोबारमा आएका १३ वटा समूहमध्ये चारवटा समूहमा मात्रै हरियाली छाएको छ । अन्य समूह सर्वाधिक अर्थात ०.२९ प्रतिशतले बढ्दा फाइनान्स समूह सर्वाधिक अर्थात १.०१ प्रतिशतले घटेको छ ।घटेको बजारमा आज कृषि विकास बैंकको बोण्डको सर्वाधिक अर्थात् ५७ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।आज सोपान फर्मास्युटिकल्स र कालिञ्चोक हाईड