इटहरी । सर्वसाधारण लगानीकर्ताका लागि एपोलो हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये ४ लाख ७० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र ९४ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट भइसकेको छ ।कम्पनीले सामूहिक लगानी कोषहरुका लागि ३७ हजार कित्ता र कम्पनीका कर्मचारीहरुका लागि
इटहरी । शेयर (धितोपत्र) किनबेच गराउने धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिलाई नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)ले निलम्बन गरेको छ । बोर्डले भृकुटीको धितोपत्र दलाल सेवा सञ्चालन अनुमति बढीमा ६ महिनाका लागि निलम्बन गरेको हो ।बोर्डले जारी गरेको सूचनामा निलम्बनको अवधि नखुलाइए पनि निलम्बनका लागि जुन ऐन र नियमावलीको दफा उद्धृत गरिएको छ, त्यसमा बढीमा ६ महिनासम्म निलम्बन गर्न सकिने व्यवस्था छ । बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८८ र नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली, २०६४ को नियम ३० को उपनियम–१) प्रतिबन्धात्मक वाक्यांशको खण्ड (ख) बमोजिम सो ब्रोकरलाई कारबाही
इटहरी । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४४ पैसा रहेको छ ।युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २१९९ रुपैयाँ ९ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ७० पैसा र बिक्रीदर १८८ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ २९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०७ रुपै
— SPG Automobiles Pvt. Ltd. ले नेपालमा Omoda Jaecoo र ICAUR का विद्युतीय सवारी (EV) मोडेलहरूमा ११ वर्षसम्मको विस्तारित वारन्टी योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो नेपालमा उपलब्ध सबैभन्दा लामो EV वारन्टी योजनामध्ये एक हो।हालसम्म यी सवारी साधनहरूमा कम्पनीले ट्र्याक्सन (पावर) ब्याट्री प्याकमा ८ वर्ष वा १ लाख ८० हजार किलोमिटर (जुन पहिले पूरा हुन्छ) र ड्राइभ मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारन्टी उपलब्ध गराउँदै आएको थियो। नयाँ विस्तारित योजनाअनुसार अब ब्याट्रीमा ११ वर्ष वा २ लाख ४० हजार किलोमिटर र ड्राइभ मोटरमा ११ वर्ष वा २ लाख किलोमिटरसम्म वारन्टी सुविधा प्रदान गरिनेछ।यो विस्तार
इटहरी । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४९ रुपैयाँ १२ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १७२ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ४६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ७० पैसा र बिक्रीदर
इटहरी । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । चाँदीको भाउ तोलामा ४० रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला २ लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य प्रति तोला ४ हजार ८२० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
इटहरीः विवादास्पद व्यवसायी दीपक भट्टलाई नियमविपरीत उधारोमा शेयर खरीद गराएको र भुक्तानी प्रक्रियामा गम्भीर लापरबाही गरेको आरोपमा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ५५ नम्बरको धितोपत्र दलाल कम्पनी ‘भृकुटी स्टक ब्रोकिङ’ लाई निलम्बन गरेको छ ।हिजोको बोर्ड बैठकले कम्पनीलाई निलम्बन गर्ने निर्णय गरेको हो । सोमबार बसेको बोर्ड बैठकले ५५ नम्बरको भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई अर्को निर्णय नहुन्जेलसम्मको लागि निलम्बन गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको जनाइएको छ ।सम्पत्ति शुद्धीकरण विभागले गरेको अनुसन्धानका क्रममा भृकुटी स्टकले गम्भीर वित्तीय विचलन गरेको भेटिएपछि बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) ला
इटहरी । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६० पैसा र बिक्रीदर १४९ रुपैयाँ २० पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७२ रुपैयाँ २२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९७ रुपैयाँ ४७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ११ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८६ पैसा तोकिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०७ रुपैयाँ
काठमाडौंः अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, आपूर्ति दबाब र राजस्व सङ्कलन अपेक्षाअनुसार नभएको अवस्थालाई मध्यनजर गर्दै इन्धन खर्च नियन्त्रण गर्दै सार्वजनिक खर्चमा कडाइ ल्याउने निर्णयस्वरूप अर्थ मन्त्रालयले सरकारी कर्मचारी र पदाधिकारीका लागि उपलब्ध इन्धन सुविधा घटाएको छ ।अर्थ मन्त्रालयका अनुसार आर्थिक अनुशासन कायम गर्ने उद्देश्यले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अन्तर्गत ‘कार्य सञ्चालन निर्देशिका, २०८१’ को संशोधनलाई मन्त्री वाग्लेले सोमबार स्वीकृति दिएका हुन् ।यससँगै उच्च पदस्थ कर्मचारीको इन्धन सुविधा उल्लेख्य रूपमा घटाइएको छ । यसअघि मासिक १२५ लिटर पा
इटहरी । साताको दोस्रो कारोबार दिन हिजो शेयरबजार सम्हालिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.११ प्रतिशत अर्थात् ८३.३३ अङ्कले बढेर २ हजार ७६०.०२ बिन्दुमा अडिँदा बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.१२ प्रतिशतले बढेर ४७१.९२ बिन्दुमा रोकिएको छ ।हिजो नेप्सेमा सूचीकृत ३४५ कम्पनीको २ करोड ५१ लाख ५५ हजार ८५४ कित्ता शेयर १ लाख २४ हजार ९३ पटक किनबेच हुँदा १० अर्ब ९२ करोड ८५ लाख ६ हजार ८६३ रुपैयाँको शेयर कारोबार भएको छ ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजारका माग सम्बोधन गर्ने भनी अभिव्यक्ति दिएपछि बजार फर्किएको अनुमान गरिएको छ । अस्वभाविक रुपमा बजार घटेपछि ब्रोक