खेलकुद

    Showing १३१-१४० of ५६२ items.
  • फागुन १६ गते एनवाइइ गल्फ टुर्नामेन्ट हुने

    धरानः नेपाल युवा उद्यमी मञ्च (एनवाइइ) सुनसरी च्याप्टरले फेब्रुअरी २८ अर्थात् फागुन १६ गते धरान गल्फ क्लब धरानमा एनवाइईएफ गल्फ टुर्नामेन्ट आयोजना गर्ने भएको छ ।राष्ट्रियस्तरको सो प्रतियोगितामा नेपालका विभिन्न शहरहरूबाट आउने उत्कृष्ट गल्फ खेलाडीहरूका साथै भारतबाट समेत सहभागी खेलाडीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ ।सो प्रतियोगिताले खेलभावना, सौहार्दता तथा व्यावसायिक नेटवर्किङलाई एकै मञ्चमा जोड्दै खेलकुद र उद्यमशीलताको समन्वय गर्ने लक्ष्य लिएको छ । उद्यमी, व्यवसायी, पेशाकर्मी तथा गल्फप्रेमीहरूबीच सहकार्य र सम्बन्ध विस्तार गर्ने उत्कृष्ट अवसरका रूपमा कार्यक्रमलाई लिइएको बताइएको छ ।पूर्वी न

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • ३१४ पटक पढिएको
  • १७ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता रतुवामाईस्तरीय प्रतियोगिता आज समापन हुने

    सौंठाः मोरङको रतुवामाईस्थित सौंठा माध्यमिक विद्यालयमा १७ औँ रतुवामाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतवार शुरु भएको छ । प्रतियोगिता आज समापन हुँदैछ ।प्रतियोगिताको रतुवामाई नगरपालिकाका मेयर एवम् प्रतियोगिता उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नागेश्वरप्रसाद सिंहले उद्घाटन गर्दै आगामी दिनमा नगरपालिकाबाट प्रतियोगिताका लागि थप बजेट विनियोजन गरिने बताउनुभयो । बालबालिकाको खेलप्रतिको लगाव र चौतर्फी विकासका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता एउटा अवसर भएकाले सोही अनुसार नगरपालिकाले आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित बनाउने मेयर सिंहकोे भनाइ थियो ।उपमेयर दमयन्ता चुडालले बालबालिकाले घरपछि

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • ३७६ पटक पढिएको
  • गम्भीर चोटसँग जुध्दै सावित्रा भण्डारी ‘साम्बा’, उपचारका लागि सहयोग अपिल

    इटहरी ।  नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा चर्चित फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ यतिबेला गम्भीर घुँडाको चोटका कारण मैदानबाहिर छिन् ।पछिल्ला सात हप्तादेखि उपचार प्रक्रियामा रहेकी उनले सामाजिक सञ्जालमार्फत आफ्नो अवस्थाबारे जानकारी दिँदै उपचारका लागि सहयोगको अपिल गरेकी छिन् ।यसअघि घुँडाको एसीएलमा गरिएको शल्यक्रियाबाट राखिएको ग्राफ्ट र एमसिएल दुवैमा पुनः गम्भीर चोट लागेको हुनाले चिकित्सकले जटिल शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका छन् ।अघिल्लो पटक एन्फाको पहलमा उपचार व्यवस्थापन सहज भएको स्मरण गर्दै उनले यसपटक भने अपेक्षित सहयोग नपाएको भण्डारीको भनाइ छ । भण्डारीका अनुसार क्लब

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • ३७९ पटक पढिएको
  • १२ वर्षपछि विश्वकपमा जीत हासिल गर्दा अर्धशतक, छक्का, साझेदारी र विकेटमा बने यी कीर्तिमान

    इटहरी । हिजो आइसिसी टी–२० विश्वकपमा नेपालले १२ वर्षपछि सान्त्वना जीत निकाल्दा नेपालका खेलाडीका नाममा केही कीर्तिमान बनेका छन् ।अर्धशतकः स्कटल्यान्ड दिएको १७१ रनको लक्ष्य पूरा गर्ने क्रममा दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । उनले नटआउट ५० रन जोडे । उनी नेपालका लागि विश्वकपमा सर्वाधिक (दुई) अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । यस्तै उनी लगातार दुई अर्धशतक प्रहार गर्ने खेलाडी समेत बने । यसअघि उनले वेस्ट इन्डिजविरूद्ध पनि अर्धशतक प्रहार गरेका थिए । त्यो अर्धशतक नेपालको विश्वकपमा १२ वर्षपछि (सुवास खकुरेल–२०१४ अफगानिस्तानविरूद्ध) को अर्धशतक थियो ।छक्काः ऐरी विश्वकपमा नेपालका ल

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • २८३ पटक पढिएको
  • १२ वर्षपछि विश्वकपमा नेपालको जीत दर्ता

    इटहरी ।  हिजो भएको खेलमा नेपालले आईसीसी पुरुष टी– २० विश्वकपमा सान्त्वना जीत हासिल गरेको छ । नेपालले मंगलबार सम्पन्न समूह ‘सी’ अन्तर्गतको आफ्नो अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध ७ विकेटको जीत निकालेको हो ।सन् २०१४ को विश्वकपमा विजयी भएको नेपालले विश्वकपमा १२ वर्षपछि जीत निकालेको हो । सन् २०१४ मा नेपालले हङकङ र अफगानिस्तलाई हराएको थियो । सन् २०२४ को विश्वकपमा भने नेपालले कुनै पनि खेल जितेको थिएन ।मुम्बईस्थित वनखेडे रंगशालामा स्कटल्यान्डले प्रस्तुत गरेको १७१ रनको लक्ष्य नेपालले ४ बल बाँकी रहँदा ३ विकेट गुमाउँदै पूरा गर्दा दीपेन्द्रसिंह ऐरीले २३ बलमा ४ चौका र ३ छक्काको मद्दतले अविजित ५० र

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • २४७ पटक पढिएको
  • टी–२० विश्वकपमा नेपालको अन्तिम खेल आज स्कटल्याण्डसँग

    विराटचोकः आइसिसी टी–२० विश्वकप २०२६ मा नेपालले आज अन्तिम खेल स्कटल्याण्डसँग खेल्दै छ । यसअघिका तीन वटै खेल हारेको नेपालले आज जीत निकाले पनि छनोट भने हुनेछैन ।भारतको मुम्बईस्थित वानखेडे रंगशालामा मंगलबार बेलुकी सवा ७ बजे नेपाल र स्कटल्याण्डबीच खेल हुन लागेको हो । स्कटल्याण्ड पनि समूहबाट बाहिरिइसकेको हुनाले उसले निकाल्ने जीतको पनि खासै अर्थ हुनेछैन ।

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • २२५ पटक पढिएको
  • २६ औँ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ ब्वाइजलाई

    धरानः २६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ ब्वाईज युनाईटेड काठमाडौंले जितेको छ । साबिक उपविजेता चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइट युनाइटेडले उपाधि हात पार्न सफल भएको हो । जीतसँगै विजेता प्लानिङ ब्वाईजले १० लाख नगद रकम सहित ट्रफी हात पारेको छ । प्लानिङ ब्वाईज पहिलो पटक बुढासुब्बा गोल्डकपमा सहभागी भएको थियो ।गत सालको उपविजेता चर्च ब्वाईज यस पटक पनि उपविजेता बन्दै पाँच लाख रुपैयाँ र ट्रफीमा चित्त बुझाएको छ । धरान–१६ स्थित रंगशालामा सम्पन्न फाईनल खेलमा प्लानिङ ब्वाईजका प्रताप सिंह राईले खेलको दोस्रो हाफको १८ औं मिनेटमा ग

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • २२६ पटक पढिएको
  • लगातार तीन हारपछि आईसीसी टी २० विश्कप क्रिकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरियो नेपाल

    इटहरी ।  लगातार तीन हारपछि आईसीसी टी–२० विश्वकप त्रिकेट २०२६ को समूह चरणबाटै नेपाल बाहिरिएको छ । नेपाल दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजसँग ९ विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो ।उता, लगातार तीन जीतपछि वेस्ट इन्डिज सुपर एटमा पुग्ने पहिलो टिम बनेको छ । समूह सी मा वेस्ट इन्डिजले अपराजित रहँदै ६ अङ्क जोडेर शीर्ष स्थानमा छ । दुई जीत र एक हारबाट इंग्लयाण्ड ४ अङ्कसहित दोस्रो स्थानमा छ । समान २ अंक जोडेका स्कटल्याण्ड र इटली क्रमशः तेस्रो र चौथो स्थानमा छन् । अब वेष्ट इन्डिज र इंग्लयाण्डले इटलीसँग खेल्न बाँकी छ । इटलीलाई हराएमा इंग्ल्याण्ड सुपर एटमा पुग्नेछ । इटलीका लागि

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • १६६ पटक पढिएको
  • टस हारेर वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दै नेपाल

    इटहरी ।  आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा वेस्ट इन्डिजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेसँगै टस हारेको नेपाल ब्याटिङ गरिरहेको छ ।मुम्बईस्थित वानखेडे स्टेडियममा वेस्ट इन्डिजका कप्तान शाइ होपले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । नेपाली टोलीले आजको खेलका लागि ललित राजवंशीको स्थानमा सोमपाल कामीलाई खेलाउने भएको छ ।समूह चरणमा सुरुवाती दुई खेलमा पराजित भएको नेपालका लागि योसहित बाँकी खेल पनि महत्वपूर्ण भएकाले जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिज भने लगातार दुई जितसहित सुपर ८ मा पुग्ने संघारमा छ ।नेपालविरुद्धको खेल जितेमा वेस्ट इन्डिज सुपर ८ मा पुग्नेछ भ

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • २१६ पटक पढिएको
  • जित्नैपर्ने दबाबमा रहेको नेपाल आज टी–२० विश्वकपमा वेस्ट इण्डिजसँग खेल्दै

    इटहरी ।  लगातार दुई हार बेहोरिसकेको नेपालले आइसिसी टी–२० विश्वकप क्रिकेटमा आज वेस्ट इण्डिजसँग निर्णायक खेल खेल्दैछ ।आजको खेल ठूलो अन्तरले जित्न सके नेपालको सुपर–८ सम्भावना जीवितै रहनेछ । खेल बिहान सवा ११ बजेदेखि शुरू हुनेछ ।इटालीसँगको १० विकेटको नमीठो हारपछि अहिले नेपाल दबाबमा छ । अङ्कविहीन नेपालको ‘नेट रन रेट’ मा ठूलो धक्का पुगेको छ ।

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • १३७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल