आर्थिक

    Showing १४१-१५० of १,२७२ items.
  • मुक्तिनाथले प्राप्ति गर्ने भएपछि १५ प्रतिशत घट्यो जानकी फाइनान्स र सिन्धु विकास बैंकको शेयरमूल्य

    इटहरी ।  वाणिज्य बैंकमा स्तरोन्नति हुने तयारीमा रहेको मुक्तिनाथ विकास बैंक लिमिटेडले एकैपटक दुई वित्तीय संस्थालाई प्राप्ति गर्ने रणनीति अघि बढाएको छ ।मुक्तिनाथले मधेश प्रदेशमा बलियो उपस्थिति रहेको जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धुपाल्चोक केन्द्रित सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौता गरेको छ । यो खबर सार्वजनिक भएलगत्तै खुलेको शेयर बजारमा यी तिनै कम्पनीको शेयर मूल्य घटेको छ । मुक्तिनाथको शेयरमूल्य सामान्य घटे पनि अन्य दुई कम्पनीको मूल्य १५ प्रतिशत घटेको छ ।मुक्तिनाथ विकास बैंकको दोलखा र सिन्धुपाल्चोक क्षेत्रमा उपस्थिति तुलनात्मक रूपमा कमजोर छ । मधेस प्रद

    • प्रकाशित मितिः भदौ २४, २०८३
    • १२२ पटक पढिएको
  • बढ्यो सुनचाँदीको दाम

    इटहरी ।  आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनको भाउ तोलामा ३ हजार ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा १०० रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी आज तोलाको ४ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः भदौ २३, २०८३
    • २६१ पटक पढिएको
  • निरन्तर बढ्दै शेयर बजारको सूचक

    इटहरी । लगातार चौथो दिन हिजो पनि शेयर बजारको सूचक बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.७१ प्रतिशत अर्थात १८.०७ अंकले बढेर २ हजार ५६०.८४ विन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३५२ स्टकको ५० हजार ८४४ पटकको कारोबारमा ९२ लाख ९८ हजार ९४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड १५ लाख ८४ हजार ४२३ रुपैयाँको शेयर किनबेच भएको छ । शुक्रबार ३ अर्ब ४६ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।सोमबार कारोबारमा आएका १३ समूहमध्ये दुई ओटा बाहेक सबैमा हरियाली छाएको थियो । फाइनान्स र व्यापार समूह क्रमशः ०.४३ र ०.०९ प्रतिशतले घटेका थिए ।निर्जीवन बीमा समूह सर्वाधिक अर्थात २.०५ प्रतिशतले बढेको थियो ।सूचक

    • प्रकाशित मितिः भदौ २३, २०८३
    • २२७ पटक पढिएको
  • मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई प्राप्ति गरी वाणिज्य बैंकको बाटोमा जाने

    इटहरी ।  नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको सङ्ख्या घटाउन चाहिरहेको बेला मुक्तिनाथ विकास बैंक लिमिटेडले भने विकास बैंकबाट वाणिज्य बैंक बन्न दुई वित्तीय संस्थालाई प्राप्ति (एक्विजिशन) गर्ने प्रक्रिया अघि बढाएको छ ।सो बैंकले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेको जनाएको छ । बैंकको सञ्चालक समितिको भदौ १९ गते बिहान ११ बजे बसेको ३८५ औँ बैठकले सो निर्णय गरी सम्झौतामा हस्ताक्षर भएको जनाइएको छ ।सम्झौतामा तीनवटै संस्थाका तर्फबाट सम्बन्धित प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । वित्तीय क्षेत्रको सुदृढीकरण, संस्था

    • प्रकाशित मितिः भदौ २३, २०८३
    • १४८ पटक पढिएको
  • २ घण्टामा १ अर्ब ८१ करोड रुपैयाँको शेयर किनबेच, सूचकमा १७ अङ्क हाराहारीको वृद्धि

    इटहरी ।  आज दुई घण्टामा १ अर्ब ८१ करोड ७५ लाख ५५ हजार रुपैयाँको शेयर किनबेच भएको छ । नेप्से सूचक १७ अंक हाराहारी बढेर २५६० को आसपासमा रहेर कारोबार भइरहेको छ ।आज रिलायनस स्पिनिङ मिल्सको सर्वाधिक ११ करोड ७५ लाख ९८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । त्यसपछि गरिमा विकास बैंकको ११ करोड ५५ लाख ७० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।पियोर इनर्जीको शेयर मूल्य १५ प्रतिशत बढेको छ ।इमर्जिङ नेपाल लिमिटेड, जानकी फाइनान्स र सिन्धु विकास बैंकको सर्वाधिक १५ प्रतिशत शेयरमूल्य घटेको छ ।

    • प्रकाशित मितिः भदौ २२, २०८३
    • १५५ पटक पढिएको
  • पुष्पदर्शन साकोसको २० औँ वार्षिक साधारणसभा सम्पन्न

    विराटचोकः पुष्पदर्शन बचत तथा ऋण सहकारी संस्थाको २० औँ वार्षिक साधारणसभा शनिबार इन्द्रपुर जेसीज मंगल स्मृति प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष डोलेश्वर तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा ज्येष्ठ शेयर सदस्य आनन्दप्रसाद शाहको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका सचिव ध्रुवप्रसाद दाहालले आर्थिक वर्ष २०८२÷०८३ को प्रगति विवरण तथा चालु आर्थिक वर्षको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।१ हजार ५ सय ७२ शेयर सदस्य रहेको संस्थाको शेयर रकम २ करोड १९ लाख ९७ हजार रुपैयाँ पुगेको छ । संस्थामा कुल बचत ९ करोड ४ लाख ५९ हजार ९ सय ९१ रुपैयाँ रहेको छ । त्यस्तै, कोषमा २ करोड १२ ला

    • प्रकाशित मितिः भदौ २२, २०८३
    • १०२ पटक पढिएको
  • बेनी हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ बेच्ने

    इटहरी ।  बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि प्रतिकित्ता रु. १०० अंकित दरका ८ लाख ६३ हजार २ सय कित्ता शेयर बिक्री गर्ने भएको छ ।सो कम्पनीले २०८२ माघ २९ गते २० करोड ८० लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।सर्वसाधारणलाई छुट्टाइएको मध्येबाट २ प्रतिशतले हुन आउने २० हजार ८ सय कित्ता शेयर कर्मचारीहरुलाई, ५ प्रतिशतले हुन आउने ५२ हजार कित्ता शेयर सामूहिक लगानी कोषको लागि तथा १० प्रतिशतले हुन आउने १ लाख ४ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी

    • प्रकाशित मितिः भदौ २२, २०८३
    • १२५ पटक पढिएको
  • बाढीपीडितका लागि जीवन विकास लघुवित्तले गर्याे २५ लाख ५ हजार रुपैयाँ सहयोग

    विराटनगरः जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि २५ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ ।संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलका अनुसार कर्मचारीको एक दिनको पारिश्रमिक र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम गरी उक्त सहयोग गरिएको हो ।मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकासले कोशी, मधेस र बागमती प्रदेशका ३१ जिल्लाका ग्रामीण क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्दै आएको छ ।

    • प्रकाशित मितिः भदौ २२, २०८३
    • १३३ पटक पढिएको
  • गत साता साढे १४ अंक घट्यो नेप्से

    इटहरी ।  गत साता नेप्से परिसूचक साढे १४ अंक घटेर बन्द भएको छ । अघिल्लो साता २५५७.३१ विन्दुमा बन्द भएको नेप्से गत साता ०.५७ प्रतिशत अर्थात् १४.५४ अंक घटेर २५४२.७७ विन्दुमा अडिएको हो ।चार कारोबार दिनका लागि बजार खुल्दा तीन कारोबार दिन नेप्से सामान्य अंक बढेर बन्द भएको थियो । एक कारोबार दिन घटेर बन्द भएको थियो ।गत साता कारोबार रकम पनि घटेको छ । अघिल्लो साता दैनिक औसतमा ३ अर्ब ९७ करोड रुपैयाँको शेयर किनबेच भएको बजारमा गत साता दैनिक औसतमा ३ अर्ब २४ करोड रुपैयाँको शेयर किनबेच भएको हो ।सातामा चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ । लगानी उपसमूहको परिसूचक सर्वाधिक १.१२

    • प्रकाशित मितिः भदौ २२, २०८३
    • १३९ पटक पढिएको
  • घट्यो सुनचाँदीको दाम

    इटहरी । आज सुन र चाँदी दुवैको मूल्य घटेको छ ।सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ४० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।चाँदीको मूल्य प्रतितोला ४ हजार ७२५ रुपैयाँ निर्धारण भएको छ ।

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • २६३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल