इटहरी । बुक बिल्डिङ विधिमार्फत् साधारण शेयर (आईपीओ) निष्कासनको तयारीमा रहेको टाइम फर्मास्युटिकल्स लिमिटेडको ‘कटअफ’ मूल्य तय भएको छ । संस्थागत लगानीकर्ताहरूबीच भएको बोलकबोलमार्फत् कम्पनीको प्रतिकित्ता कटअफ मूल्य ५०० रुपैयाँ निर्धारण गरिएको हो ।धितोपत्र बोर्डको व्यवस्था अनुसार, संस्थागत लगानीकर्ताले कायम गरेको कटअफ मूल्यमा १० प्रतिशत छुट दिएर सर्वसाधारणलाई शेयर बिक्री गर्नुपर्ने हुन्छ । यस अनुसार सर्वसाधारणले टाइम फर्मास्युटिकल्सको शेयर प्रतिकित्ता ४५० रुपैयाँमा पाउनेछन् ।कम्पनीले १० लाख ८६ हजार ५०० कित्ता शेयर निष्कासन गर्न लागेको छ । जुन कम्पनीको जारी पूँजी ५३ करोड रुपैयाँको २०.५० प्रतिशत
काठमाडौंः सरकारले गत आर्थिक वर्षमा शेयर बजारको पूँजीगत लाभकर अघिल्लो आर्थिक वर्षको तुलनामा ६ अर्ब १९ करोड रुपैयाँ कम राजस्व पाएको छ ।सीडीएस एन्ड क्लियरिङ लिमिटेडको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२\८३ मा शेयर कारोबारबाट सरकारले १० अर्ब ३५ करोड १२ लाख रुपैयाँ पूँजीगत लाभकर सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१\८२ मा यही शीर्षकबाट १६ अर्ब ५४ करोड १७ लाख रुपैयाँ सङ्कलन भएको थियो ।पूँजीगत लाभकर आम्दानी एक वर्षमै ३७.४२ प्रतिशतले घटेको छ ।गत आर्थिक वर्षको शुरुमा नेप्से परिसूचक ३ हजार माथि पुगेको थियो । त्यसपछि घट्दै २ हजार ४८५ विन्दुसम्म झरेको थियो । असारमा मात्रै सरकारलाई ४६ करोड कम राजस्व सङ्कलन
इटहरीः इटहरी उपमहानगरपालिकाले राजस्व सङ्कलनसम्बन्धी सम्पूर्ण सेवा अस्थायी रूपमा साउन ७ गतेसम्म बन्द गर्ने भएको छ । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मा नयाँ आर्थिक ऐनअनुसारका व्यवस्था अद्यावधिक गर्नुपर्ने भएकाले आज साउन १ गतेदेखि लागू हुनेगरी साउन ७ गतेसम्म सबै राजस्व सेवा स्थगित गरिएको पालिकाले जनाएको छ ।उपमहानगरपालिकाले शुक्रबार जारी गरेको सूचनाअनुसार नगर कार्यपालिकाको कार्यालय तथा मातहतका सबै वडा कार्यालयबाट सञ्चालन हुने कर, शुल्क तथा अन्य राजस्व सङ्कलनसम्बन्धी सम्पूर्ण सेवा उक्त अवधिभर बन्द रहनेछ । उपमहानगरपालिकाका अनुसार आर्थिक ऐन, २०८३ मा भएका व्यवस्थाहरू प्रणालीमा प्रविष्ट ग
इटहरी । नयाँ आर्थिक वर्ष २०८३\८४ को पहिलो कारोबार दिन आज नेप्से परिसूचक ७९.७४ अङ्क अर्थात् ३.०६ प्रतिशतले बढेर २६७७.५४ बिन्दुमा अडिएको छ ।बढेको बजारमा आज ३३५ कम्पनीको १ करोड ३ लाख ८९ हजार ७७ कित्ता शेयर ५८ हजार ९४ पटक किनबेच हुँदा ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार ७२३ रुपैयाँको कारोबार भएको छ ।सामुहिक लगानी कोषबाहेक सबै समूहमा हरियाली छाएको दिन आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ४.६० प्रतिशतले बढेको छ ।सर्वाधिक कमाउनेमा श्रीनगर एग्रिटेक इन्डष्ट्रिजको शेयरभाउ १५ प्रतिशत बढ्दा सूर्यकुण्ड हाइड्रोको १४.८३ प्रतिशत, शिखर पावरको १२.५४ प्रतिशत, रिज लाइन इनर्जीको १२.०६ प्रतिशत, मिड सोलु हाइड्रोको १२
इटहरी । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट भएको छ । सुन प्रतितोला ३ हजार १०० रुपैयाँ र चाँदी प्रतितोला १२५ रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।चाँदी प्रतितोला ४ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
विराटचोकः मोरङ र सुनसरीमा लामो समयदेखि निष्क्रिय रहेका ७ वटा सहकारी संस्थाको दर्ता खारेज भएको छ ।कार्यालयका अनुसार नियमन क्षेत्राधिकारभित्र रहेका ती सहकारी संस्थाले विगत दुई वर्षदेखि नियमित विवरण नबुझाई निष्क्रिय रहेका थिए ।कार्यालयले २०८२ भदौ २ गते ३५ दिने र २०८२ पुस २ गते २१ दिने सूचना जारी गर्दै संस्था अद्यावधिक हुन आह्वान गरेको थियो । त्यसपछि स्थलगत अनुगमन र आवश्यक कानुनी प्रक्रिया पूरा गरी २०८३ असार ३२ गतेको निर्णयअनुसार दर्ता खारेज गरिएको कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार दर्ता खारेज भएसँगै ती संस्थाको दर्ता प्रमाणपत्र स्वतः रद्द भएको छ ।खारेज गरिएका सहकारी संस्थामा कोशेली बचत तथा ऋ
इटहरी । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र असुल भएको ब्याजलाई नियमनकारी कोषमा सार्नुनपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थासँगै वित्तीय संस्थाले साउन १५ सम्म असुल गरेको ब्याज लाभांशमा गणना गर्न पाउने भएका छन् ।नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थालाई जारी गरेको सर्कुलरमार्फत् ब्याज आम्दानी र नियमनकारी कोषसम्बन्धी व्यवस्था संशोधन गरेको हो । नयाँ व्यवस्थाले आर्थिक वर्ष सकिएलगत्तै ब्याज असुली गर्न सक्ने बैंक तथा वित्तीय संस्थाको वितरणयोग्य नाफा र लाभांश क्षमता सुधारिने देखिएको छ ।यसअघि बैंकले आम्दानीका रूपमा लेखांकन गरेको तर आर्थिक वर्षको अन्त्यसम्म अ
इटहरी । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ग्राहकको विवरण राष्ट्रिय परिचयपत्रसँग जोड्ने प्रक्रियालाई थप व्यवस्थित बनाएको छ ।बैंकले जारी गरेको सर्कुलरअनुसार बैंक तथा वित्तीय संस्थाले २०८३ असोज मसान्तभित्र आफ्ना खातावालासँग राष्ट्रिय परिचयपत्रको विवरण भए÷नभएको स्वघोषणा लिनुपर्नेछ । यस्तो स्वघोषणा बैंकको मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट लिन सकिनेछ ।राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका ग्राहकको हकमा बैंकले सोही अवधिभित्र परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर लिएर ग्राहक पहिचानसम्बन्धी विवरण अद्यावधिक गर्नुपर्नेछ ।राष्ट्रिय परिचयपत्र नलिएका ग्राहकको खाता भने तत्काल बन्द
इटहरी । वाणिज्य बैंकहरूले आगामी साउन महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन् । जसअनुसार असारको तुलनामा साउन महिनामा निक्षेपको औसत ब्याजदर घटेको छ ।मबैंकहरुको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर असारमा ४.२५८ प्रतिशतबिन्दु थियो । साउनमा ४.१६७५ प्रतिशतबिन्दुमा झरेको छ । संस्थागत निक्षेपको औसत दर पनि असारको ३.१८ प्रतिशतविन्दुबाट घटेर साउनमा ३.११६ प्रतिशतविन्दुमा झरेको छ ।ब्याजदर घटाउने बैंकहरूराष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ सबैभन्दा बढी ०.७५ प्रतिशतविन्दु र संस्थागततर्फ १ प्रतिशतविन्दुले ब्याजदर घटाएको छ । ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशतबिन्दुले ब्याजद
इटहरी । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । नेप्से लगातार तेस्रो दिन बढेको हो ।आज नेप्से परिसूचक ७.५० अंक बढेर २५९७.८० विन्दुमा अडिँदा कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब १७ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको थियो । आज भने ३७१ स्टकको ३९ हजार ५९५ पटकको कारोबारमा ४ अर्ब ५६ करोड २९ लाख ५० हजार रुपैयाँबराबरको ९४ लाख ६९ हजार कित्ता शेयर किनबेच भएको हो ।बढेको बजारमा आज एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य सर्वाधिक १५ प्रतिशत बढेको छ । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे १४ प्रतिशतभन्दा बढी बढेको छ । चिरख्वा हाइड्रोपावर